Sunday, January 29, 2017

तपाई बस्ने कुर्सि नै तपाँई को माहाशत्रु हो! Phytoscience

तपाई बस्ने कुर्सी नै तपाईको महाशत्रु ! महत्वपूर्ण स्वास्थ्य जानकारी

कुर्सीमा धेरै बसेर काम गर्ने र कम्प्युटरमा ब्यस्त हुनेहरुले पढ्नै पर्ने |


मानिस फिरन्ते र शारीरिक परिश्रम गर्ने जाति हो। आफ्नो विकासक्रमका पछिल्ला दसौं हजार वर्ष मानिसको दैनिकी शिकार गरेर, खेतिपाती गरेर, हिड्डुल र शारीरिक परिश्रम गरेर बितेको छ। पछिल्ला हजारौ वर्षमा मानिसको शरीरको ‘जिन’ पनि त्यसरीनै विकास भएको छ- हिडडुल र परिश्रम गर्नका लागि।

तर औद्योगिक क्रान्ति र सेवा क्षेत्रको विस्तारसँगै शहरी क्षेत्रको बिस्तार भएको छ। मानिसले गर्ने काम र रोजगारीको प्रकृति बदलिएको छ। मानिस अब धेरै जसो समय कुर्सीमै बसेर काम गर्ने भएको छ।

अर्थात् हामीले तिब्र रफ्तारमा हाम्रो जीवनशैली बदलेका छौं। नेपालको सन्दर्भमा भन्ने हो भने ५० वर्ष अघिसम्म खेतमा वा अन्य व्यवसायमा शारीरिक परिश्रम गरेका बाउ-बाजेका हामी सन्तान थचक्कै कुर्सीमा बसेर, हलचल नगरी काम गर्ने भएका छौं।

जुन रफ्तारमा हामीले हाम्रो जीवनशैली बदलेका छौं, त्यो रफ्तारमा हाम्रो ‘जिन’ भने बदलिएको छैन, बदलिदैन। हाम्रो ‘जिन’ बदलिन त हजारौं बर्ष लाग्छ। त्यसैले हाम्रो ‘जिन’ र हाम्रो जीवनशैली बीच तादात्म्य छैन। यही कारणले बिशेषत: शहरमा मानिसले बढ्दो रूपमा डाइबेटिक्स, ब्लडप्रेसर, युरिक एसिड र अन्य शारीरिक र मानसिक समस्याको शिकार भएका छन्।

पछिल्ला अनुशन्धानले मानिस बस्ने कुर्सीको उसको स्वाथमा ठूलो भूमिका हुने देखाएका छन्।

हामी कस्तो कुर्सीमा बस्छौं? कसरी बस्छौं? र लगातार कति समय बस्छौं यी तीन विषय अत्यन्त महत्वपूर्ण छन्।


लामो समयसम्म कुर्सीमा बसिरहनु हानिकारक हुने अनुसन्धानहरूले देखाएका छन्। धेरै मानिसहरुलाई भ्रम छ-म बिहान प्रशस्त ‘मर्निङ वाक’ गर्छु वा शारीरिक ब्यायाम गर्छु, दिनभरी कुर्सीमा बसिरहे पनि केही हुन्न। त्यसो होइन, दिनभरी हलचल नगरी कुर्सीमा बसिरहने हो भने बिहानको ‘मर्निङ्ग वाक’ र शारीरिक व्यायामलाई त्यसले ब्यर्थ तुल्याई दिनेछ- नयाँ अनुसन्धानले त्यही भन्छ।

कुर्सीमा लगातार दुई घण्टा भन्दा धेरै नबस्न अनुसन्धानकर्ताले सल्लाह दिएका छन्। दुई घण्टा बसेर काम गरिसकेपछि पाँच मिनट उभिन, हात खुट्टा तन्काउन वा सिढी उक्लन उनीहरुको सल्लाह छ।

हामी प्रायः ढल्किने कुर्सीमा आरामसँग बस्न रूचाउँछौ। पछाडि सिधा भएको कुर्सीमा ढाड सोझो पारेर बस्न पनि उनीहरूले सल्लाह दिएका छन्। लगातार छ घण्टा, आठ घण्टा कुर्सीमा बसिरहने हो भने त्यो कुर्सीनै हाम्रो स्वस्थको ठूलो शत्रु हुने निश्चित छ।

लामो समयसम्म एकै ठाउँ बस्दा वा गलत पाराले बस्दा शरीरका कुन कुन भागलाई कसरी हानि पुग्छ? कसरी बस्ने? कसरी चलायमान हुने? भन्ने बारे अमेरिकाको वासिङ्गटन पोस्टमा केहि समय अघि प्रकाशित लेखबाट हामीले तलको सामग्री तयार पारेका छौं।

हृदयरोग :
लामो समय एकै स्थानमा बस्दा मांसपेसीले थोरै मात्र बोसो खपत गर्छ। शरीरमा रक्तसञ्चारको गति पनि धीमा हुन्छ। यसको सोझो मार मुटुलाई पर्छ। खपत नभएको चिल्लो एसिडले मुटुको गतिमा नकारात्मक प्रभाव पार्छ। शरीरमा हुने उच्च रक्तचाप र बढ्दो कोलस्टेरोलसँग लामो बसाइको सोझो सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ। कम सय बसेर कम गर्नेहरूको तुलनामा लामो समय बसेर काम गर्नेमा करिब दुई गुणा बढी हृदयरोगको सम्भावना हुन्छ।

इन्सुलिनको अत्यधिक उत्पादन :
शरीरमा प्याङक्रियाजले इन्सुलिन उत्पादन गर्छ। इन्सुलिन यस्तो पदार्थ हो जसले शरीरलाई चाहिने शक्ति आर्जन गर्न कोषहरूमा ग्लुकोज भन्ने तत्व आपूर्ति गर्छ। आरामसँग बसेको बेला मांसपेसीका कोषले आपूर्ति भएको इन्सुलिन खपत गर्न अल्छी मान्छन्। यस्तो अवस्थाले मुख्यतया मधुमेह हुनेगर्छ। एक दिन लामो निरन्तर बसाइले मात्र पनि शरीरमा इन्सुलिनप्रति कोषहरूको प्रतिक्रिया सुस्त हुने सन् २०११ मा गरिएको अनुसन्धानले देखाएको छ।

आन्द्राको क्यान्सर :
लामो बसाइसँग आन्द्रा, स्तन र पाठेघर क्यान्सरको सम्बन्ध रहेको अनुसन्धानले देखाउँछ। यसको कारण भने अहिलेसम्म प्रस्ट छैन। अत्यधिक इन्सुलिन आपूर्तिले कोषहरूको संख्या बढ्ने हुँदा क्यान्सरको सम्भावना बढेको धेरै वैज्ञानिकको दाबी छ। शरीर चलायमान हुँदा ‘एन्टी–अक्सिडेन्ट’ भन्ने तत्व शरीरमा बढ्छ जसले कोषहरू बिगार्ने र क्यान्सर गराउने तत्वलाई मार्छ।

मांसपेसीमा असर
पेटको मांसपेसी : जब हामी उभिन्छौं, हिँड्छौं वा सिधा बस्छौं, पेटको मांसपेसीले शरीरलाई सोझो राख्न मद्दत गर्छ। कुर्सीमा लत्रिएर बस्दा पेटको मांसपेसी प्रयोगमा आउँदैन। कसिएको पछाडिपट्टिको मांसपेसी र प्रयोग नभएको पेटको मांसपेसीका कारण कम्मरमाथिको भागमा अस्वस्थ धनुषको आकार बन्छ। यसले शरीरमा अनेकौं समस्या खडा गर्छ। यस्तो अवस्थालाई ‘हाइपरलर्डसिस’ भनिन्छ।

कम्मरको भाग कसिने :
लचक कम्मरले मानिसलाई सन्तुलित राख्छ। निरन्तर लामो समय बस्ने व्यक्तिले कम्मर वरिपरिका भाग कम चलाउने हुँदा उक्त भाग छोटा र कसिला बन्छन्। बुढेसकालमा मानिस बारम्बार लड्नु र उभिन गाह्रो हुनुको प्रमुख कारण कम्मरको भाग थोरै मात्र चलेकाले हो।
शरीर बस्ने ठाउँमा असन्तुलन : बस्दा शरीर बस्ने भागले कुनै काम गर्नुपर्दैन। उक्त भाग त्यसैमा बानी पर्छ। यसले विस्तारै सन्तुलन र हिँड्नलाई चाहिने क्षमतालाई असर गर्छ।

गोडामा हुने खराबी
गोडामा कम रक्तसञ्चार : लामो समय एकै ठाउँमा बस्दा शरीरमा रक्तसञ्चारको गति कम हुन्छ। खुट्टाका भागमा रगत जम्मा हुने गर्छ। यसले खुट्टा तथा रक्तनली फुल्नेदेखि ‘डिप भेन थ्रोम्बोसिस’ भनिने खतरनाक रगत जम्ने अवस्था सिर्जना हुनसक्छ।

कमजोर हड्डी : हिँड्ने र दौडनेजस्ता कार्यले कम्मर र त्यस मुनिका हड्डी बलियो बनाउँछ। ‘ओस्टियोपोरोसिस’ भनिने रोग लाग्नुको प्रमुख कारणमध्ये कम शारीरिक परिश्रम पनि एक हो।

शरीरको माथिल्लो भागमा असर
दिमागमा असर : शरीर चल्मलाउँदा ताजा रगत र अक्सिजन दिमागमा पुग्छ जसले मानिसको मुड परिवर्तन गर्ने र सन्तुलित राख्ने
काम गर्छ। लामो समय बस्दा दिमागका कार्य धिमा गतिमा हुन्छन्।
घाँटीमा असर : तपाईँको काम डेस्कमा बस्ने, कम्प्युटरमा टाइप गर्न निहुरिने वा टाइप गर्दै फोन उठाउने किसिमको छ भने यसले तपाईँको घाँटीमा असर पुग्छ। यसले स्थायी रूपमै शरीरलाई असन्तुलित बनाउने र कैयौं समस्या सृजना गर्ने गर्छ।
काँध र ढाडमा असर : निहुरिँदा घाँटी मात्र होइन, काँध र ढाडमा पनि दबाब पर्ने हुन्छ। निरन्तर निहुरिने कामले काँध र ढाडमा पनि समस्या सृजना गर्छ।
मेरुदण्डमा हुने असर
मेरूदण्ड लचक नहुने समस्या : मेरुदण्ड बारम्बार चलमल गरेन भने यसले लचक हुने गुण गुमाउँछ र चियाको कप उठाउँदा वा जुत्ताको लेस बाँध्ने काम गर्दा समेत सजिलै आघात पुग्नसक्छ।

अस्वस्थ्य बसाइले हुने मृत्युदर
आठ वर्षभन्दा लामो समय गरिएको एक अध्ययनअनुसार एक घन्टाभन्दा कम टेलिभिजन हेरेर बस्ने मानिसभन्दा लामो समय टेलिभिजन हेरेर बिताउने मानिसको मृत्युदर ६१ प्रतिशत बढी देखिएको छ।
बच्न के गर्ने?
बस्ने तरिका

कुनै अस्थिर वस्तुमा बसेजस्तो गरी बस्नुस्। लत्रिएर नबस्नुस्। व्यायाम गर्ने, भकुन्डो वा पछाडि अडिने भाग नभएको कुर्सीमा बसेजस्तो गरी बस्दा शरीरका महत्वपूर्ण मांसपेसीहरू सक्रिय रहन्छन्। बस्दा ढाड सोझो बनाएर खुट्टाले जमिन टेक्ने गरी बस्नुस्। टेकिएका खुट्टाले शरीरको एकचौथाइ भार थेग्ने गरी बस्दा राम्रो।

डबल स्टेम सेल को प्रयोग गर्नुस यसले हाम्रो शरिरमा ड्यामेज भयका कोषहरुको रिकभर गरि नयाँ कोष उत्पादन गर्दछ फलस्बरुप हामि स्वस्थ रहन सक्छौ ।


काम गर्दा पनि हिँड्नुस् : घर वा कार्यालयमा काम गर्दा पनि बेलाबेला उठ्ने र हिँड्ने गर्नुस्। अत्यन्तै कम गतिमा हिँड्दा पनि कम्तीमा बसेकोभन्दा दुई गुणा बढी क्यालोरी खर्च हुन्छ।
साभार सेतोपाटी


Sunday, January 22, 2017

थाइराइड ग्रन्थि र स्टेम सेल

१. पुतलीको आकारमा हुने थाइराइड ग्रन्थी घाँटीमा हुन्छ । थाइराइडबाट उत्पादन हुने हर्मोन रगतको माध्यमबाट शरीरका विभिन्न तन्तु र अंगमा गई क्यालोरी उपयोग,  अक्सिजन खपत गर्ने, पाचन प्रक्रिया तथा दिमागको कार्यमा सहयोग गर्छ ।यसको सम्पुर्ण नियन्त्रण गर्ने जिम्मा स्टेम सेल अर्थात आमाकोषको हो ।

२. २ करोड ७० लाखभन्दा बढी अमेरिकी कुनै न कुनै प्रकारको थाइराइड समस्याबाट पीडित छन् । १ करोड ३० लाखलाई त आफूलाई थाइराइड लागेको पनि थाहा हुन्न ।

३. थाइराइडको समस्याबाट पुरुषभन्दा महिलाहरु बढी खतरामा हुन्छन् ।

४. थाइराइडमा तीन महत्वपूर्ण हर्मोन हुन्छन् ः थाइरोक्सिन (टी फोर), ट्रिडोथाइरोनाइन (टि थ्रि) र क्यास्टिोनिन । टि थ्रि र टि फोर मानिसको समग्र मेटाबोलिजमका लागि जिम्मेवार मानिन्छन् । क्याल्सिटोनिनले शरीरमा जम्मा भएको क्याल्सियमलाई नियमन गर्न सहयोग गर्छ र हड्डी निर्माणको प्रक्रियालाई निर्देशित गर्छ ।

५. टि थ्रि र टि फोर हर्मोन बन्न आयोडिन आवश्यक पर्छ । आयोडिनको कमी भएका क्षेत्रमा बस्ने विश्वका मानिसलाई थाइराइडसम्बन्धी समस्या हुन्छन् ।

६. टि थ्रि हर्मोनले कार्बोहाइड्रेट र चिल्लोबाट पोषण तत्व शोषण गर्छन्, मांसपेशी निर्माण, शरीरमा अक्सिजन उपयोगजस्ता कार्यमा सहयोग गर्छन् ।

७. थाइराइड हर्मोनको उत्पादन हाइपोथाल्मस र पिट्युरी गन्थीले नियन्त्रण गर्छन्, यी ग्रन्थी दिमागमा हुन्छन् ।

८. थाइराइडमा आउने समस्याको एउटा कारण तनाव पनि हो ।

९. थाइराइडको बढी उत्पादन हुने प्रक्रियालाई हाइपरथाइरोइडिजम भनिन्छ । अमेरिकामा १ हजार जनामा एकजनामा यो समस्या देखिन्छ । यसबाट मेटाबोलिक दर बढ्छ, चिडचिडाहट हुने र तौल घट्ने हुन्छ ।

१०. थाइराइडका लागि आवश्यक पोषक तत्वहरु आयोडिन, टिरोजाइन, भिटामिन बी, भिटामिन ए, सेलेनियम, जिंक आदि हुन् ।

११. थाइराइड रोग लागेको थाहा पाउने बित्तिकै गम्भीर रुपले लिनुपर्छ  र डाक्टरको परामर्श लिइहाल्नुपर्छ । यदि यसलाई गम्भीर रुपले लिइएन भने स्ट्रोक, मुटु रोग, नपुंसकता र अल्जाइमरले असमयमै मृत्युको मुखमा पुग्ने खतरा हुन्छ ।

१२.  थाइराइडलाई सही हालतमा phytoscience Double Stem cell    ले ल्याउछ

Saturday, January 21, 2017

Phytoscience Double Stem Cell

Double Stemcell Phytoscience

Do Phytoscience Double Stemcell Malaysia Really WORK? Does The Product Really Help? Read My Double Stemcell Findings, F.A.Q. And Review!


Double Stemcell: In Depth Review

Latest health and beauty product breakthrough, Double Stemcell, Phytoscience has been widely accepted as a food supplement for health and beauty. With so many success stories so far, the demands are unbelievable.

Testimonials

Good product must have a proven customer testimonials. So far the product works! There were a lot of satisfied customer feedback and reviews. The Company had received and updated many new testimonials from customer who claimed that Double Stemcell helps to improve their health condition and problems.


Product Price, Promotion And Description

1. The Price of Double Stemcell

Retail Price: RM250 (1 Pack 14 Sachets)



Postage: FOC (Including Sabah & Sarawak)


2. Current Promotion and Price


3. Double Stemcell Ingredients
Phytoscience Double Stemcell is plants stem cells combination by using Swiss Plant Stem Cell Technology - PhytoCellTec™ MalusDomestica ( Apple Stem Cell) and PhytoCellTec™ Solar Vitis ( Grape Stem Cell), enriched with acai berry and blueberry to nourish your skin from within, provide you with a significant result. Processed with Nano Technology for faster and optimum absorption. Best food supplement to rejuvenate younger and healthier lifestyle!

Phytoscience Double Stemcell F.A.Q

Q:  What is PhytoCellTec™ MalusDomestica (Apple Stem Cell)
A rare Swiss apple is being hailed in the cosmetic and fashion world as an exciting anti-ageing breakthrough. Stem cells from the Uttwiler Spätlauber apple are said to protect skin cell regeneration and so delay the onset of wrinkles. The discovery was made by a Swiss company.

The Uttwiler Spätlauber, which was first recorded in the 18th century, comes from canton Thurgau, in northern Switzerland. It is well known for its excellent storability; it can stay fresh looking for up to four months after being harvested, long after other varieties have become wrinkled.

Q:  What is PhytoCellTec™ Solar Vitis PhytoCellTec™
Solar Vitis is based on stem cells from the GamayTeinturierFréaux grape – a grape from Burgundy, which is characterised by an extremely high content of polyphenols for UV protection.

Extensive studies have shown that PhytoCellTec™ Solar Vitis reliably protects epidermal stem cells from UV stress and thus from skin aging caused by light. PhytoCellTec™ Solar Vitis increases the vitality and efficiency of all essential skin cells and improves the skin's resistance.

The use of plant stem cells protects the most important skin cells, namely its stem cells, thus delaying skin aging. PhytoCellTec™ Solar Vitis protects the skin from chronological and light-induced aging, extending skin cells' vitality and keeping the skin's appearance young and beautiful longer.

Q:  What is Acai Berry
Touted as the “ Beauty Berry” from the Amazon, Acai is packed with so many compounds that make the body feel and look amazing from the inside out. It is bursting with anthocyanins and flavonoids, and provides more antioxidants than most berries. It has 5 times the antioxidants of gingko and 33 times the antioxidants of red wine. But it’s not just about antioxidants, this tiny berry is also loaded with omega fatty acids, amino acids, naturally occurring minerals as well as Vitamin A, B1 and E. From a health standpoint, the advantages of the Acai are astounding:

Weight loss – Acai can boost your metabolism and flush away kilos of waste and toxins.Boundless energy – Acai also helps you rest better so that you wake up feeling more     refreshed in the morning.Improves circulation, concentration & memory – Acai improves blood flow to your brain so that it’s able to operate more efficiently, with enchance memory and mental clarity. With improved circulation, you feel better and live longer.Lowers cholesterol, strengthens heart.Healthier and more radiant skin – the unique compounds and antioxidants in Acai makes your skin look and feel younger.
Q:  What is Blueberry
Blueberry is a wonderful fruit full of vitamins, minerals and antioxidants. Its health benefits are amazingly beneficial in reducing fats, chomping down on free radicals, combating negative metabolic issues, promoting improved insulin levels, supporting ocular health and warding off diseases and cancers.

Blueberries are high in Vitamin C, which promotes a healthy immune system. Blueberries also contain Vitamin A, Iron, Calcium, Manganese, Vitamin K, Vitamin E, Zinc, Phosphorus and Selenium. Manganese helps convert carbs, proteins and fats into energy. Plus, the wonderful blend of nutrients in blueberries will keep your vision and retina healthy too! Blueberries contain high levels of antioxidants and fiber. This dynamic duo promotes our ability to dissolve our bad cholesterol. Plus, blueberries battle against metabolic issues which can in-turn promote heart disease.

Blueberries contain flavonoids. Flavonoids have been shown to improve memory and cognitive functions such as; the ability to reason, make decisions, and maintain general comprehension and retention. In addition, the regular consumption of flavonoids may help slow down the mental decline in the aging.

The flavonoids in blueberries have been shown to provide protection against disorders such as Alzheimer’s and Parkinson’s. Plus, flavonoids have also been found to assist in slowing down the decline of mental cognition in the aging.
Delay aging processRefine skin texture and improve complexionEnhance physical stamina and energy levelRepair and regeneration of cellsRegulate PH level in our bodyAnti-oxidantImprove body immunity system
Q: Who is Mibelle Biochemistry?
Mibelle Biochemistry, a Swiss biochemistry group, which has extracted plant stem cells from an endangered Swiss apple variety ( Uttwiler Spätlauber Apple) and has incorporated them into cosmetic products to ensure the longevity of skin cells.

Q:  What does PhytoCellTec™ mean?
Plant cell technology

Q: Where do the stem cells in PhytoCellTec™ Malus Domestica come from?
The active ingredient was first extracted from only 2 to 3 Uttwiler Spätlauber apples. All the plant stem cells for PhytoCellTec™ Malus Domestica continue to be cultivated from these original cells.

Q: How do stem cells work?
Stem cells are special, very valuable cells that are present in small numbers in almost every tissue, including the skin. Only stem cells can divide over the course of a person’s life and create new skin cells, continuously renewing the epidermis. As we age, the vitality and number of skin stem cells decreases, the epidermis takes longer to renew itself and wrinkles form.

Q: What makes PhytoCellTec™ active ingredients so innovative?
They have made it possible to promote the vitality of skin stem cells for the first time. Extracts obtained from plant stem cells using state-of-the-art technology have specific stem cell factors, which help skin stem cells retain their properties. PhytoCellTec™ active ingredients have been shown to have a positive effect on cultures of epidermal stem cells.

Q: What makes active ingredients from plant stem cells better than traditional plant extracts?
PhytoCellTec™ active ingredients are extracted from pure plant stem cell cultures. Stem cells (plant and human) have specific epigenetic factors and only these components give cells the ability to act as stem cells. In traditional plant extracts these factors are present only to a very limited extent.

Q: How was the effect of the stem cells tested and what tests were conducted?
The effect of PhytoCellTec™ active ingredients was tested on cultures of human epidermal stem cells. The tests showed that the active ingredients can maintain the stem cells’ colony-forming efficiency longer even if the cells were stressed through exposure to UV light. Tests on the 3D epidermis model showed that even aged skin stem cells can form a complete epidermis when PhytoCellTec™ Malus Domestica is applied. In other words, aged stem cells treated with PhytoCellTec™ Malus Domestica display similar activity to young stem cells. These positive effects were also confirmed in tests on test subjects. (see tests under the active ingredient PhytoCellTec™ Malus Domestica)

Q: Is there an ideal age? Beginning at what age can the products be used?
As PhytoCellTec™ active ingredients have a very good, protective effect that prevents aging of the skin, they are recommended for younger and mature skin.

Q: Is production of PhytoCellTec™ active ingredients sustainable?
Often, rare and nearly-extinct plants that are classified as endangered species and thus protected contain especially valuable ingredients but may not be used in cosmetics. Thanks to the innovative PhytoCellTec™ technology, it is now possible to use even these plants for cosmetics. Only a very small amount of plant material is needed to produce sufficient, high-quality active ingredients, thus PhytoCellTec™ is a very sustainable technology.

Q: Why are plant stem cells the latest trend in cosmetics research?
Cosmetics research is always looking for new active ingredients as the skin’s vitality and its ability to regenerate are key factors for a smooth, firm and youthful appearance. And plant stem cells have enormous potential to preserve the vitality and youthfulness of human skin as long as possible (examples: Uttwiler Spätlauber apple and the Burgundy grape Gamay Teinturier Fréaux).

Q: To what extent can the new PhytoCellTec™ active ingredients be called natural?
All of our PhytoCellTec™ active ingredients are based on plant stem cells and are 100% natural. Moreover, the raw material production process is very sustainable and preserves resources. We only need a small sample of a plant, such as a few berries, to extract plant stem cells. The entire production is then based on these stem cells. These active ingredients are compatible with our customers’ concerns about the environment, which also makes them attractive to companies that value natural raw materials.

Q: What celebrities use the Mibelle active ingredient from apple stem cells?
Michelle Obama, Gwyneth Paltrow, Jennifer Lopez and Helen Mirren use products with our PhytoCellTec™ active ingredients.

Q: Can the products be used on Children?
Yes, can be used on children, under adult supervision.  This product is safe and Non-Toxic.

Q: Is it safe to consume Double Stemcell?
Yes. The products has been registered with Health Ministry Malaysia(KKM) and it has went through Standards and Industrial Research Institute of Malaysia (SIRIM) and SGS Singapore General Laboratory Testing Standard. This product is confirmed safe and 100% plant base.

Q: Can it healing any of chronic illness as what the consumer had claim in their testimonial?
According to the professional advice from a group of doctors, Double Stemcell is actually when we consume and pour under the tongue, stem cell will go through our nerves travel to the brain and provide a signal where they need to repair and regeneration the cells surround the wound and the illness part, regulate pH level inside the  body, when after the body immunity system improved slowly the illness will get healing.

Q: What dosage should I take to obtain the best results?
While as each person may be different of  their own absorption ability so results may be accordingly, through the trials with customers , we have developed the products that can be taken both on a daily basis 2 sachets day and night or the high strength that should be cycled over shorter periods when a stronger effect is required. It should always  be taken before breakfast and before bed at night.

Q: Does the product have any side effects?
No. However, one may experience a slight sense of increased metabolic body heat after taking it and it is recommended to increase water intake. In my experience each individual reacts slightly differently, so the product dosage that works for you may be different for another. High dosages may give more dramatic effects within a shorter time frame of about 1-2 days, while lower dosages may take 1 week or more to notice the effect.

Q: Who need Double stemcell?
People who are health conscious,weak and diseased, love their family,who wish to enjoy their life perfectly and always busy with a lot of engagements, they are the group of people which need to consume persistently.

Q: Can it be taken by diabetes patient?
Yes. According to number of panel doctors who also playing apart as our member in network, It is not a drug, it can’t replace the medicine gave by your doctor who you consult. But the number of diabetes consumers who after consumed Double Stemcell, their blood sugar level reducing, some even claimed drop to normal. They said this may cause of the possibility the antioxidants of the product.

Q: Which is the best method of consume for more effectiveness?
Nevertheless the product can be mixed up with any drink or even pure water, but the best method is pour under our tongue, that is because below tongue there are a lot of nerves that can easily absorb due to the smaller molecules.


Either Double Stemcell works or not or just because of placebo effect, you won't find the answer if until you take the initiative to try it yourself. Most important part is to follow the direction on how to use as given by the company and use it consistently at least for a period of three months.

ब्लड प्रेसर बारे भ्रम र सत्य

हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य

बढ्दो आधुनिकिकरणले जीवनशैली जति सहज बनाएको छ । मानव स्वास्थ्यमा नयाँ समस्या पनि  निम्त्याइरहेको पाइएको छ  । सन्दर्भः हाई ब्लडप्रेसरको हो । कुनै समयमा आक्कलझुक्कल देखिने ब्लडप्रेसरको समस्या अहिले धेरैको साझा भएको छ । २० देखि ३० बर्षका जवानमा पनि यो समस्याको लागि नियमित औषधि सेवन गर्नुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरका कारण मध्ये करिब २ देखि ३ प्रतिशतको मात्रै कारण प्रष्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।
बदलिँदो जीवन शैलीसंगै मानिसहरु विलासी भएका छन् । मीठो–मीठो मात्र खानुपर्ने, मांसाहारी खानामै जोड दिने, रक्सी, सूर्ती आदि नशाको सेवन गर्नुपर्ने, ज्यादातर समय मानसिक तनावमा रहनुपर्ने वाध्यता, शारिरिक व्यायामको कमी आदिले पनि ब्लडप्रेसरको समस्या थपिदै गएको देखिन्छ। फलस्वरुप ह्दयाघात, प्यारालाइसिस (मस्तिष्कघात), मिर्गौलामा तथा आंखामा क्षति आदि ह्वात्तै बढेको पाइएको छ ।
ब्लडप्रेसर सुन्दा सामान्य लागेपनि यसले गर्ने भयानक असरहरुबारे मानिसहरुमा पर्याप्त जानकारी नभएकोले होला, खासै महत्व दिएको पाइदैन। जसले ब्लडप्रेसरले गर्ने दुर्घटना प्रत्यक्ष देखेका हुन्छन्, भोगेका हुन्छन् । उनीहरुले मात्रै ब्लडप्रेसर यस्तो रहेछ भनेर आत्मसात गरेका हुन्छन्। ब्लडप्रेसर सम्बन्धि प्रशस्त भ्रम छन् । यसको औषधी खायो भने यस्तो हुन्छ रे, जिन्दगीभरि खानुपर्छ रे, साइड इफेक्ट गर्छ रे भन्ने धेरै किसिमका भनाइहरु सुनिन्छन्, तर औषधी नखाई सधैं हाइ ब्लडप्रेसर लिएर हिंड्दा के के खतरा हुन्छ भन्ने कसैले विचार गरेको देखिंदैन। ब्लडप्रेसर सम्बन्धि जनमानसमा रहेका केही भ्रम र सत्य यसप्रकार छन् ।

डाक्टरसाब्, केही भएकै छैन किन औषधी खानु ?

ब्लड पे्रसर हाइ भएका बिरामीहरुलाई सबैलाई लक्षणहरु देखिनैपर्छ भन्ने छैन । कसैलाई १५० पुग्नासाथ टाउको दुख्ने, रिंगटा लाग्ने भएर आइपुग्छन् भने कोही कोहीमा माथिको (सिस्टोलिक) प्रेसर २२० पुग्दा पनि कुनै लक्षण नदेखिने हुन सक्छन्। बिरामीहरु अन्य कुनै कारणको लागि प्रेसर जाँच गर्दा हाइ देखिएपछि डाक्टरकहाँ पुग्छन्। कतिपय अवस्थामा प्रेसर हाइ भएर पनि लक्षण नदेख्नु भनेको लक्षण देखिने प्रेसर भन्दा खतरनाक हुन सक्छन्। यस अर्थमा कि लक्षण नदेखिदा आफूलाई सबै ठीकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्यामा पार्न सक्छ । केही लक्षण नदेखिए पनि निरन्तर हाइ प्रेसरले शरीरका अंगहरुमा पुर्याउने क्षति पुर्याइ नै रहेको हुन्छ। विशेषगरि मुटु, मृगौला, आंखा र मस्तिष्कमा । यस्ता प्रेसर हाइ भएर पनि लक्षण नदेखिने बिरामीहरु नै एकै चोटि ह्दयाघात, मस्तिष्कघात भइसकेको अवस्थामा पनि आउने गरेको भेटिएको छ। त्यसैले आफ्नो ब्लडप्रेसर समय समयमा देखाइरहनु आवश्यक छ। साथै प्रेसर हाइ भएर लक्षण नदेखिए पनि भविष्यमा हुनसक्ने क्षतिबाट बच्न औषधी सेवन आवश्यक छ।

औषधी सुरु गरेपछि त सधैं खानुपर्छ रे !

मानिसहरु अरु समस्याको लागि औषधी खान डराउंदैनन् तर ब्लड प्रेसरको औषधी भनेपछि हच्किहाल्छन् । ब्लडप्रेसरले गर्नसक्ने खतराहरुबारे आवश्यक ज्ञान नभएकोले नै मानिसहरु यति साह्रो हच्केको जस्तो लाग्छ । तर ब्लडप्रेसर त्यति धेरै हाइ नभएको अवस्थामा, पहिलोपल्ट देखिएको ब्लडप्रेसर, तथा शरीरका अंगहरुमा क्षति नपुगिसकेको अवस्थामा केही महिना औषधी नखाई अन्य उपाय अवलम्बन गरेर ब्लडप्रेसर घटाउन कोशिस गर्न सकिन्छ । तर, यी उपाय अपनाउँदा पनि ब्लडप्रेसर उच्च रहीरहेमा औषधी शुरु गर्न धेरै ढिला नगरेकै राम्रो हुन्छ । अरु उपाय भन्नाले खानामा नून, चिल्लोको मात्रामा कमी गर्ने, दिनहुँ शारिरिक व्यायाम गर्ने, मानसिक तनावलाई कम गर्ने आदि बुझिन्छ ।

औषधी बन्द गर्न मिल्छ ?

ब्लडप्रेसरको औषधीको मुख्य काम ब्लडप्रेसरलाई नियन्त्रणभित्र राख्नु हो । ब्लडप्रेसरलाइ नियन्त्रणभित्र राखेर शरीरका अन्य अंगहरुमा क्षति पुग्नबाट यसले बचाइराखेको हुन्छ । नियमित औषधी सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाह बमोजिम खानामा नियन्त्रण, नियमित व्यायाम आदि गर्दै गएमा कुनै समय ब्लडप्रेसर घट्दै पनि जानसक्छ । बारम्बार नाप्दा पनि आवश्यक भन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाह लिएर खाने औषधीको मात्रा कम वा औषधी बन्द पनि गर्न सकिन्छ ।

औषधीले त किड्नी खराब गर्छ रे नि !

साइड इफेक्ट सबै औषधीको हुन्छ । सिटामोल पनि धेरै खायो भने कलेजो, मृगौला खराब गर्छ । खानेकुराहरुको पनि आफ्नै किसिमको साइड इफेक्ट हुुन्छ । चिनी, गुलियो धेरै खाएमा मोटोपना बढ्छ, नून धेरै भएमा प्रेसर बढ्छ । चिल्लो धेरै खाएमा रगतमा कोेलेष्ट्रोल बढ्छ जसले मुटुरोगको खतरा हुन्छ । तर, यसो भनेर खानेकुरा पनि नखाने त ? खाना किन खान्छौं भन्दा स्वस्थ रहन ।

त्यस्तै ब्लडप्रेसरको औषधी पनि स्वस्थ रहनै खाने हो । ब्लडप्रेसरका औषधीहरुको पनि आफ्नै किसिमका साइड इफेक्टहरु छन् । तर, ती सबै साइड इफेक्टहरु सधै सबैलाई हुन्छन् नै भन्ने होइन । कुनै साइड इफेक्ट छोटो समयमै देखा पर्छन् भने कुनै २०– ३० बर्षको लगातार औषधी सेवनपछि देखिन्छन् । डाक्टरको सम्पर्कमा बसेर डाक्टरको सल्लाह अनुसार नियमित चेकजाँच गरिरहेमा साइड इफेक्टहरु हुन थालेको तरुन्तै पत्ता लाग्छ । साइड इफेक्ट भएको थाहा पाएमा ब्लडप्रेसरको औषधी अदलबदल गरेर साइड इफेक्टले गर्ने क्षतिबाट बच्न सकिन्छ ।

तर साइड इफेक्ट गर्छ भनेर औषधी शुरु नगरी सधै ब्लडप्रेसर हाइ लिएर बस्दा प्यारालाइसि, ह्दयाघात हुने, मृगौला कामै नलाग्ने अवस्थामा पुग्ने, आँखाको ज्योति गुम्ने जस्ता भयानक असरहरु हुनसक्छन् । जुन असरहरुको तुलनामा औषधीको साइड इफेक्ट केही होइन ।

औषधी खाएपछि पनि रक्सी, चुरोट छोड्नु पर्छ र ?

रक्सी, चुरोट, सूर्तीसेवनले राम्रो गर्छ भनेर कतै लेखेको देख्नुभएको छ ? यस्ता कुराको सेवनले शरीरका फोक्सो, मुटु, कलेजो, पेट, आन्द्रा, मानसिक स्थिति सबैतिर क्षति बाहेक केही गर्दैन । धूमपान गर्ने मानिसलाई हाइ ब्लडप्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सर हुने लगायत ह्दयाघात हुने सम्भावना रहिरहन्छ । जाँड, रक्सी पिउँदा हामीमध्ये कतिजनालाई एउटा सीमामा रहेर पिउने आदत हुन्छ ? मैले देखेको ब्लडप्रेसरका बिरामीहरुमा धेरैमा ५ प्रतिशत बिरामीहरुमा मात्र यस्तो भेटेको छु । रक्सी पिएपछि बेहोशै हुने गरी पिउनुपर्ने, रक्सीसँग भुटेको तारेको, पिरो, नूनिलो स्न्याक्स नै चाहिने तथा ड्रिंक गर्दा चुरोट पिउनुको छुट्टै मजा हुने गरेको बिरामीहरु बताउछन् । रक्तचाप बढाउनुमा धूमपान तथा रक्सीको पनि उत्तिकै योगदान रहन्छ । त्यसैले विदेशमा गरिएको केही अध्ययनमा केही मात्रामा अल्कोहोल सेवन राम्रो भने पनि ब्लडप्रेसरको लागि नपिउनु नै ठीक हुन्छ।

म त रक्सी खान्नँ, दुईचार बोतल वियर मात्र पिउने हो ।

अधिकांश मानिसमा यो धारणा व्याप्त छ कि रक्सी भनेपछि ह्विस्की मात्रै हो। तर वियर, वाइन, रम, जिन, भोड्का, ब्राण्डी यी सबै रक्सीकै वर्गमा पर्छन्। फरक यति हो कि वियर, वाइन आदिमा अल्कोहोलको मात्रा कम हुन्छ, अरुमा बढी।

मैले यो ५ र ५० गरि ५५ मिलिग्राम खाँदैछु । तरपनि प्रेसर घट्दैन बा !

ब्लडप्रेसर नियन्त्रणको लागि चलाइने औषधी मानिसको शारिरिक बनावट, वजन, साथमा रहेको अरु समस्याहरु, खानपान, उसले गर्ने शारिरिक व्यायाम आदिमा भर पर्छ । त्यसैले कसैलाई एउटा औषधीको सानो डोजमात्र खाए पुग्छ भने कसैलाई दुई, तीनवटा त्यो पनि दिनको दुईपटक वा बढी पनि खानुपर्ने पनि हुनसक्छ । ब्लडप्रेसरको औषधी कति मात्राको खाने भन्ने कुरा मानिस मानिसमा निर्भर गर्छ ।

ब्लडप्रेसरको औषधीहरु कुनै २.५ मिलिग्राम बाट शुरु हुन्छ, कुनै २५ बाट शुरु हुन्छ त कुनै २० बाट । एउटा किसिमको औषधीको २.५ मिलिग्राम  बराबर अर्को किसिमको औषधीको २५ मिलिग्राम पनि हुनसक्छ । त्यसैले २५ मिलिग्राम भन्दैमा एकदम हाइ डोज भन्ने बुझ्नुहुँदैन।

अँ त्यो रातो पान आकारको खाएको, अरु त खाएको छैन !

विशेषगरि घरमा एक्लै बस्ने, कम पढेलेखेका, नपढेका विरामीहरुमा तथा ब्लडप्रेसरका साथै अन्य समस्याको पनि औषधी खाने बिरामीहरुमा यो समस्या देखिन्छ । एउटा भन्दा धेरै गोली खानुपरेको अवस्थामा यस्ता बिरामीहरु झुक्किएर एउटा खानुपर्नेमा दुईपटक खाएको, खानुपर्ने चाहिँ नखाएको, राति खानुपर्ने बिहान खाएको, खानापछि खानुपर्ने अगाडि खाएको आदि समस्याहरु सामान्य हुन्। अझ कति त औषधी सकेपछि ल्याइदिने मान्छे नभएको भनेर औषधी खानै बन्द गरेर पनि आउँछन् । यसको कारण रक्तचाप अनियन्त्रित भइदिन्छ जस्को कारण कतिपय अवस्थामा प्यारालाइसिस, ह्दयाघात भएको अवस्थामा पनि बिरामीहरु आउँछन्। यस्तो कुरामा घरमा भएका पढेलेखेका मानिसहरुको गहन जिम्मेवारी हुन्छ ।

त्यस्ता बिरामीहरुलाई नाम भन्दा पनि औषधीको आकार, रंग तथा साइजको जानकारी बढी हुन्छ । एकभन्दा बढी औषधी खानुपरेको अवस्थामा हरेक औषधीहरुलाई छुट्टाछुट्टै सानो सानो बट्टामा राखेर यो बट्टाको यतिखेर खाने भनेर बुझाउने गरेमा गल्ती हुने समस्या कम हुन्थ्यो कि ?

के गर्नु आफू त बिजनेसम्यान परियो, साँझ बस्नै पर्छ !

विजनेसम्यानहरुको धेरैको गुनासो यही हुन्छ । विजनेस पनि चलाउनैपर्यो, विजनेस चलाउन पार्टीको मन राख्नैपर्यो । अनि मन राख्न यसो बसिदिनैपर्यो । अनि उनीहरुको कामको कुनै समय नै हुँदैन । यता पैसा उठाउ, उता झगडा गर, यता सामान सप्लाइ, उताबाट सामान छुटाउ, विहान उठेदेखि फोन, अफिसमा मिटिङ, यता जाउ, उता जाउ, यता कराउ, गाली गर, बेलुकी अफिस छुटेपछि पार्टीसँग मिटिङ्, राति घर आयो, नसुतुन्जेल फेरि फोन । सुत्यो, विहान उठ्यो, त्यही दैनिकी । न शनिवार, न विदा । न शारिरिक आराम, न मानसिक आराम ।

सधै तनावपूर्ण वातावरण, आरामको कमी, शारिरिक व्यायामको कमी, अव्यवस्थित खानपान, नियमित स्वास्थ्य जांचको कमी आदि भएपछि यस्तै व्यक्तिहरुमा ब्लडप्रेसर, सुगरको समस्या देखापर्दछ ।  जसको कारण पछि गएर ह्दयाघात, पक्षघात जस्ता भयानक समस्याहरु भोग्नुपर्दछ । धेरैजसो व्यापारी पढेलेखेकै हुन्छन् । स्वास्थ्यमा नराम्रो असर परिरहेको छ भन्ने पनि थाहा हुन्छ तर पनि चेकजाँचको लागि समय छुट्याउन सक्दैनन् । त्यसैले स्वास्थ्य जोगाउनु धन कमाउनु भन्दा कम हो र ?

प्रेसरको औषधी शुरु गरेको चक्कर आएर उठ्नै सकिनँ !

ब्लडप्रेसरको औषधी शुरु गर्दा एकैचोटी ठूलो डोजमा शुरु गरिदैन । एउटा डोजबाट शुरु गरेर केही दिनपछि फेरि रक्तचापको मात्रा हेरेर औषधीको डोज आवश्यकतानुसार घटबढ गरिन्छ । त्यसैले औषधि शुरु गरेको केही दिनमा रक्तचाप धेरै कम पनि हुनसक्छ वा औषधीको डोज कम भएर रक्तचाप उच्च नै रहिरहन पनि सक्छ । साथै औषधी शुरु गर्नासाथ केही साइडइफेक्ट भइहाले औषधी बदल्नुपर्ने पनि हुन्छ । त्यसैले औषधी शुरु गरेपछि डोज मिलाउनुपर्ने भएकोले रक्तचाप नियन्त्रणमा नआएसम्म आवश्यकतानुसार आफ्नो डाक्टरको सम्पर्कमा बस्नु राम्रो हुन्छ ।

प्रेसरको औषधी खाएपछि खुट्टा सुन्निन थाल्यो !

माथि भनिए जस्तै ब्लडप्रेसरका औषधीको पनि केही साइड इफेक्टहरु हुन्छन् । कुनै औषधी खाँदा खुट्टा सुन्निने समस्या हुनसक्छ । कुनैले मुटुको ढुकढुकी बढाउन सक्छ । कुनैले ढुकढुकी चाहिने भन्दा कम गराउन सक्छ । ब्लडप्रेसरकै कुनै औषधीले सुख्खा खोकी लाग्ने गर्छ । कुनै औषधी शुरु गरेपछि पहिले नहुने स्वाँ स्वाँ शुरु भएको हुन सक्छ । कुनै औषधी ले मृगौलामा असर पार्न पनि सक्छ । एक किसिमको औषधीले लोग्ने मानिसको यौन  उत्तेजनामा कमी, यौनेच्छामा कमी आउने आदि समस्या पनि गर्न सक्छ । ब्लडपे्रसरको औषधी शुरु गरेपछि पहिले नभएको समस्याहरु देखापरे जस्तो लागे डाक्टरसँग सम्पर्क गरिहाल्नुपर्छ । यो साइड इफेक्ट भन्ने कुरा औषधी खानासाथ सबैलाई र सधैं हुने कुरा होइन ।

त्यसैले ब्लडप्रेसरको औषधी विशेषज्ञ डाक्टरसँग चेकजाच गरेर मात्र शुरु गर्नुपर्छ । कुनै चेकजाँच नगराई मेडिकलबाट सिधै किनेर खाने बानी गर्नुहुँदैन । साथै औषधी शुरु गरेपछि ब्लडप्रेसर ठीकै रहिरहेपनि तथा शारिरिक, मानसिक रुपमा ठीकै लागेपनि कम्तीमा १५ दिनमा एकचोटि ब्लडप्रेसर नाप्ने बानी बसाल्नैपर्छ र डाक्टरसँग कम्तीमा ३ महिना र बढीमा ६ महिनामा एकचोटि भेट्ने गर्नैपर्छ ।

प्रेसरको औषधी खान थालेको २ वर्ष भयो । सबै ठिकै थियो, किन जाँच्नुपर्यो र ?

धेरै विरामीहरु औषधी शुरु गरेपछि शरीर आराम भएको महसुस भएपछि नियमित औषधी त खान्छन् तर बर्षौसम्म चेकजाँच गराउन डाक्टरकहाँ जाँदैनन् । न त फेरि–फेरि रक्तचाप जँचाएरै हेर्छन् । कारण सोध्दा औषधी शुरु गरेपछि आफूलाई आराम भएको, कुनै नयाँ समस्या नआएको, घर टाढा भएर आउने मौका नपाएको जस्ता कुराहरु गर्छन् ।

माथि भनिएजस्तै ब्लडप्रेसर आफैले शरीरका विभिन्न अंगहरुमा असर पुर्याइरहेको हुन्छ । त्यसमाथि नियमित औषधी सेवन गर्नेहरुलाई औषधीको साइडइफेक्ट पनि हुनसक्ने सम्भावना रहन्छ। आफूलाई नयाँ समस्या केही नभएको अवस्थामा पनि डाक्टरसँग नियमित कम्तीमा छ महिनामा एकचोटि चेकजाँच गराउने गरेमा शरीरमा कुनै किसिमको हानिनोक्सानी हुन लागेको भएमा तुरुन्त पत्ता लाग्छ र भविष्यमा हुन खसक्ने क्षतिबाट जोगिन सकिन्छ ।

प्रेसरका बिरामीले के के जाँच नियमित गर्नुपर्छ ?

प्रेसरका विरामी तथा प्रेसरको औषधी खाने विरामीहरुले रगतमा सुगरको मात्रा, हेमोग्लोविनको मात्रा, मिर्गौला तथा पिसाबको जांच तथा कोलेष्ट्रेलको जांच कम्तीमा ३ बढीमा ६ महिनामा नियमित गरिरहनुपर्र्दछ । साथै इसीजी, इको जाँचहरु मुुटुरोग विशेषज्ञको सल्लाहनुसार दोहोर्याउनुपर्छ । यसले प्रेसर नियन्त्रणभित्र रहे–नरहेको पनि पत्ता लाग्छ। सबभन्दा महत्वपूर्ण शरीरमा कुनै साइड इफेक्ट भयो कि छैन भन्ने थाहा हुन्छ ।

डिजिटल मेशिनले जाँचेको सही हुन्न कि कसो ?

समयले मानिसको जीवनमा ल्याएको परिवर्तनसंगै ब्लडप्रेसर नाप्ने मसिनहरु, मोबाइल एप्लिकेशनहरु अचेल सजिलै उपलब्ध हुनथालेका छन् । तर अस्पतालहरुमा भने एन्ड्रोइड मसिनहरुनै बढी प्रयोगमा आउँछन् । यसको मुख्य कारण यसबाट नाप्दा रक्तचापको मात्रामा खासै धेरै तलमाथि नहुनु पनि हो । कतिपय डिजिटल मसिनले पनि राम्रै काम गर्छन् तर कतिपय अवस्थामा भर्खरको भर्खरै दोहोर्याएर नाप्दा पनि ब्लडप्रेसर धेरै नै फरक भएको पाइएको पनि देखिएको, सुनिएको छ । त्यसैले यस्ता मसिनबाट नाप्दा ब्लडप्रेसर धेरै वा चाहिने भन्दा थोरै देखिएको खण्डमा नजिकैको मेडिकल वा स्वास्थ्यकर्मीकहाँ गएर फेरि नापेर कन्फर्म गरेको राम्रो हुन्छ ।

घरमा नाप्दा ठिकै हुन्छ, अस्पताल गयो कि बीपी बढिहाल्छ !

मानिसको ब्लडप्रेसर मानिसले गर्ने शारिरिक व्यायाम, खाने खानेकुराहरु, निद्रा, तनाव आदि विभिन्न कुराहरुमा भर  पर्छ ।  तनावको बेला, निद्रा नपरेको बेला, भर्खरै शारिरिक व्यायाम गरेको बेला, परिश्रमको काम गरेको बेला आदिमा केही क्षणको लागि ब्लडप्रेसर हाइ देखिन सक्छ । तर, सबै कुरा सामान्य भइसकेपछि ब्लडप्रेसर नर्मल लेवलमा आउँछ । जहिलेपनि ब्लडप्रेसर नाप्दा केही क्षण आराम गरेर, दिसापिसाब त्याग गरेर, तनावरहित रहेर नाप्दा सही परिणाम आउँछ । तर, यदि सामान्य अवस्थामा रहेको बेला पनि ब्लडप्रेसर बढीरहने भएमा बढेकै मान्नुपर्छ ।

कोही–कोहीलाई घरमा ब्लडप्रेसर नाप्दा सधै एकदम नर्मल भेटिने तर, डाक्टर, नर्सको अगाडि पुगेपछि वा अस्पतालको वातावरणमा पुगेपछि अचानक प्रेसर बढ्ने समस्या हुन्छ । डाक्टरहरुले लगाउने सेतो कोट देखेपछि डराएर वा के होला कस्तो होला भन्ने त्रास मनमा लागेपछि यस्तो समस्या हुने भएकोले यसलाई ‘ह्वाइट कोट इफेक्ट’ पनि भनिन्छ । हाइ ब्लडप्रेसरका बिरामीहरुमध्ये करिब २० प्रतिशत समूहमा यो समस्या देखापर्ने कुरा अध्ययनमा देखापरेको छ । त्यसैले साँच्चिकै हाई हो वा इफेक्ट मात्रै हो भन्ने पहिचान गर्न २४ घण्टा मेसिन लगाएर ब्लडप्रेसरको अध्ययन गरिने एबीपि मेसिनको सहयोग पनि लिइन्छ ।

डाक्टरसाब्, मैले त ब्लडप्रेसर बढ्यो भनेर ५ दिनदेखि नून मुखामा हालेकै छैन !

ब्लडप्रेसरको समस्या भएको बिरामीलाई डाक्टरले दैनिक खाने नूनको मात्रा कम गर्नु भनेका हुन्छन्, बन्द गर्नु होइन । नून कम गर्ने भनेको नून भएको धेरै किसिमको परिकारहरु नखाने भनेको हो । शरिरलाइ चाहिने भनेको दैनिक ५ देखि ७ ग्राम अर्थात् दिनको एक चम्चा नून हो । यो भन्दा बढी ब्लडप्रेसरको लागि ठीक होइन । केही मात्रामा नून शारिरिक स्वस्थताको लागि पनि चाहिन्छ । त्यसैले नून चटक्कै बन्द गर्नाले शरिरमा अन्य समस्या गराउन सक्छ, त्यसैले नून चटक्कै बन्द गर्न कदापि हुँदैन ।

दिनका दिन करेला खाएर हुँदैन डाक्टरसाब ?

कति बिरामीहरु औषधि नखाने तर करेला, मेथी, नीमको पात, घ्यूकुमारी खाने, आर्युेवेदिक उपाय गर्ने, योगा, ध्यान गरेरै प्रेसर ठीक पार्छु भनेर अड्डी कस्छन् । यसमा म के भन्छु भने जसरी हुन्छ, रक्तचाप नियन्त्रणमा आउनुपरयो। माथि उल्लेखित सबै कुरा गर्दा कुनै नकारात्मक असर त पर्दैन । तर यी सबै पनि गर्नुस्, ब्लडप्रेसर नाप्दै पनि गर्नुस्, ब्लडप्रेसर नियन्त्रण भएन भने औषधी त खानैपर्छ।

यो औषधी खाएपछि त डिप्रेशन हुन्छ रे नि !

एउटा वर्गको मानिसहरुमा जे पनि इन्टरनेटमा पढेर सम्पूर्ण जानकारी लिने प्रवृत्ति हुन्छ । यसो गर्नु एक किसिमले राम्रो पनि हो तर पूर्ण कुरा प्रष्ट नबुझिएको खण्डमा यसको नकारात्मक असर पनि पर्दछ । कुनै रोगको बारेमा पढ्दै जाँदा कतिपय प्राविधिक शब्दहरु, मेडिकल भाषा सबैले प्रष्ट बुझ्ने कुरै भएन । अनि यो भनेको यसो होला भन्दै अनुमानित अर्थ लगाउंदै बस्ने अनि त्यस विषयमा लेखिएका कुनै रोगका लक्षणहरु आफैलाई भएको जस्तो लाग्ने, म त ज्यादै रोगी भएछु भन्ने मनस्थितिको विकास हुने, अब म मर्छु भन्ने जस्ता निराशावादी सोचको विकास हुने जस्ता समस्या पनि भएको पाइएको छ ।

इन्टरनेटमा दिइएका रोग सम्बन्धि जानकारी धेरैजसो किताब पढेजस्तै हुन्छ । कुनै रोगको बारेमा पढ्दा यस्तो लक्षण यति प्रतिशतमा देखिन्छ, यस्ता साइड इफेक्ट फाट्टफुट्ट मात्र पाइन्छ, यो धेरै देखिन्छ । यो साइड इफेक्ट विश्वको यस कुनामा मात्र पाइन्छ ।  यो साइड इफेक्ट यो जातिमा मात्र बढी देखिन्छ । यसमा देखिन्न जस्ता कुराहरु विस्तृतमा लेखिएको हुन्छ । तर, मानिसको मन न हो, त्यहा जे सुकै लेखेपनि आँखाले त्यहां लेखिएका गम्भीर कुराहरु जस्तै मात्र देख्न पुग्छ । अनि होस् न होस् मलाइ पनि यस्तो भयो कि भन्दै डराउँदै बस्छन् ।

त्यसैले यदि कसैको त्यस्तो बानी छ भने इन्टरनेटमा लेखिएका कुराहरु प्रष्ट बुझ्ने क्षमता पनि हुनुपर्छ । कुनै कुरा नबुझे सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ । होइन भने यस्तो सामग्री नपढ्नु नै राम्रो हुन्छ ।

एक प्रकारको मानिसमा चेकजाँच गराउन जानै हिच्किचाउने बानी हुन्छ । डाक्टरकहां गएपछि केही न केही देखाइहाल्छन्, यो नखानू, यो नगर्नू भन्छन्, औषधी खान भन्छन्, अथवा केही समस्या देखिहाल्यो भने त टेन्सन हुन्छ त । भन्ने खालको सोचले उनीहरु चेकजांच नै गराँंदैनन्। यो पनि एकदम राम्रो बानी चाहिँ होइन ।

ब्लडप्रेसरको नकारात्मक असरहरुबाट जोगिन मानिस आफ्नो स्वास्थ्यको कुरामा अझ बढी सचेत हुनु जरुरी छ । साधारणतया उमेर ४० को  वरिपरि पुगेपछि यदि भविष्यमा स्वस्थ भएर बाँच्ने, लामो समय बाँच्ने हो भने विशेषगरि केही कुराहरु, दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट, सूर्ती तथा कुनै नशा सेवन नगर्ने, नियमित शारिरिक व्यायाम गर्ने तथा मानसिक तनावबाट टाढा रहने आदि कुराहरु पालना गर्नैपर्ने देखिन्छ किनकि उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगहरुले छुन थाल्दछन् ।

- See more at: http://www.swasthyakhabar.com