Friday, February 10, 2017

बोनम्यारो प्रत्यारोपणको अर्को बिकल्प, डबल स्टेमसेल

 बोनम्यारो प्रत्यारोपणको अर्को बिकल्प डबल स्टेमसेल 

एप्लास्टिक एनिमिया समयमै उपचार भए पूर्ण रूपमा निको हुनसक्छ। नत्र यही रोगले ज्यानै लिन सक्छ। ‘सुरुमा त छोरालाई डाक्टरले भनेजस्तै महंँगो औषधी खुवाएँ,’ घनश्यामका बुबा रामबहादुरले सुनाए, ‘तर, रोग टसमस भएन। त्यसपछि डाक्टरले एकमात्र उपाय बताए– बोनम्यारो प्रत्यारोपण।’ नेपाली सेनाको दि फेमस महिन्द्र गण, भरतपुर ब्यारेकमा कार्यरत हवल्दार रामबहादुरको दैनिकी छोराको रोगले पुरै परिवर्तन गरिदियो। छोराको जीवनरक्षाका लागि कहिले अस्पताल, कहिले मन्त्रालय त कहिले विभिन्न ब्यारेक चहार्थे।

सैनिक अस्पतालमा उक्त रोगसम्बन्धी विशेषज्ञ नभएकाले घनश्यामको उपचार निजामती कर्मचारी अस्पतालमै गर्नुपर्ने भयो। सैनिक अस्पताल बाहिर गएर उपचार गराउन सेनाले एक लाख रुपैयाँसम्म मात्र खर्च दिन सक्थ्यो। नेपाल सरकारले पनि यस्ता रोगीलाई एक लाख रुपैयाँ दिन्थ्यो। तर, दुई लाखले रोगलाई छोप हाल्न पनि पुग्दैनथ्यो।

बोनम्यारो प्रत्यारोपण गर्नुको विकल्प थिएन। त्यो नभइन्जेल महँंगो औषधी छुटाउनै भएन। त्यसपछि समय—समयमा रगत लिइरहनुपर्ने बाध्यता थियो। नेपालमा ३ वर्षअघि नै सिनामंगलस्थित नोबल अस्पतालले बोनम्यारो प्रत्यारोपण सुरु गरिसकेको थियो। तर त्यहाँ अटोलोगस प्रत्यारोपण मात्र हुन्थ्यो। घनश्यामलाई भने एलोजेनिक प्रत्यारोपण आवश्यक थियो। यस हिसावले भारतमा गएर प्रत्यारोपण गराउनुको विकल्प रहेन। तर त्यहाँ गएर निजी अस्पतालमा उपचार गराउन थोरैमा पनि ४० लाख नेपाली रुपैयाँ चाहिन्थ्यो भने सरकारीमा पालो पाउनै मुस्किल। यतिका धेरै पैसा उनलाई जतिसक्दो छिटो चाहिएको थियो।

रामबहादुरलाई उनकै गणका तत्कालीन गणपति कर्णेल प्रशान्तविक्रम राणाले सेनाले औपचारिक रूपमा धेरै आर्थिक सहयोग गर्न नसक्ने जनाउँदै सेनाभित्रै चन्दा उठाउन सुझाए। उनी आफैंले रामबहादुरका लागि सहयोगको आग्रह गर्दै पत्र लेखिदिए। त्यसपछि रामबहादुर देशका विभिन्न ब्यारेकमा पुगेर हात फैलाए। कर्णेल राणाले नै विदेशमा रहेका केही सहयोगी हातलाई गुहारेर केही पैसा जम्मा गरिदिए। केही पैसा जम्मा भएपछि सेनाकै सम्पर्क सूत्र पहिल्याउँदै रामबहादुर पुगे, नयाँदिल्लीस्थित एम्स अस्पताल।

एम्स अस्पतालका डाक्टरले पनि उनलाई रोग निवारणको विकल्प बोनम्यारो प्रत्यारोपण नै रहेको जवाफ दिए। अस्पतालले बोनम्यारो प्रत्यारोपण गर्न थोरैमा पनि १० लाख भारतीय रुपैयाँ चाहिने पत्र र एक वर्षपछिको डेट पनि रामबहादुरको हातमा थमायो। कहीं कतै केही विघ्नबाधा नपरे घनश्यामको यही जुलाई ११ मा एम्समा बोनम्यारो प्रत्यारोपण हुन्छ। उनका बाबु रामबहादुरले चाहिने पैसा जम्मा गरिसकेका छन्। तर रामबहादुरको मनमा अझै खिल बिझेको छ– नेपालमै प्रत्यारोपण हुनसकेको भए यति धेरै समय र पैसा लाग्ने थिएन।

बढ्दैछ रक्तरोगीको संख्या
बोनम्यारो प्रत्यारोपण रगत रोगी र रक्तक्यान्सर भएकाहरूका लागि जीवनदायक उपचार पद्धति हो। प्रत्यारोपणले धेरै प्रकारका रगत रोग र रक्तक्यान्सर पूर्णरूपमा निको हुन्छन्। नेपालमा केही वर्ष यताको तथ्यांक हेर्ने हो भने रगत र रक्तक्यान्सरका रोगी दुवैको संख्यामा निकै बढोत्तरी देखिन्छ। त्यसैले पनि नेपालमा बोनम्यारो प्रत्यारोपणको आवश्यकता बढेको छ। छिमेकी मुलुक भारतसम्म पुगेर प्रत्यारोपण गर्न थोरैमा पनि ३० देखि ४० लाख रुपैयाँ चाहिन्छ, जुन सामान्य नेपालीको पहुँचभन्दा धेरै परको कुरा हो।बोनम्यारो ट्रान्सप्लान भनेको नै स्टेम सेल ट्रान्सप्लान हो । हाल बिश्वमा यो भन्दा सरल प्रबिधि भित्रियको छ तर नेपालि बजारमा यसलाइ कम बिश्वास गरिन्छ । स्विजरल्यान्डका डक्टर फ्रेड जुलिले सन 2008 मा Malus Domestica जातको स्याउमा मानब सरिर सँग मल्दोजुल्दो स्टेम सेल पत्ता लगायपछि सन् 2012 देखि मलेसियाको फाइटोसाइन्स कम्पनिले यसलाइ प्रयोगमा ल्यायको हो । यो पुर्ण स्विस क्वालिटि फर्मुलेसन पद्दति द्वारा तयार पारियको  फुड सप्लिमेट हो । जसले मानब सरिरमा घाइते भयका,  मरेका तथा अल्छि भयका सेलहरुलाइ रिजेनेरेट गर्ने गर्दछ । 

रामबहादुरको अनुभवमा भारतमा उपचार गराउन पैसा भए पनि सहज भने छैन। ‘सेना, दूतावास सबैतिरबाट सहयोग भएकैले मैले छिटो जचाउने पालो पाएँ। नत्र त त्यहाँ जचाउन पालो पाउनलाई नै महिनौं कुर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि अर्को ठूलो समस्या भनेको रगत नै पाइँदैन। आफूले रगत दिएपछि मात्रै आफूलाई चाहिएको अर्को रगत पाइन्छ।’ उनले आफ्नो छोरालाई अहिलेसम्म २४० पोका रगत चढाइसकेका छन्। ‘नेपालमा नै त रगत पाउन मुस्किल पर्छ। भारतको त कुरा गरेरै सकिँदैन’, उनले भने।

भारतमा लामो समय बसेर उपचार गराउनुपर्ने बिरामीका लागि अर्को समस्या खान—बस्नको पनि हुन्छ। त्यसपछि भाषा। र सबै मिले पनि अन्तिममा समस्या परिरहन्छ पैसाको। ‘त्यहाँ हरेक पाइलामा पैसा तिनुपर्छ,’ रामबहादुरले दुखेसो पोखे, ‘यहाँबाट बिटो बाँधी लिएर जान भएन, लुटिएला भन्ने डर। त्यहाँ मेसिनले पनि कहिलेकाहीं दिँदैन।’ काठमाडौंको सिनामंगलस्थित नोबल अस्पतालमा बोनम्यारो प्रत्यारोपण सुरु भएको ४ वर्ष नै पुग्न लाग्यो। तर, त्यहाँ दिइने सेवाले पनि धेरै रोगीलाई समेट्न भने सकेन।

काठमाडौंको मिनभवनस्थित सिभिल अस्पतालले पनि यही आर्थिक वर्षदेखी बोनम्यारो प्रत्यारोपण सुरु गर्ने भएको छ। त्यसका लागि अस्पताल, चिकित्सक, प्राविधिक सबै तयारी अवस्थामा छन्। उनीहरूले पर्खिरहेका छन् त केवल मन्त्रालयको अनुमति। निजी अस्पतालको महँंगो बसाइका साथसाथै विभिन्न प्राविधिक झन्झटले गर्दा सरकारी अस्पतालमै यो सेवा सुरु गर्नुपर्छ भन्ने सोचमा पुगेको बताउँछन्,अस्पतालका रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. विशेष पौड्याल। सिभिल अस्पतालमा लगभग ५ लाख रुपैयाँमा बोनम्यारो प्रत्यारोपण गर्न सकिने पनि उनले जानकारी दिए।

सिभिल अस्पतालका निर्देशक डा. विमल थापाले रगत रोगका लागि रिफर सन्टेर नै भइसकेको सिभिलले महत्त्वपूर्ण उपचार पद्धति बोनम्यारो प्रत्यारोपण सुरु गर्न अब ढिला गर्न नहुने बताए। निर्देशक डा. थापाका अनुसार अस्पतालले अमेरिकाको इलिनोइ विश्वविद्यालयसँग सहकार्य गरेर यहाँ बोनम्यारो प्रत्यारोपण सुरु गर्नलागेको हो। इलिनोइ विश्वविद्यालयले यहाँ बोनम्यारो प्रत्यारोपण गर्नका लागि चाहिने जनशक्तिलाई उचित प्रशिक्षणका साथै विश्वका विकसित मुलुकमा प्रयोग भइरहेको ‘प्रोटोकल’ अनुसार काम गर्न सहयोग गर्छ। ‘केही दिन अघिमात्रै विश्वविद्यालयका रगतरोग विभागको प्रमुख आएर अवलोन गरेर फर्कनुभयो,’ उनले भने, ‘उहाँले हाम्रो प्रगति देखेर प्रशंसा गर्नुभयो। उहाँ सकेसम्म छिटो नेपालमा प्रत्यारोपण सुरु हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ।’

यसकारण बोनम्यारो प्रत्यारोपण
नेपालमा बढ्दो रगत रोगीका कारण यो उपचार पद्धति अत्यन्तै धेरै आवश्यक भइसकेको छ। नेपालमा विशेष गरी थारु समुदायमा विकराल रूप लिएको ‘सिक्कल सेल एनिमिया’का बिरामीलाई निको पार्न सकिने एकमात्र अचुक उपाय पनि प्रत्यारोपण मात्रै हो। यस्तै, अन्य रगतका रोगहरू जस्तै थालसिमिया, एप्लास्टिक एनिमिया, ल्युकिमिया, लिम्फोमा भएका बिरामीका लागि पनि यो उपचार पद्धति अत्यन्तै प्रभावकारी मानिन्छ। सिभिल अस्पतालमा मात्रै हरेक वर्ष २ सय जनाको हाराहारीमा रगतका नयाँ रोगीहरू उपचार गराउन पुग्छन्। जसमध्ये आधाभन्दा बढीलाई उपचारको कुनै न कुनै सयममा बोनम्यारो प्रत्यारोपण आवश्यक पर्छ।

डा. पौड्याललाई अहिले निकै तनाव दिइरहेको विषय भनेको खाडी मुलुकमा काम गर्न गएर फर्किएकाहरूमा देखिन थालेको रगत रोग र रक्तक्यान्सरको समस्या हुन्। ‘मकहाँ उपचार गराउन आउनेमध्ये धेरै वैदेशिक रोजगारमा गएर फर्किएकाहरू छन्,’ उनले भने, ‘उनीहरूमध्ये धेरैमा मैले एप्लास्टिक एनिमिया भएको पाएको छु। र अन्य केहीमा अरु रगतका रोगहरू पनि भेटिएको छ।’

यस्तै ‘जर्नल अफ नेपाल पेडियाट्रिक सोसाइटी’मा प्रकाशित बाल क्यान्सर रोग विशेषज्ञ डा. कैलाशप्रसाद साहको अध्ययन प्रतिवेदनअनुसार सन् १९९८ देखि २०१२ मार्चसम्म कान्ति अस्पतालमा मात्रै ७ सय ५५ जना क्यान्सर लागेका बालबालिका उपचार गर्न पुगेका थिए। यसमध्ये आधा रक्तक्यान्सरकै रोगी थिए।

डा. साहको प्रतिवेदनअनुसार क्यान्सर लागेका बालबालिका उपचारपछि पाँच वर्ष वा बढी बाँच्नेको संख्या २८.३ प्रतिशत छ। १७.७ प्रतिशतले उपचार गराइरहेका छन् भने २३.७ प्रतिशतको मृत्यु भएको पाइएको छ। ३०.३ प्रतिशत बालबालिकाको उपचार भने विभिन्न कारणले बीचैमा रोकिन्छ जसको प्रमुख कारण आर्थिक व्ययभार हो।

सिभिल अस्पतालका रगत रोग विशेषज्ञ डा. पौड्याललको अनुभवमा पनि अस्पताल आउने धेरै बिरामीमा रक्तक्यान्सर देखिन थालेको छ, त्यो चाहे बालबालिकामा होस् या वयस्क। उनका अनुसार बालबालिकामा देखिएको रक्तक्यान्सर एवं रगतका रोगको प्रत्यारोपणपछि निको हुने सम्भावना वयस्कको भन्दा निकै धेरै हुन्छ।

नेपालमै प्रत्यारोपण सम्भव भए धेरैले नयाँ जीवन पाउनेमा कुनै द्विविधा छैन। इलिनोइ विश्वविद्यालयका प्राध्यापक एवं रगतरोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डामियानो रोन्डेल्लीका अनुसार पनि नेपालको सरकारी अस्पतालमा निकै कम खर्चमा यो सुविधा दिन खोज्नु विश्वकै लागि उदाहरण हो। ‘हामीले यहाँका चिकित्सकदेखि प्राविधिक र नर्सहरूलाई अमेरिका लगेर प्रशिक्षित गरेका छौं,’ उनले भने, ‘यहाँ प्रत्यारोपणका लागि प्रयोग हुने सबै सामान आधुनिक र विश्व स्तरका छन्। र प्रोटोकल पनि हामीले बनाइदिएका छौं।’

नेपालमा ५ लाख रुपैयाँ हाराहारीमा प्रत्यारोपण सुरु गर्न खोजिएको छ, जुन भारतको कुनै पनि सेन्टरभन्दा ३ वा ४ गुणा र अमेरिका, अष्ट्रेलिया वा युरोपका अस्पतालभन्दा २० गुणा सस्तो हो।नेपालमा प्रत्यारोपण सुरु भएसँगै हुने अर्को प्रमुख फाइदा भनेको विश्वको दुईवटा सेन्टरमा मात्र भइरहेको सिक्कल सेल एनिमियाका लागि गरिने विशेष प्रकारको प्रत्यारोपण यहाँ सुरु हुनसक्छ। ‘विश्वमा अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ र इलिनोइ विश्वविद्यालयमा मात्रै सिक्कल सेलका बिरामीलाई कुनै किमो नदिइकन प्रत्यारोपण गरिन्छ,’ उनले भने, ‘यस्तो प्रत्यारोपण पाएका ९० प्रतिशत बिरामी पुरै निको हुन्छन्। यसले थारु समुदायका धेरैलाई राहत मिल्छ।’

प्राध्यापक डामियानोका अनुसार नेपाल भ्रमणमा रहँदा उनले यसबारे स्वास्थ्य मन्त्रीसँग पनि कुरा गरेका थिए। स्वास्थ्य मन्त्री रामजनम चौधरी आफैं थारु समुदायबाट भएकोले पनि उनलाई प्रत्यारोपणप्रति निकै चाख रहेको डामियानोको भनाइ छ। ‘मैले प्रत्यारोपणका फाइदाबारे बताएपछि मन्त्री चौधरीले महिना होइन, हप्ता दिनमै यो सेवा सुरु गर्नुपर्छ भने,’ रोन्डेलीले भने, ‘उनले स्वास्थ्य मन्त्रालयले गर्ने सम्पूर्ण सहयोग तत्काल गर्न तयार रहेको बताउँदै हामीलाई हौसला दिएका थिए।’

के हो बोनम्यारो प्रत्यारोपण?

सामान्य रूपमा बुझ्दा बोनम्यारो नलिहाडभित्र हुने मासी हो। बोनम्यारोभित्र ‘स्टेम सेल’ भन्ने विशेष प्रकारको कोष हुन्छ। यसै कोषले रगतका अन्य विभिन्न रक्तकोष निर्माण गर्छ। स्टेम सेल थोरै मात्रामा रगतमा पनि हुन्छ। विभिन्न औषधीको प्रयोगले बोनम्यारोभित्रका ती स्टेम सेलहरूलाई रगतमा ल्याउन सकिन्छ र शरीरबाट रक्तदान गरेझैं सजिलै बाहिर निकाल्न सकिन्छ।

रक्तसञ्चार सेवाले रक्तदाताबाट संकलन गरेको रगतमा पनि स्टेम सेल हुन्छ। रगतदान गरेझंै स्टेम सेल निकाल्ने र रगत दिए जस्तैगरी स्टेम सेल दिइने हुनाले बोनम्यारो प्रत्यारोपणलाई ‘स्टेम सेल प्रत्यारोपण’ वा ‘स्टेम सेल ट्रान्सफ्युजन’ पनि भनिन्छ। त्यसैले विकसित मुलुकहरूमा बोनम्यारो प्रत्यारोपणलाई अंग प्रत्यारोपण नीति अन्तर्गत राखिएको हुँदैन।

बोनम्यारो प्रत्यारोपण दुई किसिमका हुन्छन्, अटोलोगस र एलोजेनिक। अटोलोगस भन्नाले कुनै व्यक्तिको शरीरबाट स्टेमसेल निकालेर त्यही व्यक्तिलाई दिनु हो। यस्तै एलोजेनिक भनेको चाहिँ एउटा व्यक्तिको शरीरबाट झिकिएको स्टेम सेललाई अर्को व्यक्तिलाई दिनु हो।

 अब माथि उल्लेखित समस्या को सहज समाधान प्लान्ट स्टेम सेल अर्थात डबल स्टेम सेल थेरापि पद्दति हो । जसले सहज रुपमा नेचुरल स्टेम सेल उद्पादन गरि ब्यतिलाइ नयाँ जिबन दिन मदत पुर्याउँछ । यसको प्रयोग नेपालमा दिनानुदिन बढ्दो अबश्थामा छ । तसर्थ समयमै यसको प्रयोग गरि स्वस्थ बन्न आह्वान गरिन्छ । यसको कम्पनि मलेसियाको सेलेङ्गर स्थित बङ्गर बारु भन्ने स्थानमा अबस्थित छ । नेपालमन यसको प्रयोग गर्न  चाहानुहुन्छ् अथाबा बुझ्न चाहानुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ । 

सबिन खड्का दोलखा 

फोन :- 9861902202 

पुस्कर खड्का: - 9840188547

देबेन्द्र खड्का: -9843612035

Email:- phytosciencesabin@gmail.com


1 comment:


  1. नमस्ते सम्पुर्णमा !!
    मेरो नाम देबेन्द्र खड्का । म PHYTOSCIENCE Company मा अाबद्ध छु । म एक Stocker हुँ । Double Steamcell Product नै तपाईको नयाँ जिबन को आधार हुनसक्छ । त्यसैले , तपाई जुनसुकै रोगबाट बिरामि हुनुहुन्छ बेलैमा उपचार गरि स्वस्थ जिबन जिउनुहोस् । थप जानकारिको लागि सम्पर्क नः 9843612035

    ReplyDelete