Sunday, March 11, 2018

तपाइले जे सोच्नुहुन्छ पाउनुहुन्छ

तपाईले जे सोच्नुहुन्छ,पाउनुहुन्छ   _ सबिन खड्का  

हामी आफैमा बहादुर छौ । हामी त्यो गर्न सक्दछौ जुन हामी चाहन्छौ । जसरी फ्रन्सका योद्धा नेपोलियन बोनापर्टले मेरो शब्दकोषमा असम्भव भन्ने केही पनि छैन भनेका थिए त्यसरी नै उक्त वाक्य हामीमा आएर पनि चरितार्थ हुन्छ । हामी जे सोच्दछौ, जसको अपेक्षा रख्दछौ, जसको आशा अनी चाहाना गर्दछौ त्यो वास्तविकमा आउन सक्छ यदि तपाईले हृदय भित्रै बाट गर्छु भन्नुहुन्छ भने । सम्पूर्ण सपनाहरु यथार्थमा परिणत हुनसक्छ यदी तपाईले हृदय भित्रैबाट त्यसलाई सफल बनाउने संकल्प गर्नुहुन्छ भने ।


हाम्रो संकल्पले सबै थोकलाई सत्य सावित गरिदिन सक्छ । हामीमा त्यो असिम शक्ति छ जसले विश्व परिवर्तन गरिदिन सक्छ । तपाईलाई थाहा नहुन सक्छ, गौतम बुद्धले पटक पटक एक चित्त रहेर ध्यानमा बस्ने प्रयत्न गर्दथे तर सफल भइरहेका थिएनन । पछि उनले संकल्प ठोके जबसम्म बोध प्राप्ती हुदैन तबसम्म म यो पलेटी खोल्दीन र अन्ततोगत्वा उनी बोध प्रप्तीमा सफल भएरै छोडे । हामी आफैमा सकुंचित भएर बस्यौ भने हामीले केही गर्न सक्दैनौ । तर यदि हामी आफैले बनाएको बन्धन चुडालेर हिड्यौ भने, आफैले सृजना गरेको निन्द्रा बाट व्युझेर उठ्यौ भने हामी धेरै माथी पुग्न सक्दछौ । के कुरा याद राख्नुहोस भने यस दुनियाँमा हाम्रो यात्रालाई रोक्ने ताकत सिर्पm आफैमा मात्र हुन्छ । बाधा अन्यत्र होइन आफैभित्र हुन्छ । एउटा चिनियाँ उखान छ मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन, मेरो खुट्टाको जुत्ता भित्रको  ढुगाँले हो । समस्या बाहिर होइन आफैभित्र हुन्छ र यसलाई परास्त गर्ने हो भने हामीलाई रोक्ने कोही हुनेछैन ।

मित्रहरु, म पुनः जोड दिएर भन्न चाहान्छु मानिसले त्यतीसम्म प्रगति गर्न सक्दछन जती उनिहरुले कल्पना गर्न सक्दछन । यदि तपाईले पूर्ण सकंल्पका साथ कुनै प्राप्तीको अपेक्षा गर्नुहुन्छ भने त्यो तपईकै भएर आउनेछ विश्वस गर्नुहोस । अर्को महत्वपूर्ण कुरा, सकंल्प गर्नुभन्दा पनि कठिन संकल्पलाई सकार पार्ने क्रममा तपाईले भोग्नुपर्ने हुन्छ । सफलताको तीन चरणहरु हुन्छन । पहिलो चरण हुन्छ सुरुवाती चरण जसलाई उत्साहले भरिएको चरण भन्न सक्दछौ । हामी पूर्णरुपमा उत्साहित भएर कार्य सुरुवत गर्ने प्रण गर्दछौ । यस पछि दोश्रो चरण सुरु हुन्छ कार्यको । यसमा मानिस निक्कै तडपन सक्छ । निक्कै ठेस अनि ठक्कर खान सक्छ । असफलताबाट निर्मीत कठिन मार्गहरुमा यात्रा गर्नु पर्दछ यस चरणमा । यर्सथत कतिपय व्यक्तिहरु यस चरणमै हरेस खाइ अन्तिम चरणमा पुग्न सक्दैनन जुन चरण हो सफलता । यी सम्पूर्ण व्यवाधानहरुलाई यदि तपाईले पर गर्न सक्नु भयो भने सफलता पक्क यसर्थ सफलता विना परिश्रम अनि पराजयको लामो श्रृंखला बिना प्राप्त हुदैन । हामी आफै पटक पटक चिप्लन्छौ तर हामी लड्न भने कहिल्यै हुदैन । हो , यही मुस्किलको पार गर्न सकियो भने विजय तपाइकै पोल्टामा पर्दछ । तपाई सँग केही नहोस तर तपाई प्राप्तीमा अनवरत खटिरहनुहुन्छ भने सफलता तपाईको ढोका ढक्ढक्याउन आउनेछ  ।

No comments:

Post a Comment