Showing posts with label राजनिति. Show all posts
Showing posts with label राजनिति. Show all posts

Wednesday, April 19, 2017

तपाइ बिकल्प कुर्दै बस्ने कि आफैँ तात्तिनेद? सबिन खड्का

नेपाललाई चाहिएको २१ औं शताव्दी सापेक्ष नेतृत्व हो ।  नेपालीमा जोश र होश दुबै भएको नेतृत्व छान्न पाउने जिम्मा जनताले पायका छन । यो लामो जन सँघर्ष र प्रतिक्षाको परिणाम हो ।

हरपल अाफू र अाफ्नो समाजप्रति जिम्मेवार रहन सक्ने कुनै पनि मनुष्यलाई म राष्ट्रबादि ठान्दछुँ।

क्यान्सरलाई ब्रुफिन खाएर ठीक हुँदैन, केमोथेरापी नै चाहिन्छ भने झैं अहिले राजनीतिक कु-संस्कारलाई हटाउन बाहिर बसी सुधार्न खोज्नुभन्दा युबाबर्ग राजनीतिमा सु-संस्कार ल्याउने यस्तो संगठन-सन्जाल-शक्ति बनाउनु पर्छ जसले सकारात्मक भाईरस जस्तो गरी राजनीति गर्ने सबैमा सु-संस्कार सार्छ। राजनीतिमा सु-संस्कार ल्याउन राजनीतिमा लागेको युबाहरुले स्थान पउनु पर्यो । राजनीति सुधारे शान्त र संमृद्ध नेपाल हाम्रै कालमा बन्छ !

नेपालीलाई अबको ५ वर्षमा सक्षम नेतृत्व बनाउने इन्जिन (प्रणाली) बनाई अाफूभन्दा सक्षम नेतृत्वलाई हस्तान्तरण गर्ने जमर्को लिएको छु।  मेरो उद्देश्य दक्ष नेपालीहरुलाई जोडेर शान्त-संमृद्ध नेपाल बनाउने दिशामा लम्काउनु हो।

सबै साथीहरुलाई अाफ्नो सर्वोत्कृष्टता देखाउनतिर धकेल्ने उद्देश्य बोकेको छु।

यो योग्यतामुखी संगठन हो जहाँ देशलाई राम्रो गर्छु भन्ने हरेकले ढुक्कसँग हाम्फालेर देशको सेवा गर्न ठाउँ दिइन्छ। यसले अात्माबाट समानतालाई अँगालेको छ। विविधताबीच एकता ल्याउन हर पल प्रयासरत छ।

अब नेपालीको प्रमुख चुनौती भनेको यस भित्र नेतृत्वको संख्या बढाउनु पर्नेछ। त्यसैले समाजमा अा-अाफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गरेका नेपालीहरुलाई समय दिलाई पूर्ण बनाउन पहल गर्ने छु।

सक्षम नेतृत्व बनाए मात्र नेपाल समृद्ध बन्छ हाम्रै कालमा। समस्या र समाधान यसैमा छ।  हरेक नेपालीमा यही विवेक जगाउन सक्नु नै हाम्रो चुनौती हो। नागरिकलाई , समाजलाई उद्दमशील र राज्यलाई हितकारी अनि सरकारलाई सेवक बनाउने चेष्ठा गर्नु छ। तपाई   हामि मिलेर ।

अब अन्तमा
देशप्रति चासो राख्ने साथीहरुलाई एउटै प्रश्न : तपाईँ विकल्प कुर्दै बस्ने कि अब अाफै बनाउन तात्तिने ?

Tuesday, April 4, 2017

देश र जनताको लागि काम गर्ने कि टाउको फोर्ने?

भनिन्छ, नीतिहरूको राजा राजनीति– अर्थात् सबै नीतिहरूको मूल–स्रोत राजनीति हो । यो बिग्रिए सबै बिग्रन्छ र सप्रिए सबै सप्रिन्छ । राजनीतिमै देशको सामाजिक, आर्थिक, शैक्षिक, व्यापारिक, सांस्कृतिक आदि सबै पक्ष र पहलुको इतिहास लेखिन्छ, वर्तमान बन्छ र भविष्यको रेखा खिचिन्छ ।

त्यसैले राजनीति सूत्र वा परिभाषामा स्पष्ट र भाष्य वा व्याख्यामा सरल र विशाल हुनुपर्ने हो । अनि जनताले बुझ्थे । द्विविधा रहँदैन थियो । पहिले त्यस्तै थियो होला । अहिले पनि कहीँ कतै त्यस्तै होला । राजनीति स्पष्ट र सरल भएका ती देशहरू उन्नति–प्रगतिमा होलान् । होलान् के, छन् नै । जहाँ राजनीतिबारे जनतालाई द्विविधा हुँदैन, त्यहाँ कुनै पनि खाले भ्रम रहँदैन । जहाँ राजनीतिबारे जनता द्विविधामा हुन्छन्, त्यहाँ सबैतिर भ्रमै भ्रम हुन्छ । भन्नु परोइन, भ्रममा सुखेती हुँदैन । दुर्खेती हुन्छ । अशिक्षा–गरिबी, शोषण–अन्याय–अत्याचार, अभाव–महँगी सब राजनीतिक द्विविधा र भ्रमको उपज हो ।

प्रजातन्त्र–लोकतन्त्र, संवैधानिक राजतन्त्र–गणतन्त्र वा राजतन्त्र, संघीयता–एकलराष्ट्र, शक्ति केन्द्रीकरण–विकेन्द्रीकरण, धर्मनिरपेक्ष–सापेक्ष अनि जात, वर्ण, वर्ग, लिंग वा पहिचान–सामथ्र्य–समावेशी यो जे जति भने वा भए पनि जनता राजनीतिक द्विविधाबाट मुक्त नहुँदासम्म कुनै पनि पक्ष र पहलुको भ्रम–मोचन हुँदैन र जनतालाई केही हात लाग्दैन । संविधानमा जे लेखियोस् त्यो सब शासनका लागि हुन्छ ।
शासकको सुविधाको लागि मात्र हुन्छ । त्यसैले सबैभन्दा अहम् कुरा हो, जनतालाई राजनीतिक द्विविधाबाट मुक्त गराउनु । यो काम राजनीतिक व्यक्ति, लेखक–पत्रकार–सञ्चारमाध्यम, नेता–कार्यकर्ता, राजनीतिक दल वा हरेक सचेत नागरिकको हो । हो, जहाँजहाँ यो वर्गबाट यो काम हुँदैन र स्वार्थवश काम हुन्छ त्यहाँको नियति यस्तै हो । हाम्रो जस्तै । अर्थात् राजनीतिबारे हामी सबैले जनतामा द्विविधा बाँड्यौ र भ्रम फैलायौं ।

तथापि बिग्रेर, सडेर, गलेर बीउ नै नष्ट भएको छैन । राजनीति ऊ आफ्नो ठाउँमा सूत्र वा परिभाषामा स्पष्ट र भाष्य–व्याख्यामा सरल र विशाल थियो, आज पनि छ । यसलाई बुझ्नु र द्विविधामुक्त हुनु छ हामी । मूलत: राजनीति जनतासँग सीधा सरोकार राख्ने विषय हो । राजनीति जनताबाट भिन्न, अमूर्त र जटिल विषय हैन । जन–तादात्यता यसको शाश्वत विशेषता हो । त्यसैले यसले मानवतालाई सर्वोपरि राख्छ । मानवता स्वतन्त्रतासँग गाँसिएको हुन्छ । जन–जनको अन्तर्यको स्थायी–भाव हो स्वतन्त्रता । याद गर्नुस्, दासत्व वा वबन्धन संसारको कुनै कुनाको मान्छेले मन पराउँदैन । पशुपंक्षीसमेत दाम्लो वा पिँजडाबाट मुक्त हुन्छन् । यसमा धेरै किन, बिना मेहनत खान र ओतमा बस्न पाएका चिडियाखानाका पशुपंक्षीको अनुहार पढ्दा हुन्छ । प्रचलित राजनीतिको कुरा गर्दा, यो दुई किसिमको छ । एउटा मानवको अन्तर्यको स्थायी–भाव स्वतन्त्रताको रक्षक र अर्को भक्षक । रक्षकलाई डेमोक्र्याट र भक्षकलाई कम्युनिस्ट भनेर जान्दा सजिलो हुन्छ । स्थापित र विश्वप्रचलित सूत्र वा परिभाषा त्यही हो । हुन त यो वैचारिक मान्यता हो । तर यो मान्यता काट्न वा बदल्न सकिँदैन । यसकारण कि सच्चा कम्युनिस्टले मानवीय स्वतन्त्रता स्वीकार गर्दै गर्दैन । स्वीकार गरिहाल्यो भने ऊ कम्युनिस्ट नै रहँदैन । 

मैले माथि नै भनेँ, हामी नेपाली जनता पनि राजनीतिक द्विविधा र भ्रममा बाँचेका छौं । स्वतन्त्रताका रक्षकहरूले सुशासन नगर्दा भक्षकको पछि लाग्ने र उनीहरूलाई विश्वास गर्ने काम हामीबाट भयो र अझै हुँदैछ । गाई ब्याएन, दूध खान पाइएन भनेर ‘आ बाघ खा गाईलाई’ भने जस्तै । गाईले बहर पाएन कि वा ऊ बैला छे कि हामीले सोच्दै सोचेनौं । उपचारको त कुरै भएन ।  मूलत: राजनीतिको शाश्वत सार मानव–स्वतन्त्रता र शासन फरकफरक विषय हुन् भन्ने बुझेनौं, बुझाइएन । डेमोक्र्याट भनाउँदाहरू कुशासनमै रमाए, निजी मस्तीमा लागे । अन्य तप्काका सबै सचेतक भनाउँदाहरू चाकडीमा लाग्यौं । अझै सहमतिको अलाप भट्याउँदै छौं । हो, अन्याय–अत्याचार हटेन, शोषण–गरिबी घटेन र प्रशासनिक भ्रष्टाचार र कमिसनतन्त्र मौलिँदै आयो, बेरोजगारी बढिरह्यो, राम्रो शिक्षा लिन बिदेसिनु पर्‍यो, नातावाद कृपावाद चुलिँदै गयो । कहिले के को अभाव कहिले के को, सधैं अभावैअभाव । दु:ख त हामीले पाएकै हो । तर त्यसको विकल्प ‘आ बाघ खा गाई’ भन्नु थिएन, हैन । विकल्प हो, राजनीतिक द्विविधाको निवारण र भ्रमबाट मुक्ति । अनिमात्र हुन्थ्यो सही व्यक्ति र पार्टीको छनोट र बन्थ्यो सक्षम नेपाल र नेपालि जनता । त्यो दुवै बनेन । अहिले पनि उस्तैउस्तै हो । त्यसैले सुशासन छैन र त्यति सजिलै मानवीय स्वतन्त्रताको रक्षा गर्ने  सोच बन्दैन र बने पनि लैनो गाई त्यसै कुदेर हाम्रो गोठमा आउनेवाला छैन ।

त्यस निम्ति स्वतन्त्रता र पराधीनताको अन्तर बुझेर राजनीतिक द्विविधा र भ्रमबाट पहिले हामी आफैं मुक्त हुन जरुरी छ । अब संविधानभित्र रहेर प्रजातान्त्रिक मूल्य र मान्यताको प्रक्रियागत आधारमा संविधान कार्यन्वयन गर्न चाहनेलाई सघाउने कि त्यो बाटो छोडी सडक आन्दोलनमा गएर ‘टाउको फोर्ने’ कुरा गर्नेहरूलाई  सहयोग गर्ने ? हौस्याउने ?? हामीमा यो द्विविधा नरहोस्, भ्रम हटोस् । अन्यथा राजनीति सप्रन्न र त्यो नसपिँदाको हाम्रो नियति यही हो । यस्तै रही रहनेछ । कतिञ्जेल…???

Wednesday, March 15, 2017

के हो माओबाद? को हो माओबादि? र को होइन माओबादि?

के हो माओवाद ? को हो माओवादी ? र को होईन माओवादी ?-


पुजिवादी क्रान्तिका दुई पुराना मोडेलहरु जस्तै सामन्तवादको बिरुद्द पुजीपतिवर्गको नेतृत्वमा सम्पन्न पुजिवादी क्रान्ति र पूजीवादको बिरुद्द सर्वहारावर्गको नेतृत्वमा बिकसित पुजिवादी मुलुकमा अल्पकालीन सशस्त्र विद्रोहद्वारा सुरुमै केन्द्रियसत्ता कब्जागरी गरियको समाजवादी क्रान्ति : भन्दा बेग्लै अर्थात अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक चीनमा सर्वहारावर्गको नेतृत्वमा साम्राज्यवाद द्वारा संरक्षित सामन्तवादको बिरुद्ध दृघकालिन जनयुद्ध द्वारा गाउले शहर घेर्ने रणनीति अन्तर्गत १९४९ मा नयाढंगको पुजिवादी क्रान्ति सम्पन्न गरियो ! यसलाई नै नयाजनवादी क्रान्ति नामकरण गरियो ! यो नया जनवादीक्रान्तिको मुख्य नेता र योजनाकार हुनुहुन्थ्यो कमरेड माओत्सेतुङ्ग ! नयाजनवादी क्रान्ति सम्पन्न गर्ने र त्यसलाई समाजवाद हुदै बैज्ञानिक साम्यवाद सम्म पु-याएयर सम्पूर्ण मानव समुदायलाई नै सबै प्रकारका शोषन,दमन र उत्पीडन वाट मुक्त गर्ने कमरेड माओत्सेतुङ्ग को महानयात्रामा पार्टी भित्र र बाहिर वाट ठुला ठुला अवरोधहरु हरु आईपरे ! ति अवरोधहरुलाई पन्छ्याउने क्रममा कमरेड माओत्सेतुङ्गले आफ्नै जीवनमा फेरि अर्को ठुलो क्रान्तिको नेतृत्व गर्नु प-यो ! त्यो क्रान्तिलाई नै महान सर्वहारा सास्कृतिक क्रान्ति भनिन्छ ! महान सर्वहारा सांस्कृतिक क्रान्ति १९६६ देखि १९७६ सम्म दशबर्ष जारि रह्यो !
सामन्त ,दलाल र नोकरशाही पुजीपतिवर्गको बिरुद्ध संघर्ष गर्ने क्रममा नया जनवादी क्रान्तिको पक्षमा आएका राष्ट्रिय पुजीपतिवर्ग ,पार्टी भित्रका तिनका एजेन्टहरु र तिनका बिदेशी मालिकहरु चीनलाई नयाजनवाद वाट समाजवाद तिर संक्रमण गर्ने र समाजवादलाई मजवुत बनाउने क्रममा तगारो बनेर उभिए ! नया जनवादी क्रान्ति सम्पन्न गर्दा पार्टीको नेतृत्वमा रहेर माओत्सेतुङ्ग संगै लडेका र त्यसपछि पार्टी र सरकारको नेतृत्वदायी अंगमा रहेका ल्यु शाओ ची र तेङ्ग स्याओ पिङ्ग जस्ता माओत्सेतुङ्ग कै सहयोद्धा नेताहरु नयाजनवाद वाट समाजवादमा संक्रमण गर्ने अभियानको बिरुद्ध उभिए ! यसको वाबजुद १९५६ मा कमरेड माओत्सेतुङ्ग्को नेतृत्वमा चिन समाजवादमा प्रवेश ग-यो !
पुजिवादी अर्थ ब्यबस्था वाट समाजवादी अर्थ ब्यबस्थामा प्रवेश गरेपनि अधिरचनाका सबै क्षेत्रहरु जस्तै राजनैतिक , सांस्कृतिक र शैक्षिक क्षेत्रमा समाजवादीकरण गरिएन भने समाजवादको बिघटन अबस्वयंभावी नै हुन्छ ! तसर्थ चीनमा समाजवादी अर्थ ब्यबस्था स्थापना भए पश्चात त्यही अनुरुपको अधिरचनाको आवस्यकताबोध हुनु स्वभाविक थियो ! त्यसकारण त्यहाको पुरानो पुजिवादी राजनैतिक,साकृतिक र शैक्षिक प्रणालीलाई समाजवादीकरण गर्नु कमरेड माओत्सेतुङ्गको निम्ति पहिलो प्राथमिकताको बिषय बन्यो ! तर परिस्थिति सहज थिएन ! चीनका राष्ट्रिय पुजीपति र पार्टी कै मै हु भन्ने घगडान नेताहरु त्यसको बिपक्षमा थिए ! र उनीहरुलाई बिस्व प्रतिक्रियावादले त साथ दीइरहेकै थियो त्यसमाथि तात्कालीन सोभियत संशोधनवादी दलका नाईकेहरु खुर्स्चोभ र ब्रेझनेभहरुले खुलियाम सहयोग गरिरहेका थिय ! यो अवस्थामा अधिरचनाका सबै क्षेत्रमा समाजवादीकरण गर्न सहज थिएन ! तैपनि अघि बढ्नु नै थियो ,त्यसैले यो असहजता लाई चिर्दै चीनमा पूजीवादको पुनर्स्थापना रोक्न र सर्वहारावर्गको अधिनायकत्वलाई लाई मजबुत पार्दै समाजवादलाई अघि बढ़ायर सुदृध र समृद्ध चिन निर्माण गरि बिस्व-साम्यवादको ढोका खोल्नका निम्ति कमरेड माओत्सेतुङ्गले महान सर्वहारा सास्कृतिक क्रान्तिको घोषणा गर्नु भएको थियो !
महान सर्वहारा सास्कृतिक क्रान्तिमा करोडौ नेता,कार्यकर्ता र अरबौ चिनिया जनता मात्र होईन सिंगो चिन जुरुक्क उठेको थियो ! विचारधाराको क्षेत्रमा समाजवादमा पनि बुर्जुवाबर्ग र सर्वहारा वर्ग बीच चर्को संघर्ष चलिरहन्छ ! त्यसकारण समाजबाद नै सर्वहारा या बुर्जुवा कसले जित्छ तुङ्गि सकेको अवस्था होईन , ‘ निरन्तर क्रान्तिमा जोड देउ ‘ , ‘ वर्ग संघर्षलाई कहिल्यै नबिर्स ‘ भन्ने माओवादी मान्यताका बिरुद्ध पार्टी र सरकारको नेतृत्वमा रहेर चीनमा पुजिवाद र समाजवाद मध्य कसले जित्छ भन्नेकुरा तुंगी सकेकोछ ! समाजवादमा निरन्तर क्रान्ति र वर्गसंघर्षको आवस्यकता छैन ! समाजवादमा पनि निजि सम्पति राख्न पाउनुपर्छ ,ब्याज लिन पाउनुपर्छ ,नोकर चाकर राख्न पाउनुपर्छ भन्ने मान्यता राख्ने पुजीपति बर्गका छद्म एजेन्ट तथा चिनिया संशोधनवादका नाईकेहरु लिउ स्याओ ची र तेङ्ग स्याओ पिङ्ग सहित उनीहरुका अन्धभक्तहरु कैयौलाई महान सर्वहारा सास्कृतिक क्रान्ति कै दौरानमा पार्टी र सरकारको सबै जिम्मेवारी बाट बर्खास्त गरियो ! लिउ ,तेङ्ग गुटले संरक्षन गरेर राखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ नाफा कमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुला पुजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै ! साथमा पुराना खराब सस्कृति ,सस्कार र बानि ब्यबहार वाट मुक्त नहुने , बद्लिएको परिस्थिति अनुरुप आफुलाई बदलेर समाजवादीकरण गर्न नसक्ने तर पार्टी र सरकारको उच्च ओहदामा बसिरहने अरु कैयौ बडे बडे नेताहरु पनि सो क्रान्तिका निशाना बने !
सरल ढंगले भन्नुपर्दा कमरेड माओत्सेतुङ्गले बिस्व कम्युनिस्ट आन्दोलनमा दृघकालिन जनयुद्धको आवस्यकताबोध र त्यसको कार्यनीति र रणनीति निश्चित गर्नुभयो , वहाले नया जनवादी क्रान्ति र क्रान्ति भित्र निरन्तर क्रान्तिको सिद्दान्त प्रतिवादन गर्नुका साथै मार्क्शवादको तिन वटै संघटक अंगहरुको उच्चतम बिकाश गर्नु भयो ! यसर्थमा सर्वहाराबर्गको मुक्तिको खातिर कमरेड माओत्सेतुङ्गले मार्क्शवाद-लेनिनवादमा गर्नु भएको बिकास र योगदानलाई नै बिस्व कम्युनिस्ट आन्दोलनमा माओबाद या माओ विचारधारा भनियो ! जुन व्यक्ति समुह या संगठनले माओत्सेतुङ्गका बिचारहरु अर्थात माओबादलाई आफ्नो पथप्रदर्शक सिद्दान्त मानेर अघि बढ्छ त्यो व्यक्ति ,समुह र संगठन नै माओवादी हो !
माओवादलाई पथप्रदशक सिद्दान्त मान्दै तत्कालिन ने.क.पा.( माओवादी) को पहल र नेतृत्वमा भएको महान जनयुद्धको लोकप्रियता दोहन गर्दै हिजो-आज कैयौ व्यक्ति,समुह र संगठनहरु सडकमा माओवादी बनेर दौडीरहेकाछन ! यथार्थमा ति मध्य सबै माओवादी होईनन ! भित्र अध्यारो कोठामा दलाल,तस्कर भ्रस्टाचारी, र कमिशनखोर संग बसेर आम्दानीको भागबण्डा गर्ने तर बाहिर सडकमा निक्लेर आफुलाई माओवादी घोषणा गर्ने त्यो माओवादी होईन ! दिनभरी सर्वहारा,सुकुम्वासी र किशाण ,मजदुरको श्रमको शोषण गर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने त्यो पनि माओवादी होईन ! आचरण,बानि ब्यबहार ,सस्कार, सस्कृति हिडाई,बसाई ,लवाई,खुवाई ,आचार,बिचार सबै मध्य युगिन बादशाहको जस्तोछ तर उसले आफुलाई माओवादी दावी गर्छ त्यो माओवादी होईन ! जस्ले हिजो मिलेराबाद मुर्दावाद भन्यो उसैले आज मिलेराबाद नै आजको मार्क्शवाद हो भन्छ भने अब उ माओवादी रहेन ! जस्ले दिनभर माओवादी क्रान्तिको कुरा गर्छ त्यसैले रातभर प्रतिक्रियावादी ब्यबस्था अन्तर्गत कै सांसद, मन्त्रि र प्रधानमन्त्रीको सपना देख्छ भने त्यो पनि माओवादी होईन ! जस्ले बोलीमा जनवाद ,समाजवाद र साम्यवाद स्थापनाको कुरा गर्छ तर ब्यबहारमा पुजिवाद्लाई मजबुत पार्ने काम गर्छ त्यो माओवादी होईन ! त्यस्तै जुन संगठनले व्यबहारमा वर्नस्ताईनवाद ,काउत्सकिवाद,खुर्स्चोभवाद र तेङ्गवाद लागु गर्छ तर दस्तावेजमा माओवाद लेख्छ त्यो संगठन माओवादी संगठन होईन ! जुन संगठन ब्रेझनेभ , गोर्वाचोभ र लिउ शाओ ची को बाटोमा हिड्छ तर त्यसले आफ्नो मार्गदर्शक सिद्दान्त माओवाद भन्छ त्यो माओवादी संगठन होईन ! जुन संगठन ब्यबहारमा संसदबादमा चुर्लुम्म डुबेको छ र उ कहिल्यै त्यहा बाट निक्लने सम्भावना छैन तर त्यसले भाषण ,प्रशिक्षणमा माओवादको कुरा गर्छ त्यो संगठन माओवादी होईन !
बिगत ,बर्तमान र भबिस्य यी तिन वटै चिज आ-आफ्नो ठाउमा उत्तिकै महत्वपूर्ण छन ! आन्दोलनलाई बिगतमा कसले कति योगदान ग-यो ? त्यसलाई भुलेर व्यक्तिको मुल्यांकन गरियो भने त्याहा अन्याय हुन्छ ! भबिस्यको सम्भावनालाई उपेक्षा गरेर निस्कर्ष निकालियो भने त्यसले आन्दोलनलाई फाईदा होईन नोक्शानी पु-याउछ ! तर मुख्यकुरा भनेको बर्तमान नै हो ! बर्तमानमा कस्ले कहा के गर्दैछ ? त्यसको आधारमा को के हो ? भन्ने कुरा ठिक ढंगले ठम्याउन सकिन्छ ! भनिन्छ ‘एउटा माघले जाडो जादैन ‘ एउटा माओवादीले आफु माओवादी भैरह्नको निम्ति एकपटक मात्र होईन पटक पटकको परिक्षामा आफुलाई पास गर्न सक्नु पर्दछ ! महान जनयुद्धको क्रममा माओवादी परिक्षामा पास भएको मान्छे अहिलेको परिस्थितिमा पनि उ पास नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ! अबस्य उ पास भए बर्तमानमा पनि माओवादी हुन्छ फेल भए माओवादी हुदैन ! बिगतमा सो परिक्षामा फेल भएको मान्छे उ सधै फेल नै हुन्छ माओवादी बन्न कहिल्यै सक्दैन भन्ने पनि होईन बर्तमानमा पास भएर उ माओवादी बन्न सक्छ, उसलाई माओवादी बन्ने अधिकार छ ! हिजो कुनै कारणबश माओवादी आन्दोलन भन्दा बाहिर रहेको मान्छे उ सधै माओवादी आन्दोलन बाट बाहिर नै रहन्छ भन्ने पनि होईन ! हिजो भित्र रहेका आज बाहिर जान सक्छ बाहिरको भित्र आउन सक्छ ! हिजो जनयुद्धमा सहभागी नभएकाहरु माओवादी होईनन र उनीहरु कहिल्यै माओवादी हुन सक्दैनन् भन्ने मान्यता राख्नु गलत हो ! त्यस्तै हिजो जनयुद्धमा सहभागी भएकाहरु मात्र माओवादी हुन् र उनीहरु सधै माओवादी नै रहन्छ भन्ने शोच्नु पनि गलत हो ! हिजो माओवादी बिचारमा कन्भिस नभएको मान्छे आज सो बिचारमा कन्भिस भएर असल माओवादी बन्न सक्छ ,हिजो माओवादी बिचारमा सहमत मान्छे आज सो बिचारमा असहमत बनेर पलाएन हुनपनि सक्छ ! माओवादी बन्नु भनेको विचारको कुरा हो , महान जनयुद्ध लड्नु भनेको बिचारका साथै प्राबिधिक र सांगठानिक कुरा पनि हो ! जनयुद्ध लडेर या न लडेर जसले माओवादी दर्शन ,विचार ,सिद्दान्त र मुल्य मान्यतालाई आफ्नो जीवन दर्शन बनायो र बनाईरहेको छ त्यो माओवादी थियो र माओवादी हो ! तर माओवादी बिचारलाई पथ प्रदर्शक सिद्दान्त मान्ने संगठन एक भन्दा बढी भएको अवस्थामा जुन संगठनले माओवादलाई मार्गदर्शक सिद्दान्त मान्दै जनयुद्धको सचेत पहल ग-यो त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भयो ! जुन संगठनले माओबाद्लाई मार्गदर्शक सिद्दान्त त मान्यो तर जनयुद्धको सचेत पहल गरेन त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भएन फरक यत्ति हो !
अन्त्यमा दोहो-याएर : दश बर्षे महान जनयुद्धको उच्च लोकप्रियताको दोहन गर्दै आफुलाई माओवादी दावी गर्ने राजनैतिक व्यापारीहरु नेपालमा कम छैनन् ! महान जन युद्धमा जस्ले जुनस्तरको त्याग र बलिदान ग-यो उस्लाई त्यही स्तरमा सम्मान गरिनु पर्दछ यो निर्बिबाद सत्य हो ! तर बिगतमा कसैले महान जनयुद्धमा गरेको त्याग र बलिदानकै आधारमा बर्तमानमा उसले जतिसुकै माओवादी मूल्य र मान्यता बिरोधि हर्कत गरेपनि , क्रान्ति प्रति जतिसुकै बिस्वासघात र गद्दारी गरे पनि फेरि उस्ले आफुलाई माओवादी नै हु भनि दावी गर्छ भने त्यो दावी निरर्थक हो उ माओवादी हुदै होईन ! बरु उ हुनसक्छ पुर्व माओवादी ,खाओवादी , अवसरबादी ,पलायनबादी ,नव संशोधनबादी ,संसदबादी या नव प्रतिक्रियावादी !