Tuesday, April 4, 2017

देश र जनताको लागि काम गर्ने कि टाउको फोर्ने?

भनिन्छ, नीतिहरूको राजा राजनीति– अर्थात् सबै नीतिहरूको मूल–स्रोत राजनीति हो । यो बिग्रिए सबै बिग्रन्छ र सप्रिए सबै सप्रिन्छ । राजनीतिमै देशको सामाजिक, आर्थिक, शैक्षिक, व्यापारिक, सांस्कृतिक आदि सबै पक्ष र पहलुको इतिहास लेखिन्छ, वर्तमान बन्छ र भविष्यको रेखा खिचिन्छ ।

त्यसैले राजनीति सूत्र वा परिभाषामा स्पष्ट र भाष्य वा व्याख्यामा सरल र विशाल हुनुपर्ने हो । अनि जनताले बुझ्थे । द्विविधा रहँदैन थियो । पहिले त्यस्तै थियो होला । अहिले पनि कहीँ कतै त्यस्तै होला । राजनीति स्पष्ट र सरल भएका ती देशहरू उन्नति–प्रगतिमा होलान् । होलान् के, छन् नै । जहाँ राजनीतिबारे जनतालाई द्विविधा हुँदैन, त्यहाँ कुनै पनि खाले भ्रम रहँदैन । जहाँ राजनीतिबारे जनता द्विविधामा हुन्छन्, त्यहाँ सबैतिर भ्रमै भ्रम हुन्छ । भन्नु परोइन, भ्रममा सुखेती हुँदैन । दुर्खेती हुन्छ । अशिक्षा–गरिबी, शोषण–अन्याय–अत्याचार, अभाव–महँगी सब राजनीतिक द्विविधा र भ्रमको उपज हो ।

प्रजातन्त्र–लोकतन्त्र, संवैधानिक राजतन्त्र–गणतन्त्र वा राजतन्त्र, संघीयता–एकलराष्ट्र, शक्ति केन्द्रीकरण–विकेन्द्रीकरण, धर्मनिरपेक्ष–सापेक्ष अनि जात, वर्ण, वर्ग, लिंग वा पहिचान–सामथ्र्य–समावेशी यो जे जति भने वा भए पनि जनता राजनीतिक द्विविधाबाट मुक्त नहुँदासम्म कुनै पनि पक्ष र पहलुको भ्रम–मोचन हुँदैन र जनतालाई केही हात लाग्दैन । संविधानमा जे लेखियोस् त्यो सब शासनका लागि हुन्छ ।
शासकको सुविधाको लागि मात्र हुन्छ । त्यसैले सबैभन्दा अहम् कुरा हो, जनतालाई राजनीतिक द्विविधाबाट मुक्त गराउनु । यो काम राजनीतिक व्यक्ति, लेखक–पत्रकार–सञ्चारमाध्यम, नेता–कार्यकर्ता, राजनीतिक दल वा हरेक सचेत नागरिकको हो । हो, जहाँजहाँ यो वर्गबाट यो काम हुँदैन र स्वार्थवश काम हुन्छ त्यहाँको नियति यस्तै हो । हाम्रो जस्तै । अर्थात् राजनीतिबारे हामी सबैले जनतामा द्विविधा बाँड्यौ र भ्रम फैलायौं ।

तथापि बिग्रेर, सडेर, गलेर बीउ नै नष्ट भएको छैन । राजनीति ऊ आफ्नो ठाउँमा सूत्र वा परिभाषामा स्पष्ट र भाष्य–व्याख्यामा सरल र विशाल थियो, आज पनि छ । यसलाई बुझ्नु र द्विविधामुक्त हुनु छ हामी । मूलत: राजनीति जनतासँग सीधा सरोकार राख्ने विषय हो । राजनीति जनताबाट भिन्न, अमूर्त र जटिल विषय हैन । जन–तादात्यता यसको शाश्वत विशेषता हो । त्यसैले यसले मानवतालाई सर्वोपरि राख्छ । मानवता स्वतन्त्रतासँग गाँसिएको हुन्छ । जन–जनको अन्तर्यको स्थायी–भाव हो स्वतन्त्रता । याद गर्नुस्, दासत्व वा वबन्धन संसारको कुनै कुनाको मान्छेले मन पराउँदैन । पशुपंक्षीसमेत दाम्लो वा पिँजडाबाट मुक्त हुन्छन् । यसमा धेरै किन, बिना मेहनत खान र ओतमा बस्न पाएका चिडियाखानाका पशुपंक्षीको अनुहार पढ्दा हुन्छ । प्रचलित राजनीतिको कुरा गर्दा, यो दुई किसिमको छ । एउटा मानवको अन्तर्यको स्थायी–भाव स्वतन्त्रताको रक्षक र अर्को भक्षक । रक्षकलाई डेमोक्र्याट र भक्षकलाई कम्युनिस्ट भनेर जान्दा सजिलो हुन्छ । स्थापित र विश्वप्रचलित सूत्र वा परिभाषा त्यही हो । हुन त यो वैचारिक मान्यता हो । तर यो मान्यता काट्न वा बदल्न सकिँदैन । यसकारण कि सच्चा कम्युनिस्टले मानवीय स्वतन्त्रता स्वीकार गर्दै गर्दैन । स्वीकार गरिहाल्यो भने ऊ कम्युनिस्ट नै रहँदैन । 

मैले माथि नै भनेँ, हामी नेपाली जनता पनि राजनीतिक द्विविधा र भ्रममा बाँचेका छौं । स्वतन्त्रताका रक्षकहरूले सुशासन नगर्दा भक्षकको पछि लाग्ने र उनीहरूलाई विश्वास गर्ने काम हामीबाट भयो र अझै हुँदैछ । गाई ब्याएन, दूध खान पाइएन भनेर ‘आ बाघ खा गाईलाई’ भने जस्तै । गाईले बहर पाएन कि वा ऊ बैला छे कि हामीले सोच्दै सोचेनौं । उपचारको त कुरै भएन ।  मूलत: राजनीतिको शाश्वत सार मानव–स्वतन्त्रता र शासन फरकफरक विषय हुन् भन्ने बुझेनौं, बुझाइएन । डेमोक्र्याट भनाउँदाहरू कुशासनमै रमाए, निजी मस्तीमा लागे । अन्य तप्काका सबै सचेतक भनाउँदाहरू चाकडीमा लाग्यौं । अझै सहमतिको अलाप भट्याउँदै छौं । हो, अन्याय–अत्याचार हटेन, शोषण–गरिबी घटेन र प्रशासनिक भ्रष्टाचार र कमिसनतन्त्र मौलिँदै आयो, बेरोजगारी बढिरह्यो, राम्रो शिक्षा लिन बिदेसिनु पर्‍यो, नातावाद कृपावाद चुलिँदै गयो । कहिले के को अभाव कहिले के को, सधैं अभावैअभाव । दु:ख त हामीले पाएकै हो । तर त्यसको विकल्प ‘आ बाघ खा गाई’ भन्नु थिएन, हैन । विकल्प हो, राजनीतिक द्विविधाको निवारण र भ्रमबाट मुक्ति । अनिमात्र हुन्थ्यो सही व्यक्ति र पार्टीको छनोट र बन्थ्यो सक्षम नेपाल र नेपालि जनता । त्यो दुवै बनेन । अहिले पनि उस्तैउस्तै हो । त्यसैले सुशासन छैन र त्यति सजिलै मानवीय स्वतन्त्रताको रक्षा गर्ने  सोच बन्दैन र बने पनि लैनो गाई त्यसै कुदेर हाम्रो गोठमा आउनेवाला छैन ।

त्यस निम्ति स्वतन्त्रता र पराधीनताको अन्तर बुझेर राजनीतिक द्विविधा र भ्रमबाट पहिले हामी आफैं मुक्त हुन जरुरी छ । अब संविधानभित्र रहेर प्रजातान्त्रिक मूल्य र मान्यताको प्रक्रियागत आधारमा संविधान कार्यन्वयन गर्न चाहनेलाई सघाउने कि त्यो बाटो छोडी सडक आन्दोलनमा गएर ‘टाउको फोर्ने’ कुरा गर्नेहरूलाई  सहयोग गर्ने ? हौस्याउने ?? हामीमा यो द्विविधा नरहोस्, भ्रम हटोस् । अन्यथा राजनीति सप्रन्न र त्यो नसपिँदाको हाम्रो नियति यही हो । यस्तै रही रहनेछ । कतिञ्जेल…???

Wednesday, March 15, 2017

के हो माओबाद? को हो माओबादि? र को होइन माओबादि?

के हो माओवाद ? को हो माओवादी ? र को होईन माओवादी ?-


पुजिवादी क्रान्तिका दुई पुराना मोडेलहरु जस्तै सामन्तवादको बिरुद्द पुजीपतिवर्गको नेतृत्वमा सम्पन्न पुजिवादी क्रान्ति र पूजीवादको बिरुद्द सर्वहारावर्गको नेतृत्वमा बिकसित पुजिवादी मुलुकमा अल्पकालीन सशस्त्र विद्रोहद्वारा सुरुमै केन्द्रियसत्ता कब्जागरी गरियको समाजवादी क्रान्ति : भन्दा बेग्लै अर्थात अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक चीनमा सर्वहारावर्गको नेतृत्वमा साम्राज्यवाद द्वारा संरक्षित सामन्तवादको बिरुद्ध दृघकालिन जनयुद्ध द्वारा गाउले शहर घेर्ने रणनीति अन्तर्गत १९४९ मा नयाढंगको पुजिवादी क्रान्ति सम्पन्न गरियो ! यसलाई नै नयाजनवादी क्रान्ति नामकरण गरियो ! यो नया जनवादीक्रान्तिको मुख्य नेता र योजनाकार हुनुहुन्थ्यो कमरेड माओत्सेतुङ्ग ! नयाजनवादी क्रान्ति सम्पन्न गर्ने र त्यसलाई समाजवाद हुदै बैज्ञानिक साम्यवाद सम्म पु-याएयर सम्पूर्ण मानव समुदायलाई नै सबै प्रकारका शोषन,दमन र उत्पीडन वाट मुक्त गर्ने कमरेड माओत्सेतुङ्ग को महानयात्रामा पार्टी भित्र र बाहिर वाट ठुला ठुला अवरोधहरु हरु आईपरे ! ति अवरोधहरुलाई पन्छ्याउने क्रममा कमरेड माओत्सेतुङ्गले आफ्नै जीवनमा फेरि अर्को ठुलो क्रान्तिको नेतृत्व गर्नु प-यो ! त्यो क्रान्तिलाई नै महान सर्वहारा सास्कृतिक क्रान्ति भनिन्छ ! महान सर्वहारा सांस्कृतिक क्रान्ति १९६६ देखि १९७६ सम्म दशबर्ष जारि रह्यो !
सामन्त ,दलाल र नोकरशाही पुजीपतिवर्गको बिरुद्ध संघर्ष गर्ने क्रममा नया जनवादी क्रान्तिको पक्षमा आएका राष्ट्रिय पुजीपतिवर्ग ,पार्टी भित्रका तिनका एजेन्टहरु र तिनका बिदेशी मालिकहरु चीनलाई नयाजनवाद वाट समाजवाद तिर संक्रमण गर्ने र समाजवादलाई मजवुत बनाउने क्रममा तगारो बनेर उभिए ! नया जनवादी क्रान्ति सम्पन्न गर्दा पार्टीको नेतृत्वमा रहेर माओत्सेतुङ्ग संगै लडेका र त्यसपछि पार्टी र सरकारको नेतृत्वदायी अंगमा रहेका ल्यु शाओ ची र तेङ्ग स्याओ पिङ्ग जस्ता माओत्सेतुङ्ग कै सहयोद्धा नेताहरु नयाजनवाद वाट समाजवादमा संक्रमण गर्ने अभियानको बिरुद्ध उभिए ! यसको वाबजुद १९५६ मा कमरेड माओत्सेतुङ्ग्को नेतृत्वमा चिन समाजवादमा प्रवेश ग-यो !
पुजिवादी अर्थ ब्यबस्था वाट समाजवादी अर्थ ब्यबस्थामा प्रवेश गरेपनि अधिरचनाका सबै क्षेत्रहरु जस्तै राजनैतिक , सांस्कृतिक र शैक्षिक क्षेत्रमा समाजवादीकरण गरिएन भने समाजवादको बिघटन अबस्वयंभावी नै हुन्छ ! तसर्थ चीनमा समाजवादी अर्थ ब्यबस्था स्थापना भए पश्चात त्यही अनुरुपको अधिरचनाको आवस्यकताबोध हुनु स्वभाविक थियो ! त्यसकारण त्यहाको पुरानो पुजिवादी राजनैतिक,साकृतिक र शैक्षिक प्रणालीलाई समाजवादीकरण गर्नु कमरेड माओत्सेतुङ्गको निम्ति पहिलो प्राथमिकताको बिषय बन्यो ! तर परिस्थिति सहज थिएन ! चीनका राष्ट्रिय पुजीपति र पार्टी कै मै हु भन्ने घगडान नेताहरु त्यसको बिपक्षमा थिए ! र उनीहरुलाई बिस्व प्रतिक्रियावादले त साथ दीइरहेकै थियो त्यसमाथि तात्कालीन सोभियत संशोधनवादी दलका नाईकेहरु खुर्स्चोभ र ब्रेझनेभहरुले खुलियाम सहयोग गरिरहेका थिय ! यो अवस्थामा अधिरचनाका सबै क्षेत्रमा समाजवादीकरण गर्न सहज थिएन ! तैपनि अघि बढ्नु नै थियो ,त्यसैले यो असहजता लाई चिर्दै चीनमा पूजीवादको पुनर्स्थापना रोक्न र सर्वहारावर्गको अधिनायकत्वलाई लाई मजबुत पार्दै समाजवादलाई अघि बढ़ायर सुदृध र समृद्ध चिन निर्माण गरि बिस्व-साम्यवादको ढोका खोल्नका निम्ति कमरेड माओत्सेतुङ्गले महान सर्वहारा सास्कृतिक क्रान्तिको घोषणा गर्नु भएको थियो !
महान सर्वहारा सास्कृतिक क्रान्तिमा करोडौ नेता,कार्यकर्ता र अरबौ चिनिया जनता मात्र होईन सिंगो चिन जुरुक्क उठेको थियो ! विचारधाराको क्षेत्रमा समाजवादमा पनि बुर्जुवाबर्ग र सर्वहारा वर्ग बीच चर्को संघर्ष चलिरहन्छ ! त्यसकारण समाजबाद नै सर्वहारा या बुर्जुवा कसले जित्छ तुङ्गि सकेको अवस्था होईन , ‘ निरन्तर क्रान्तिमा जोड देउ ‘ , ‘ वर्ग संघर्षलाई कहिल्यै नबिर्स ‘ भन्ने माओवादी मान्यताका बिरुद्ध पार्टी र सरकारको नेतृत्वमा रहेर चीनमा पुजिवाद र समाजवाद मध्य कसले जित्छ भन्नेकुरा तुंगी सकेकोछ ! समाजवादमा निरन्तर क्रान्ति र वर्गसंघर्षको आवस्यकता छैन ! समाजवादमा पनि निजि सम्पति राख्न पाउनुपर्छ ,ब्याज लिन पाउनुपर्छ ,नोकर चाकर राख्न पाउनुपर्छ भन्ने मान्यता राख्ने पुजीपति बर्गका छद्म एजेन्ट तथा चिनिया संशोधनवादका नाईकेहरु लिउ स्याओ ची र तेङ्ग स्याओ पिङ्ग सहित उनीहरुका अन्धभक्तहरु कैयौलाई महान सर्वहारा सास्कृतिक क्रान्ति कै दौरानमा पार्टी र सरकारको सबै जिम्मेवारी बाट बर्खास्त गरियो ! लिउ ,तेङ्ग गुटले संरक्षन गरेर राखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ नाफा कमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुला पुजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै ! साथमा पुराना खराब सस्कृति ,सस्कार र बानि ब्यबहार वाट मुक्त नहुने , बद्लिएको परिस्थिति अनुरुप आफुलाई बदलेर समाजवादीकरण गर्न नसक्ने तर पार्टी र सरकारको उच्च ओहदामा बसिरहने अरु कैयौ बडे बडे नेताहरु पनि सो क्रान्तिका निशाना बने !
सरल ढंगले भन्नुपर्दा कमरेड माओत्सेतुङ्गले बिस्व कम्युनिस्ट आन्दोलनमा दृघकालिन जनयुद्धको आवस्यकताबोध र त्यसको कार्यनीति र रणनीति निश्चित गर्नुभयो , वहाले नया जनवादी क्रान्ति र क्रान्ति भित्र निरन्तर क्रान्तिको सिद्दान्त प्रतिवादन गर्नुका साथै मार्क्शवादको तिन वटै संघटक अंगहरुको उच्चतम बिकाश गर्नु भयो ! यसर्थमा सर्वहाराबर्गको मुक्तिको खातिर कमरेड माओत्सेतुङ्गले मार्क्शवाद-लेनिनवादमा गर्नु भएको बिकास र योगदानलाई नै बिस्व कम्युनिस्ट आन्दोलनमा माओबाद या माओ विचारधारा भनियो ! जुन व्यक्ति समुह या संगठनले माओत्सेतुङ्गका बिचारहरु अर्थात माओबादलाई आफ्नो पथप्रदर्शक सिद्दान्त मानेर अघि बढ्छ त्यो व्यक्ति ,समुह र संगठन नै माओवादी हो !
माओवादलाई पथप्रदशक सिद्दान्त मान्दै तत्कालिन ने.क.पा.( माओवादी) को पहल र नेतृत्वमा भएको महान जनयुद्धको लोकप्रियता दोहन गर्दै हिजो-आज कैयौ व्यक्ति,समुह र संगठनहरु सडकमा माओवादी बनेर दौडीरहेकाछन ! यथार्थमा ति मध्य सबै माओवादी होईनन ! भित्र अध्यारो कोठामा दलाल,तस्कर भ्रस्टाचारी, र कमिशनखोर संग बसेर आम्दानीको भागबण्डा गर्ने तर बाहिर सडकमा निक्लेर आफुलाई माओवादी घोषणा गर्ने त्यो माओवादी होईन ! दिनभरी सर्वहारा,सुकुम्वासी र किशाण ,मजदुरको श्रमको शोषण गर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने त्यो पनि माओवादी होईन ! आचरण,बानि ब्यबहार ,सस्कार, सस्कृति हिडाई,बसाई ,लवाई,खुवाई ,आचार,बिचार सबै मध्य युगिन बादशाहको जस्तोछ तर उसले आफुलाई माओवादी दावी गर्छ त्यो माओवादी होईन ! जस्ले हिजो मिलेराबाद मुर्दावाद भन्यो उसैले आज मिलेराबाद नै आजको मार्क्शवाद हो भन्छ भने अब उ माओवादी रहेन ! जस्ले दिनभर माओवादी क्रान्तिको कुरा गर्छ त्यसैले रातभर प्रतिक्रियावादी ब्यबस्था अन्तर्गत कै सांसद, मन्त्रि र प्रधानमन्त्रीको सपना देख्छ भने त्यो पनि माओवादी होईन ! जस्ले बोलीमा जनवाद ,समाजवाद र साम्यवाद स्थापनाको कुरा गर्छ तर ब्यबहारमा पुजिवाद्लाई मजबुत पार्ने काम गर्छ त्यो माओवादी होईन ! त्यस्तै जुन संगठनले व्यबहारमा वर्नस्ताईनवाद ,काउत्सकिवाद,खुर्स्चोभवाद र तेङ्गवाद लागु गर्छ तर दस्तावेजमा माओवाद लेख्छ त्यो संगठन माओवादी संगठन होईन ! जुन संगठन ब्रेझनेभ , गोर्वाचोभ र लिउ शाओ ची को बाटोमा हिड्छ तर त्यसले आफ्नो मार्गदर्शक सिद्दान्त माओवाद भन्छ त्यो माओवादी संगठन होईन ! जुन संगठन ब्यबहारमा संसदबादमा चुर्लुम्म डुबेको छ र उ कहिल्यै त्यहा बाट निक्लने सम्भावना छैन तर त्यसले भाषण ,प्रशिक्षणमा माओवादको कुरा गर्छ त्यो संगठन माओवादी होईन !
बिगत ,बर्तमान र भबिस्य यी तिन वटै चिज आ-आफ्नो ठाउमा उत्तिकै महत्वपूर्ण छन ! आन्दोलनलाई बिगतमा कसले कति योगदान ग-यो ? त्यसलाई भुलेर व्यक्तिको मुल्यांकन गरियो भने त्याहा अन्याय हुन्छ ! भबिस्यको सम्भावनालाई उपेक्षा गरेर निस्कर्ष निकालियो भने त्यसले आन्दोलनलाई फाईदा होईन नोक्शानी पु-याउछ ! तर मुख्यकुरा भनेको बर्तमान नै हो ! बर्तमानमा कस्ले कहा के गर्दैछ ? त्यसको आधारमा को के हो ? भन्ने कुरा ठिक ढंगले ठम्याउन सकिन्छ ! भनिन्छ ‘एउटा माघले जाडो जादैन ‘ एउटा माओवादीले आफु माओवादी भैरह्नको निम्ति एकपटक मात्र होईन पटक पटकको परिक्षामा आफुलाई पास गर्न सक्नु पर्दछ ! महान जनयुद्धको क्रममा माओवादी परिक्षामा पास भएको मान्छे अहिलेको परिस्थितिमा पनि उ पास नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ! अबस्य उ पास भए बर्तमानमा पनि माओवादी हुन्छ फेल भए माओवादी हुदैन ! बिगतमा सो परिक्षामा फेल भएको मान्छे उ सधै फेल नै हुन्छ माओवादी बन्न कहिल्यै सक्दैन भन्ने पनि होईन बर्तमानमा पास भएर उ माओवादी बन्न सक्छ, उसलाई माओवादी बन्ने अधिकार छ ! हिजो कुनै कारणबश माओवादी आन्दोलन भन्दा बाहिर रहेको मान्छे उ सधै माओवादी आन्दोलन बाट बाहिर नै रहन्छ भन्ने पनि होईन ! हिजो भित्र रहेका आज बाहिर जान सक्छ बाहिरको भित्र आउन सक्छ ! हिजो जनयुद्धमा सहभागी नभएकाहरु माओवादी होईनन र उनीहरु कहिल्यै माओवादी हुन सक्दैनन् भन्ने मान्यता राख्नु गलत हो ! त्यस्तै हिजो जनयुद्धमा सहभागी भएकाहरु मात्र माओवादी हुन् र उनीहरु सधै माओवादी नै रहन्छ भन्ने शोच्नु पनि गलत हो ! हिजो माओवादी बिचारमा कन्भिस नभएको मान्छे आज सो बिचारमा कन्भिस भएर असल माओवादी बन्न सक्छ ,हिजो माओवादी बिचारमा सहमत मान्छे आज सो बिचारमा असहमत बनेर पलाएन हुनपनि सक्छ ! माओवादी बन्नु भनेको विचारको कुरा हो , महान जनयुद्ध लड्नु भनेको बिचारका साथै प्राबिधिक र सांगठानिक कुरा पनि हो ! जनयुद्ध लडेर या न लडेर जसले माओवादी दर्शन ,विचार ,सिद्दान्त र मुल्य मान्यतालाई आफ्नो जीवन दर्शन बनायो र बनाईरहेको छ त्यो माओवादी थियो र माओवादी हो ! तर माओवादी बिचारलाई पथ प्रदर्शक सिद्दान्त मान्ने संगठन एक भन्दा बढी भएको अवस्थामा जुन संगठनले माओवादलाई मार्गदर्शक सिद्दान्त मान्दै जनयुद्धको सचेत पहल ग-यो त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भयो ! जुन संगठनले माओबाद्लाई मार्गदर्शक सिद्दान्त त मान्यो तर जनयुद्धको सचेत पहल गरेन त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भएन फरक यत्ति हो !
अन्त्यमा दोहो-याएर : दश बर्षे महान जनयुद्धको उच्च लोकप्रियताको दोहन गर्दै आफुलाई माओवादी दावी गर्ने राजनैतिक व्यापारीहरु नेपालमा कम छैनन् ! महान जन युद्धमा जस्ले जुनस्तरको त्याग र बलिदान ग-यो उस्लाई त्यही स्तरमा सम्मान गरिनु पर्दछ यो निर्बिबाद सत्य हो ! तर बिगतमा कसैले महान जनयुद्धमा गरेको त्याग र बलिदानकै आधारमा बर्तमानमा उसले जतिसुकै माओवादी मूल्य र मान्यता बिरोधि हर्कत गरेपनि , क्रान्ति प्रति जतिसुकै बिस्वासघात र गद्दारी गरे पनि फेरि उस्ले आफुलाई माओवादी नै हु भनि दावी गर्छ भने त्यो दावी निरर्थक हो उ माओवादी हुदै होईन ! बरु उ हुनसक्छ पुर्व माओवादी ,खाओवादी , अवसरबादी ,पलायनबादी ,नव संशोधनबादी ,संसदबादी या नव प्रतिक्रियावादी !

Sunday, March 12, 2017

नेताहरुले बदनाम बनाएको नेपाली राजनितिमा किन हाम फाल्दैछ ? सबिन खड्का

                            _ सबिन खड्का

देशमा राजनितीक अस्तव्यस्तता चुलिएको बर्षौँ बितिसकेको छ । करिब २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था सुरुवात भएको बेलादेखि नै तथाकथित प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली र पछिल्लोपटक दशौँहजार जनताको बलिदानी पश्चात् प्राप्त गणतन्त्रसम्म आईपुग्दाको नेपाली राजनीतिक अभ्यासलाइ हेर्ने हो भने राजनीतिको व्यवसाय गर्ने कथित नेताहरुमा सामान्य नैतिकता समेत लोप भईसकेको कुरा कथित राजनितिककर्मिहरु कै बिधी र व्यबहारबाट उजागर भईसकेको छ । सामान्य अर्थमा बुझ्ने हो भने राजनीति एउटा पेशा नभएर निस्वार्थ समाजसेवा हो जसलाई माध्यम बनाएर आफुले अगालेको चिन्तनलाई परिश्कृत गर्दै देश र जनताको हित र समग्र देशको विकासमा सामेल हुन सकिने सबैभन्दा सम्मानित स्थान हो राजनितिक थलो । जसलाई युगयुगसम्म इतिहासले कदर गर्न सकोस । जसरी अब्राहम लिङकन, नेल्शन मण्डेला र महात्मा गान्धीजस्ता नेताहरू युगौसम्म ईतिहाँसले कदर गरेको छ र गरिरहने छ ।

समाज परिबर्तनको लागि बितेका केहि शताब्दीहरुमा विश्वभर भएका विभिन्न क्रान्तिका अभ्यासहरुलाई हेरियो भने बिस्तारै विकसित र परिस्कृत हुँदै गएका विभिन्न व्यक्ति र उनिहरुले प्रतिपादन गरेका सिद्दान्तहरुको विशेष र अहम भुमिका रहेको पाईन्छ । जस्तो कि फ्रान्सेली क्रान्ति, बेलायतको औधोगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम देखि लिएर कार्ल मार्क्सले प्रतिपादन गरेको मार्क्सवादी कम्युनिज्म र जसलाई प्रयोग गरि भएका रुसमा लेनिनको रुसी क्रान्ति, चीनमा माओत्सेतुङले गरेका चिनियाँ क्रान्तिहरुको महत्त्वपूर्ण भुमिका रहेको थियो । उता दक्षिण अफ्रिकामा नेल्शन मण्डेलाको रङ्गभेदी आन्दोलन या तत्कालीन समयमा विश्वलाई आफ्नो अधीनमा राख्नेवाला बेलायती साम्राज्यवादको विरुद्धमा भारतमा महात्मा गान्धीले चलाएको जागरण हालको आधुनिक विश्वका लागि अनुकरणीय उदाहरण बनेका छन । यी उदाहरणीय योगदानहरु आजको विश्वले अनुसरण गरेका राजनितिक विचारधारा र प्रेरणाको रुपमा प्रयोगमा प्रतिपादित “वाद”हरु बन्न पुगेका छन ।
समाजवाद, साम्यवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद लगायतका नाममा खोलिएका विचार समुहहरु आज राजनितिक दलको रुपमा चिनिन्छन् । जसको उद्देश्य नितान्त निस्वार्थ समाज परिवर्तन र विकासको लागि योगदान गर्ने र जनताले दिएका जिम्मेवारी पूरा गर्ने हुनुपर्छ ।

समाज, समय या बिचार सबै गतिशील बस्तुहरु हुन त्यसैले बिचार र चिन्तनलाई पनि समयसापेक्ष बनाउदै परिस्कृत बनाउदै लैजानु जरुरि हुन्छ जो राजनितीमा पनि लागू गर्न आवस्यक हुन्छ त्यसैबाट नयाँनयाँ बिचारहरुको प्रतिपादन हुन्छ त्यो नै सफल हुनेछ र त्यस्तै बिचारहरुलाई ईतिहाँसले जीवित राख्नेछ । फेरि माथि उल्लेखित महान बिचारक र क्रान्तिका मोडेलहरु अभ्यास भएका युगहरुको आवस्यकता र अहिलेको युगको सामाजिक राजनीतिक आवस्यकता र चिन्तनको रुपरेखा बदलिएको अवस्थामा हिजोका युगमा सफल ठहरिएका विचार र वादहरुको हुबहु अभ्यास गर्ने मोडलका राजनितीहरु विश्वभर असफल बन्दै गएको अबस्था छ । अर्को अर्थमा भन्नुपर्दा १९ औँ र बिसौँ शताब्दी मुलतः हातहतियार र औद्दोगिक क्रान्तिको युग थियो तर आजको विश्व यी चिजहरुको अलावा वैज्ञानिक सुचना र प्रबिधीको युग बनिसकेको छ । यस अर्थमा त्यतिबेला गर्ने क्रान्तिका मोडल र यतिबेलाको परिस्थितिजन्य आवस्यकता नितान्त फरक छ र हुनुपर्दछ ।

यस परिप्रेक्ष्यमा नेपाली राजनितीलाई दाजेर हेर्ने हो भने नेपाली राजनितिक बिचारधाराका स्रोतहरु पनि कुनै न कुनै रुपमा माथि उल्लेखित वादहरु नै रहेका छन । जसलाई परिस्कृत बनाउदै समय र धरातल सुहाउँदो ढंगबाट प्रयोग नगरिएको कारण बेलाबखत उच्च अपेक्षा र ठूलो बलिदान दिईएर आएका परिवर्तनहरु क्षणिक र असफल साबित भए जसको पछिल्लो उदाहरण माओवादीहरुले १० बर्षसम्म दशौँहजारको बलिदानबाट प्राप्त परिवर्तन संथागत हुन नसक्नु रहेको छ । हुनत कुनैपनि वाद आफैमा पुर्ण हुदैनन जसलाई अभ्यास गर्ने र नेतृत्व गर्ने ब्यक्ति र परिपाटीमा पनि भर पर्दछ । उनिहरुको उदेश्य पुर्ण रुपमा जनतामा समर्पित हुनुपर्नेमा त्यो देखिएन नेपाली राजनितिको मोडालिटिमा । उता सफल राजनितिज्ञमा हुनुपर्ने आधारभुत विद्दता, दक्षता अनि ईमानदारिता र नैतिकताको खडेरी छ नेपाली कथित राजनेताहरुमा । साझा हित र जनकल्याण भन्दा पनि कुनै भिडको मात्रै नेता बन्ने अत्यन्तै संकिण चिन्तन त नेपाली नेताहरुको सबैभन्दा नराम्रो रोग बनेको छ । एक अर्कोको सम्मान र सहअस्तित्वको भावना पनि शुन्य छ । यसअर्थमा भन्ने हो भने एकाध बाहेक हालसम्म नेपाली राजनितीको केन्द्रमा रहेका कुनैपनि राजनितिक खेलाडीहरुमा स्वच्छ चिन्तन र नैतिकताको अभाव देखिन्छ ।

राजनितीलाई त्याग र सेवाको माध्यमको रुपमा नलिई विभिन्न तवर र कृपाबाट प्राप्त सत्ता र शक्तिलाई निजि शान र हैकम जमाउने थलोको रुपमा लिने नेताहरू जनताको आखाँमा कसरी सफल बन्नेछन् । झनै हालको नेपाली राजनितीलाई हेर्दा नेता भनौदाहरुको चरम अदक्षता, अकर्मण्यता, गैरजिम्मेवारीपन र चरम अनैतिकताले पराकाष्ठा नाघिसकेको छ । जनतालाई पटक पटक ढाटेर सत्ताको शैर गरिसकेका निर्लज्ज प्राणीहरुको भिड साबित भैसकेका छन र पनि अझै जनतालाई आफ्नो मपाईत्वको नारा भजाउन जनतालाई भेडा बनाउन निर्लज्ज लागिपरेका छन । सत्तामा रहनेहरु रोग भोक र चरम गरिबिको शोकमा डुबेका कर्णाली लगाएतका जनतालाई हेर्न हेलिकप्टरबाट ओर्लेर आफुलाई कुनै स्वर्गको दुत आएको भान छरेर फर्किन्छन । जनताले प्रयोग गर्ने सेवा सुविधा नेताले अमेरिका बेलायत पुगेर भोग गर्छन । जनताले सिटामोल पाउदैनन् नेताले भिटामिनको कमि भएको शिर्षकका करोडौं राष्ट्रिय ढिकुटिबाट निकालेर आफ्ना श्रीमतीलाई बिदेश घुमाउन लैजान्छन । जनताका छोराछोरीले देशमै साक्षरता छैन नेताहरु आफ्ना छोराछोरीलाई सरकारको ढिकुटी रित्याएर आफ्नो जात थर नै परिवर्तन गरेर छोराछोरीलाई दलित बनाएर बिदेशी महङ्गा कलेजमा पढाउछन ।
पछिल्लो समयमा राजनैनिक नैतिकतालाई नेताहरूले विभिन्न बहानामा झनै गिराएका छन् । कहिले संङ्क्रमण काल त कहिले द्वन्द व्यवस्थापनका नाममा राज्यकोषबाट खुलेआम ब्रह्मलुट मच्चाएका छन । देशका विभिन्न संवैधानिक र स्वतन्त्र निकायदेखि गाउँका सामान्य विद्दयालय र विभिन्न संघसंस्थालाई समेत राजनितीक भागवण्डाको थलो भनाएका छन् । गाउँको बिद्यालयमा एउटा शिक्षक नियुक्ति गर्न देखि व्यवस्थापन समिती गठन गर्नको लागि विभिन्न राजनितीक घम्साघम्सी हुन्छ । सीप र दक्षता हेरेर प्रतिस्पर्धाका आधारमा भन्दा कुन पार्टीको कार्यकर्ता भर्ति गर्ने भन्ने बिषयमा लडाइँ हुन्छ । त्यतिमात्र नभएर स्वतन्त्र मानिने न्यालयमा न्यायाधीश नियुक्तिमा पनि भागवन्डा गरिन्छ । देशका कर्मचारीलाई पनि कुनै न कुनै राजनीतिक रङ्ग लगाईन्छ । प्रत्येक पटक हरेक सालजसो परिवर्तन हुने सरकार नै पिच्छे कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्न नदिने अवस्था श्रृजना गरिन्छ । सबैभन्दा दुखलाग्दो कुरा त के छ भने देशको चौथो अङ्ग भनेर चिनिएको पत्रकारिता जगत पनि राजनितीबाट अलग छैन । कुनै पनि पत्रकार यस्तो छैन जो कुनै न कुनै राजनितीक दलको पक्षपोषण नगर्ने होस । यस्ता पत्रकारिताले के जनताका पक्षमा आवाज उठाउछ ? भ्रष्टाचारी नेताको गुनगाण गाउने पत्रकारिताले कसरी दुरदराजका जनताको आबाज बोल्न सक्छ ? जसले नेतालाई खबरदारी गर्नुपर्नेमा आफैं त्यहि नेताको भरौटे पेशाको वकालत गर्छन । देशका हरेक सञ्चार माध्यममा दिनहु कुन पार्टिको नेताले के भने कुन कार्यक्रम उद्घाटनमा गए, कसकसलाई के गाली गरेर कुन उखान र टुक्कामा अरुको उचाई घटाएर आफ्नो उचाई बढेको बद्ख्वाई गरका जस्ता बिषयबस्तुलाई ठुलो तस्विर समेत राखेर प्रमुख समाचारको रुपमा ब्रेकिङ न्युज भनेर प्रकाशन प्रसारण गरिन्छन । त्यस्तै नेताले के खाए, कोकोसँग भेट गरे कहाँ घुम्न गए जस्ता बेकार फाल्तु बिषयबस्तुलाई समाचार बनाउछन । तर जनतालाई भोकमरि, रोगमहामारि, मगङ्गी ले ग्रसित भएका र पिडा र वेदना भरिएका दुखसुख र खोजमुलक सामाग्रीहरु भलै लेख्छन होला तर कहिलेपनि यस्ता समाचार र बिषयबस्तुलाई प्राथमिकता दिईदैन । यसैबाट थाहा हुन्छ कि देश चलाउने पहरेदारी खबरदारि दिने र सेवा सुबिधा दिेने निकायहरुको निश्पक्षता कहाँसम्म छ भन्ने !

देशका कर्मचारी देखि विभिन्न निकाय र संघसंस्थामा राजनितीक पक्षपोषण गर्ने विभिन्न राजनितीक दलप्रति बफादार ट्रेड युनियनहरु खोलिएका छन । यस्तो भएपछि कसरी कुनै कर्मचारी, मजदुर पेशागत व्यवसायीले आफ्नो मर्यादाको हितमा काम गर्न सक्छन । गाउँगाउँमा प्रत्येक पार्टीका छुट्टाछुट्टै विद्यालय, सहकारी र संघसंस्थाहरु हुन्छन । पलानो पार्टीको बिद्यालय फलानो पार्टीको सहकारी भनेर चिनिन्छन । यसरी मुलुक पुर्णरुपमा फोहोरी राजनितीले नराम्ररी जेलिन पुगेको छ । जहाँजहाँ जसको शक्ति र सामर्थ्य स्थापित गर्न सफल भएका छन त्यहाँ त्यहाँ सम्बन्धित राजनितीक दलको मनोमानी चलेको छ । देशमा लामो समयसम्म लम्बिएको सङ्क्रमण काल र द्वन्दले थपिएको जटिलताका कारण पनि देशभर यस्तो मनपरितन्त्रले नराम्ररी जरा गाडेको छ । जसको प्रत्येक्ष प्रभाव परेको छ मुलुकको विकास निर्माणका गतिविधिमा पनि । हरेक ठाउँमा आआफ्नो राजनितिक दलको स्वार्थमा विकासको लागि छुट्टिएको रकम झ्वाम हुन्छ ।

यसका अलवा राजनितिले भ्रष्टाचारी र अपराधीलाई अत्यन्त सुरक्षित आश्रय दिएको छ । जसका कारण भ्रष्टाचारी र अपराधीहरुको मनोबल बढेको हुन्छ । यथार्थमा भन्ने हो भने यस्ता अपराधी र भ्रष्टाचारीहरुको कृपाले दलको राजनिती टिकेको छ । चन्दा आतंक, लुटपाट, हत्या, अपहरणका घटनामा देशका ठुलाठुला नेताहरूको प्रत्येक्ष हात भएको पटकपटक प्रमाणित भएको छ । यस्ता अपराधीलाई कारबाही त कता हो कता केही सच्चा र कर्तव्यनिष्ठ प्रहरी र कानुनको फन्दामा परेका अपराधीहरू पनि रातारात राजनीतिक जोडबलमा छुटाईन्छन । त्यतिमात्र नभएर प्रहरीको वान्टेडमा रहेका ठुल्ठुला गुण्डा र अपराधीलाई राजनिक दलहरूले उच्च पदमा आसिन गराई पालेर राखिएका छन् ।

हुनत हरेक राजनितिक दलहरु र समाजमा राम्रो छवि र असल आचरणका क्षमतावान व्यक्तिहरु पनि प्रसस्तै छन उनिहरुले विभिन्न पदमा रहेर राम्रो काम गरेर पनि देखाएका छन । तर यहाँ महत्त्वपूर्ण कुरा र विडम्बना के छ भने त्यस्ता व्यक्तिलाई कुनैपनि महत्त्वपूर्ण जीम्मेवारीमा पुर्‍याइदैन यदि पुगिहाले पनि ईमान्दारीता पुर्वक काम गर्न दिईदैन या कुनै न कुनै रुपले असफल बनाउन लागि पर्छन् । दहीको साची बिरालो भनेझैँ जो ठुलो अपराघी र भ्रष्चाचारी हो उसैलाई मन्त्री या सम्बन्धित निकायमा पुर्याएर सबै मिलेर ब्रह्मलुट मच्चाउछन । यि यस्ता चरित्रहत्या गर्न  पनि सबिन त्यै फोहोरि मैदानमा राजनिति नामको खल खेल्न हाम फाल्दैछ ।

यसरी सधै विभिन्न रुपमा अस्तव्यस्त रहेको मुलुकमा आर्थिक गतिविधिहरु ठप्प प्राय छन् । भएका उद्योगलाई पनि राजनीतिक थलोमा परिणत गरेर बन्द गरिदैछन । त्यसमाथि विभिन्न दलका स्वार्थ सिद्ध गर्नका लागि गरिने बन्द हडतालको चपेटामा परेका छन् । फेरि सधैंको लोडसेडिङ र चुलिएको महङ्गीको त झनै के कुरा गरौं र ! फलस्वरूप देशमा भित्रिने बैदेशिक लगानी र सहयोगको मात्रा निराशाजनक हुदो छ । यसरी हतोत्साहित भएका स्वदेशी पुँजी र दक्ष जनशक्तिको पलायन बढेको बढ्यै छ । देशमा केहि गरिखाने उपाय नभेटेपछि निराशा र कुण्ठा बोकेर हजारौं युवाहरु बिदेशिन बाध्य छन । अप्रत्यक्ष रुपमा हेर्ने हो भने देशमा व्याप्त अन्योल र अभावले खड्केको नैरस्यताले नेपालीहरुको चिन्तन खलबलिएको छ ।

देशमा हरेकपटक राजनितिक परिवर्तनको लागि जनताको धेरै ठूलो योगदान र सहभागिता रहेको छ । जतिपनि ठुलाठुला परिवर्तनहरु भए त्यसमा जनताको प्रत्येक्ष संलग्नता रहेको छ ।  आज देशको सँबिधान पुर्णतया असफल हुने बिन्दुमा पुर्‍याउने पनि हालका ठुला भनौदा राजनितिका खेलाडीहरुका आपसी तछाडमछाड र सत्ता स्वार्थ प्रमुख रुपमा जीम्मेवार छन् । अबत लाग्छ नेपालका राजनिति दलहरुमा जनताको भरोसा र बिस्वस्नियता शुन्य भईसकेको छ । उनिहरुमा गैरजिम्मेवारीपन र अनैतिकताको पराकाष्ठा निघिसकेको छ । जसका कारण बेलाबखत बैकल्पिक शक्ति र नयाँ बिचारको कुराहरु समेत उठेका छन् । तर कुरा फेरि उहि बिषयमा टुंगिन्छन कसले नेतृत्व गर्ने र के एजेन्डा बनाउने भन्ने !

हुनत बिकास र परिवर्तन भन्ने चिजहरु राजनीतिबाट मात्रै प्राप्त हुने कुराहरु भने हैनन । तर हाम्रोजस्तो मुलुकमा बिकासका लागि आवश्यक आधारभुत शान्तिसुरक्षा, लगानीको ग्यारेन्टी, लगानीकर्ताहरुलाई चाहिने उत्साहित र आकृष्ट गर्ने बाताबरणको अभाव आदि कुराहरूलाई देशको अस्तव्यस्त राजनितिले आक्रान्त पारेको छ । देशका शैक्षिक संस्था, सरकारी गैरसरकारी संघसंस्था, स्वास्थ्य संस्था र उद्योग व्यवसायहरु अस्वभाविक राजनीतिक हस्तक्षेपबाट ग्रसित छन् । राजनितीले भ्रष्टाचार र अपराधलाई प्रशय दिएको छ । र समाजमा राजनितीलाई अन्यत्र क्षेत्रमा केही गर्न नसकेर पैसा र शक्तिको आडमा प्रयोग गर्ने अन्तिम थलोको रुपमा लिईने गरिएकोले नेपालमा राजनीति आज स्वयं बदनाम बनेको छ । यस अर्थ राजनिति बिकाशको बाधक हैन, यसलाइ बिकाशको पुर्बाधार साबित गर्न म यिनै नेताहरुले बदनाम बनायको त्यै पुरानै राजनितिमा नयाँ उमङ्ग बोकेर हााम फाल्दैछु ।

Thursday, March 9, 2017

राजनिति ब्यापार होइन, भ्रम बिक्रि गर्नलाइ - सबिन खड्का

राजनीति व्यापार होइन, हुनुहुँदैन, खालि नाफाको मात्र लेखाजोखा गर्ने । यो विशुद्ध समाजसेवा हो । यसलाई युवानेता तथा नेतृले बुझ्नु र व्यवहारमा लागू गर्नु जरुरी छ । शक्तिको आडमा मनपरी सञ्चालित गर्ने थलोको रूपमा विकसित गर्ने कुसंस्कार युवा राजनीतिज्ञले चिर्नु आवश्यक छ । जनताले कुनै पनि दल तथा नेतालाई निश्चित दायित्व सुम्पेर जिम्मेवार ठाउँमा पठाएका हुन्छन्, न कि पौंठेजोरी खेली एकले अर्कालाई पर्छार्न अनि देश र जनताको भावना कुठाराघात गर्न ।

म एक सामान्य नागरिक हुँ । राजनीति गर्ने रहर छैन । तथापि मलाई राजनीति मनपर्छ । यस अर्थमा कि राजनीति देशको भविष्य हो । देशको सामाजिक, आर्थिक, सांस्कृतिक, कानुनी मूल्य र मान्यताको संरक्षक हो । संविधान र कानुनको स्रोत हो । त्यसैले राजनीतिलाई एक विज्ञानको रूपमा स्वीकार गरिन्छ । जब हामी कुनै पनि देशबारे कुरा गर्र्छौं, त्यहाँ शीर्ष स्थानमा राजनीति आउँछ । राजनीतिले कुनै पनि देशको परिचय गराउँछ । चाहे लोकतान्त्रिक सरकार होस् या निरङ्कुश, व्यवस्थापिका र कार्यपालिका नभएको देश सम्भव छैन । त्यसैले राजनीति र राजनीतिकर्मी नभएको देश सास नभएको मर्ुदासरह हुन्छ भन्ने मलाई लाग्छ । जसलाई राजनीतिकर्मीले प्रश्वास भर्ने गर्छन् । फरक यति हो, सही राजनीतिक दर्शन, सिद्धान्त, आदर्श संस्कार र दृष्टिकोणद्वारा प्रशिक्षित राजनीतिज्ञले देशलाई स्वच्छ, निःश्वास भर्न सक्छन् भने दूषित सोच, संस्कार, दर्शन र दृष्टिकोणद्वारा प्रशिक्षित राजनीतिज्ञले दूषित प्रश्वास भर्छन् । ठीक वर्तमान नेपालजस्तै ।

राजनीतिको आफ्नै संस्कार हुन्छ, प्रतिपक्ष तथा विपरीत विचारको सम्मान गर्ने । देश, जनता, मानवता र नैतिकताको सधैं कदर एवं सम्मान गर्ने । तर नेपालमा त्यसको ठीक उल्टो राजनीतिक कुसंस्कार विकास भएको देखिन्छ, जिताहा र मिचाहा प्रवृत्ति दिन-प्रतिदिन फस्टाउँदै गइरहेको छ । कसैले तपाईं भनोस् या नभनोस् आफैं मपार्इं भइटोपल्ने प्रवृत्ति दल तथा नेतामा हावी भएको देखिन्छ । आफ्नो विचार र स्वार्थवृत्तभन्दा अलग विचार राख्नेले सासै फेर्न पाउनु हुँदैन भन्ने संस्कारले प्रमुखता पाइरहेको छ । यस्तै गलत सन्देशका कारण युवा वर्गको ठूलो भीड राजनीतिक वितृष्णाको सिकार भएको देखिन्छ । जसले देशलाई सही दिशानिर्देश गर्न बाधा पुगेको छ । किनकि राजनीति युवा वर्गको चासो र बहसको विषय हुनर्ुपर्छ । यसको मतलब सबै युवाले राजनीति गर्नुपर्छ भन्ने होइन । उनीहरूको अर्थपूर्णतर्क र सही दृष्टिकोणले देशलाई अग्रगामी दिशानिर्देश गर्न महत्त्वपूर्णभूमिका निर्वाह गर्नुपर्छ ।

देश गन्तव्यहीन भएको छ । सरकारमै रहेका दल सरकारले यो गरेन, त्यो गरेन, यो समस्या छ, त्यो समस्या छ, मैले त ठीक गरेको छु, फलानो मन्त्रीले गरेन, मेरो पार्टी त ठीक गरेको छ, अर्को पार्टी गरेन भनेर चिच्याइरहेका छन् । भाषणमा जसले बढी अर्को पार्टीई दोष दिन र समस्या देखाउन सक्यो, उति राम्रो भन्ने होड चलेको छ । हो, सबैलाई थाहा छ, समस्या त छन् । समाधान के - यस विषयमा कुनै दल र सरकार संवेदनशील देखिँदैन । राजनीतिकर्मीको काम समस्यामात्रै देखाउने होइन । देखिएका समस्याको समाधान र निकास खोज्ने हो । समस्या मात्र देखाउने हो भने त हाम्रो गाउँको गैरीघरे दिदी (उनको नाम छैन), डाँडाघरे काका, ठूलाघरे जेठादाइ, उनीहरूलाई सोधे कुनै दलका नेताले देखाउने समस्याभन्दा कैयौं गुना बढी भोगिरहेका यथार्थ समस्या बताउन सक्नेछन् । जागिर नपाएर सडकमा भौंतारिइरहेका युवा, पानीमा नुन मिलाएर, दुई रुपैयाँको सागले दुई दिन पुर्‍याएर खाने बेरोजगारले बताउन सक्छन्, उनीहरूका समस्या ।

घरेलु हिंसाको सिकार भएर दिनरात पिल्सिएका महिलाले बताउन सक्छन्, उनीहरूका समस्या । गरिबीले छट्पटाइरहेका नेपालीका खाली पेट र नाङ्गा आङहरूले बताउन सक्छन्, बल्ल उनीहरूका यथार्थ समस्या । कुनै चिल्ला गाडीबाट ओर्लिएर मञ्चमा पुग्दा जुत्तामा धूलो टँासियो कि भनेर चिन्तित हुने नेताले ठाडो औंला पारेर खुल्ला आकाशलाई तर्सर्ाादैमा अनि समस्यै समस्याको पहाड ठड्याउँदैमा उनीहरूले वास्तविक समस्या बुझेको भ्रममा पर्ने जनताको भीडमा अब कमी आइसकेको छ । देशको विकास कसैको आरोप- प्रतिआरोप र भाषणमा भर पर्दैन, उसको समयसापेक्ष सही भिजनमा भर्रपर्छ ।

अब नेपालीले अर्काको गल्ती देखाएर, आरोप लगाएर मख्ख पर्ने नेताभन्दा समस्याको सही पहिचान गरी समाधानको उपाय खोजी गर्ने सही राजनीतिक दृष्टिकोण भएको राजनेताको खँाचो महसुस गरिरहेका छन् । यो खँाचो अब युवानेता तथा नेतृहरूले पूरा गर्नुपर्छ । भौतिक सुख, व्यक्तिगत स्वार्थ र संकुचित विचारलाई त्यागी समस्यै समस्यामा गुजुल्टिएको नेपाललाई मेसो मिलाएर फुकाल्ने जिम्मा युवा पुस्ताको काँधमा आएको छ । यो आवश्यकता युवा पुस्ताका नेताहरूले बुझेर बढ्नु जरुरी छ ।

Friday, February 24, 2017

डिप्रेसन बाट बच्न डबल स्टेम सेल

डिप्रेसन (Depression)

बेलामौकामा दिक्क जसलाई पनि लाग्छ । उदास पार्ने घटना जसको जिन्दगीमा पनि घटन् सक्दछ । भनाइ नै छ, चिन्ता नहुने त मान्छे नै हुदैन । तर सीमा जे कुराको पनि हुन्छ । तीव्रता होस् या समयावधि,उदसिपनाले निश्चित सीमा नाघेपछि चाहिं त्यसलाई सामान्य अवस्था मान्न सकिंदैन । जब दिक्दारीपना या उदासी लगातार केही हप्तासम्म रहिरहन्छ, जब उक्त व्यक्तिमा जाँगर नहुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, जिउ भारी भइरहने, निद्रा खराब हुने, खाना नरुच्ने आदि विभिन्न लक्षणहरूमध्ये कमसेकम तीन चारवटा लक्षण पनि हुन्छन् र जब यी लक्षणहरूले व्यक्तिको दिनचर्यामा समेत खलल पुर्याउन थाल्दछन्, त्यस अवस्थामा उक्त व्यक्ति उदासिपनाको रोग वा सामान्य बोलिचालीको भाषामा डिप्रेसन (Depression) बाट पीडित भएको शँका गर्नुपर्ने हुन्छ । डिप्रेसन (Depression) बाट पीडित विभिन्न मानिसहरूमा लक्षणको समीकरण फरक फरक हुनुको साथै भएका लक्षणहरू पनि फरक फरक तीव्रताका हुन सक्दछन् । तसर्थ पीडित व्यक्तिहरूमा उनीहरूको लक्षणहरूमाझ एकरूपता नभेटिन पनि सक्छ ।

डिप्रेसन एक प्रकारको मानसिक रोग हो। यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने हुन्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ । सुरुसुरुमा पीडित व्यक्तिमा त्यति धेरै नकारात्मक विचारहरू नआउलान् । तर चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् । क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मार्ने चाहना उत्पन्न हनु थाल्छ र चरमसीमा आत्महत्यासम्म पुग्न सक्छ । विश्वव्यापी रूपमा, त्यसमा पनि आप्रवासी कामदारहरूमा बढदै आत्महत्याको दर् ले यस को प्रमुख कारण दिप्रेसन पनि बढ्दै गएको सूचित गर्दछ ।

सन् १९९० मा विश्व बैङ्क तथा विश्व स्वास्थ्य संगठनले गरेका अध्ययनमा मानवजातिलाई पिरोल्ने रोगहरूमध्ये डिप्रेसन चौथो भएको तथ्य भएको पत्ता लागेको थियो । सन् २०२० सम्ममा डिप्रेसन यस परिप्रेक्ष् मा दोस्रो हुने अनुमान गरिएको छा । तर यहाँ बझ्नु पार्ने कुरा के पनि छा भने यस स्थितिको पछाडि डिप्रेसन एउटा रोग हुनु मात्र कारण होईन । रोग पहिचान नै नहनु, डिप्रेसनलाई नातागत या अन्य रोग हरू सम्झरे सही उपचार नहनु र डिप्रेसन भनेर भनरे पहिचान भए तापनि उचित प्रकार र समयावधिसम्म उपचार नहुनु ले यसको जटिलता झन बढेको हो । डिप्रेसन चिन्नको लागि सबैभन्दा पहिले यस प्रकारको रोग पनि हुन्छ भन्ने जानकारी हुनुपर्दछ । यसका साथै यस रोगका लक्षणहरूको बारेमा धेरेथोर जानकारी भएमा पहिचान गर्न अझ सजिलो हुन्छ ।

पहिचान को अर्को पक्ष पनि छ । धेरैजसो व्यक्तिहरू आफू मा आएको परिवर्तन महसुस गर्न सक्दछन् । तर रोगको असरले केही व्यक्तिहरूलाई सोच्न गाह्रो हुन्छ र सोचाइ पहिलेको जस्तो प्रस्ट नभएको अवस्थामा उसलाई आफ्ना लक्षणहरू चिन्न त्यति सजिलो हुदैन । साथीभाइ तथा नजिकका व्यक्तिहरूले ध्यान दिएमा रोग चिनिन मद्दत पुग्छ ।

बच्चाहरूमा पनि डिप्रेसन हुन्छ । तर उनीहरूमा भएका डिप्रेसनका लक्षणहरू बयस्कहरूको भन्दा फरक हुन सक्दछ । डिप्रेसन लक्षणहरू बच्चाहरूमा विभिन्न शारीरिक तथा व्यावहारिक समस्याहरूको रूपमा प्रकट हुन सक्दछ । डिप्रेसनको सही पहिचान तथा निदान नभएमा यी बालबालिकाको व्यक्तित्व विकासमा नराम्रो असर पुग्न सक्दछ ।

डिप्रेसनका प्रमुख लक्षणहरू
उदासीपना लगभग सधैं भइरहनुखुशी महसुस गर्न असमर्थ हुनुइच्छाहरू मरेर जानुनकारात्मक र निराशावादी विचार आउनुमर्न मन लाग्नुध्यान केन्द्रित गर्न गाह्रो हुनुविर्सने बानी भएको महसुस हुनुजिउ भारी हुनु, गल्नु वा दुख्नुटाउको भारी हुनु, गल्नु वा दुख्नुचिडचिडाहट हुनुनिद्रा गडबडी हुनुखाना रुची कम हु¬दै जानुयौन इच्छामा कमी आउनु
यी लक्षणमध्ये तीन चार लक्षणहरू लगातार दुई हप्ता वा बढी लगातार वा दिनहुँ रहेमा डिप्रेसन भनरे शंका गर्नुपर्ने हुन्छ ।

उपचार
डिप्रेसनको उपचार छ । झण्ड ९० प्रतिसत सम्म, जस्तो  सुकै कडा भए पनि डिप्रेसन लाई उपचार गर्न सकिन्छ । कतिपय मानिसहरूमा डिप्रेसन पूर्ण रुपमा निर्मूल गर्न सकिन्छ त कतिपयलाई निकै हदसम्म लक्षणहरू हटाउन सहायता गर्न सकिन्छ । औषधि उपचार तथा मनोबैज्ञानिक पद्धतिद्वारा उपचार नेपालमा उपलब्ध छ । डिप्रेसन ठीक पार्न मानसिक रोग विशेषज्ञ लाई नै संपर्क गर्नु पार्छ भन्ने छैन् । मानसिक रोगको उपचारमा अनुभवी  सामान्य चिकित्सक, मनोबिज्ञ र मानसिक स्वास्थ मा तालिम् प्राप्त अन्य स्वास्थकर्मीहरुद्वारा  कम तिब्रताको डिप्रेसनको उपचार सम्भव छ । तर डिप्रेसन बढी कडा भएमा, आफ्नो हेर बिचार  गर्न नसक्ने अवस्थामा भएमा या आत्महत्या गर्ने सोच उत्पन्न भएमा मानसिक रोग विशेषज्ञको सहायता आवश्यक हुन्छ ।  डिप्रेसन मन कमजोर भएर या आफ्नो मन् लाई वशमा राख्न नसकेर भएको  होईन भन्ने बुझ्नु जरूरी छ । डिप्रेसन भएका व्यक्तिहरूको दिमागको विभिन्न भागमा भएका रसायनिक गडबडी अर्थात स्टेम सेलको कमजोरिले मष्तिष्कका कोषहरु निश्कृय भयर  पनि लाग्ने रोग हो । तर महत्वपुर्ण कुरा के हो भने यसको उपचार छ । कडा डिप्रेसनमा औषधीको जरूरत हुन्छ । अस्पातलमा भर्ना गर्नु पर्ने पनि हुन सक्छ । कम कडा डिप्रेसन भने मनोबैज्ञानीक उपचार पद्दति (बिशेष प्रकार को काउन्सिलिङ) बाट पनि उपचार गर्न सकिन्छ । हाल बिश्व बजारमा स्टेम सेल  थेरापि पद्दति पनि सुलभ तरिकाबाट उपलब्ध छ । सन् 2008 मा स्विजरल्यान्ड का डक्टर फ्रेड जुलिले मानब सरिरसँग मिल्दो   प्लान्ट स्टेम सेल  Malus Domestica जातको स्याउमा पत्ता लगायका थिय । जसले मानब सरिरमा मृत,  घाइते वा बिरामि भयका कोषहरुलाइ सकृय गराइ मान्छेलाइ बिभिन्न घातक रोगहरुबाट बचाउछ ।   उयो अन्य पद्दति भन्दा घातक रोग निवारण गर्ने पहिलो,  सुलभ पद्दति हो,  जुन हाल नेपालमा पनि उपलब्ध छ । यस प्रोडक्ट को कम्पनिको नाम फाइटोसाइन्स ( Phytoscience STD. BHD)  हो । यस प्रोडक्ट को नाम Double Stem Cell हो । हाल बिश्वबजारमा यसको नक्कलि स्टेमसेल  पनि उपलब्ध भयको साबधानिका साथ यसको अर्डर तथा प्रयोग गरियमा ३ महिना भित्रमा यसले बिरामिमा सकारात्मक परिणाम दिन सक्छ । उपचार नगरेमा डिप्रेसन को परिणाम घातक हनु सक्दछ । त्यैले यस डकल स्टेम सेल को प्रयोगले धेरै को मुहारमा मुस्कान फर्काएको छ । तपाईंलाई डिप्रेसन भएको छ भने तपाईं पनि नियमित यस सक्कलि डबल स्टेम सेल प्रोडक्ट गरि नियमित ३ महिनासम्म प्रयोग गर्नुहोस तपाँइ पनि फेरि मुस्कुराउन सक्नु हुन्छ ।
यस बारे थप जानकारिका लागि
सबिन खड्का फोन:  9861902202
Email: - phytosciencesabin@gmail.com

Tuesday, February 21, 2017

डबल स्टेम सेलको प्रयोग द्वारा, पक्षघात लगायतका रोगहरुबाट पाइन्छ छुटकारा: -

डबल स्टेम सेलको प्रयोग द्वारा, पक्षघात लगायतका रोगहरुबाट पाइन्छ छुटकारा !!!

पक्षघातबाट बच्न डबल स्टेम सेल को प्रयोग गरौँ! !! सबिन खड्का 

  वल्र्ड स्ट्रोक अर्गनाइजेशनका अनुसार विश्वभर ६ मध्ये एकजनालाई जीवनकालमा स्ट्रोक अर्थात् पक्षघात हुन्छ । स्ट्रोक जो कोहीलाई पनि हुन सक्छ । तर, मधुमेह तथा उच्च रक्तचापलगायत रोग लागेका मानिसमा भने यसको सम्भावना उच्च हुन्छ । अचानक एकातर्फको मुख बाङ्गिनु, हात उचालेर राख्न नसक्नु, बोल्दाबोल्दै बोली लड्बडिनु आदि पक्षघातका लक्षण हुन् । यस्ता लक्षण देखापरेमा पीडितलाई जतिसक्दो चाँडो अस्पताल पुर्यायर रोकथाम गर्नुपर्छ । र पुर्ण रुपमा निवारणको लागि तत्काल डबल स्टेम सेल को निरन्तर प्रयोग गर्नुपर्छ । लक्षण देखिएको ३ घण्टासम्ममा उपचार पाउन सके पीडितको बाँच्ने सम्भावना उच्च हुने पनि एक अनुसन्धानले जनायको छ ।

  पक्षघात हुँदा दिमागसम्म रक्तसञ्चार हुन सक्दैन, जसले गर्दा हरेक सेकेण्ड  दिमागका ३२ हजार कोषहरू मर्ने गर्दछन  यसलाई आधार मान्दा १ घण्टाको समय अन्तरालमा करीब २० लाख कोष मर्छन् । ‘समयसँगै मृत कोषको सङ्ख्या बढ्ने हुँदा मानिसको ज्यान जोखीममा हुन्छ, ‘तसर्थ, जति सक्दो चाँडै  उपचार दिनु नै पक्षघातका रोगीको जीवन बचाउने एकमात्र उपाय हो ।’ तसर्थ उपचार पश्चात पनि यो रोग निर्मुल पार्न फाइटो साइन्स कम्पनिको उत्पादन डबल स्टेम सेल को प्रयोग पनि  एकमात्र बिकल्प हो ।

‘म महिला हुँ, स्ट्रोकले मलाई पनि असर गर्छ’
  सन् २००६ देखि आमनागरिकमा स्ट्रोकसम्बन्धी जनचेतना बढाउने उद्देश्यले वल्र्ड स्ट्रोक अर्गनाइजेशनले अक्टोबर २९ का दिन विश्व पक्षघात दिवस मनाउन थालेको हो । पक्षघातको रोकथामका बारेमा जनचेतना फैलाउनु यसको मूल उद्देश्य हो । हरेक वर्ष नयाँ नाराका साथ पक्षघात दिवस मनाइँदै आएको छ । यसपटक भने ‘आई एम वुमन, स्ट्रोक इफेक्ट्स मी’ अर्थात् ‘म महिला हुँ, पक्षघातले मलाई पनि असर गर्छ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै आइयको छ। पुरुषको तुलनामा महिलामा स्ट्रोकको सम्भावना न्यून हुने गर्छ । त्यसैले, महिलामा पक्षघातका बारेमा कम चेतना हुने गरेको पाइएको छ, जसका कारण पक्षघातबाट पीडित १० मध्ये ६ जना महिलाको मृत्यु हुने गरेको पाइन्छ त्यसैले, पक्षघातबाट महिला पनि पीडित हुन्छन् र तिनमा पनि सचेतनाको आवश्यकता छ भन्ने सन्देश फैलाउन यो नारा अपनाइएको उनले जानकारी दिए ।

कसरी हुन्छ स्ट्रोक ?
  दिमागसम्म रक्तसञ्चार रोकिँदा वा कम हुँदा स्ट्रोक हुन्छ । यसो हुँदा आवश्यक मात्रामा दिमागसम्म अक्सिजन वा पोषक तत्व पुग्दैन र दिमागका कोषहरू मर्न थाल्छन् । आइसेमिक, हेमोरेजिक र टीआईए गरी स्ट्रोक तीन किसिमका हुन्छन् । 

आइसेमिक
  स्ट्रोकका घटनामध्ये अधिकांश (करीब ८५ प्रतिशत) आइसेमिक हुने विशेषज्ञहरू बताउँछन् । दिमागसँग जोडिएको नशा (आरटरी)मा रोकावट आउँदा वा यो खुम्चिँदा दिमागमा रक्तसञ्चार कम भई आइसेमिक स्ट्रोक हुन्छ । आरटरीमा रगत जम्नु वा अन्य नशामा जमेको रगत यहाँसम्म पुगेर रगतको प्रवाह रोकिनु वा कम हुनु यसको प्रमुख कारण हो ।  

हेमोरेजिक स्ट्रोक
  दिमागसँग जोडिएको आरटरी चुहिँदा वा यो फुट्दा हेमोरेजिक स्ट्रोक हुनेगर्छ । यसरी नशाबाट चुहिएको रगतले दिमागमा चाप बढाउँछ र अन्ततः त्यसले दिमागको कोषलाई नोक्सान पुर्‍याउँछ । चुहिएको रगत दिमागको बीचमा वा सतहमा पुग्ने गर्छ र दिमाग तथा खप्परको बीचमा रहेको खाली स्थानमा भरिन्छ । हाइपर्टेन्सन, ट्रमा, अनियमित औषधि सेवन र नशा कमजोर हुनु यसका प्रमुख कारणहरू हुन् ।

ट्रान्सेण्ट आइसेमिक एट्याक (टीआईए)
  टीआईए स्ट्रोकमा सीमित अवधिका लागि दिमागमा रक्त सञ्चार हुन पाउँदैन । केही मात्रामा यसको लक्षण आइसेमिक स्ट्रोकको झैं हुने गर्छ । तुलनात्मक रूपमा अन्य स्ट्रोकभन्दा कम जोखीमपूर्ण भए तापनि यसो हुँदा जति सक्दो चाँडो उपचारमा लाग्नु बुद्धिमानी हुने डाक्टरहरू बताउँछन् । किनभने, यो भविष्यमा हुन सक्ने स्ट्रोकको लक्षण हो । सेण्टर फर डिजिज कण्ट्रोल एण्ड प्रिभेन्शनका अनुसार टीआईए भएका मानिसमध्ये एक तिहाइ मानिसमा १ वर्षको अवधिभित्र मेजर स्ट्रोक हुने सम्भावना रहन्छ । तीमध्ये पनि १० देखि १५ प्रतिशत मानिसमा ३ महीनाभित्रै मेजर स्ट्रोक हुने गरेको बताइन्छ ।

पक्षघातका कारणहरू
  अव्यवस्थित एवम् अस्वस्थकर जीवनशैली नै पक्षघातको प्रमुख कारण भएको डा. पौडेल बताउँछन् । ‘व्यायामको कमी, तनावपूर्ण जीवनशैली, सुर्तीजन्य पदार्थको सेवन, धूमपान, चिल्लो तथा जङ्कफूड खाने बानी भएका मानिसमा पक्षघातको सम्भावना उच्च हुन्छ,’ उनले भने, ‘सुगर तथा डायबिटिज, ब्लड प्रेशरलगायत रोग भएका मानिसले नियमित औषधि सेवनमा हेलचेक्र्याइँ गर्दा पक्षघातको सम्भावना बढ्छ ।’

सही जीवनशैली अपनाए बच्न सकिन्छ
  दैनिक जीवनशैलीमा पर्याप्त व्यायाम तथा स्वस्थकर खानपिनको बानी अपनाउँदा धेरै हदसम्म पक्षघातबाट बच्न सकिन्छ । साथै, समयसमयमा रगतको परीक्षण गर्नु पनि आवश्यक हुन्छ । त्यसमा पनि सकेसम्म समग्र शरीरको नै परीक्षण गर्न उनी जोड दिन्छन् । ‘मुटु स्वस्थ राख्न सके दिमाग बलियो हुन्छ,’  ‘यसो गर्नेतिर विशेष ध्यान दिएमा पक्षघातबाट बच्न सकिन्छ ।’ तर, पक्षघातको लक्षण देखिएमा वा भइहालेमा समयमै रोकथामको लागि  उपचार सँगै पुर्ण निवारणको लागि डबल स्टेम सेलको प्रयोग गर्नु जरुरि छ ता कि यसले हाम्रो शरिरमा मरेका कोषहरुको पुन निर्माण तथा नबनिर्माण गर गर गरि मानिसको मृत्यु हुनबाट बचाउछ  । तर यो कम्तिमा  तिन महिनासम्म नटुटाइ दिनको ३ स्यचेट जिब्रोको फेदमा राखेर प्रयोग गरिन्छ । यसलाइ नानो टेक्जरनोलोजि भनिन्छ ।