Sunday, February 5, 2017

म भित्र लुकेको रहस्य !!! - सबिन खड्का

म भित्र लुकेको रहस्य! !!
                     सबिन खड्का
यस संसारका धेरै रहस्यमाय कुरा जस्तै जीवन पनि एक हो । धेरै गहिराईमा पुग्ने हो भने यो जीवन कस्कालागी, कसरी , किन , कती समय चलिरहेकोछ अर्थै आउँदैन । न जिउनेले सोँचे जस्तो छ कसैको जीवन ?
बिचार गर्नुस त तपाईंको जन्मदै अपाँग, लाटो , सुस्तमनस्थिती , तुहुरो , गरीब परिवार म जन्मिएको भए ? शायद तपाई गरीबिले थिचिएर सधैं अरुको सेवा मै ब्यस्त हुनुहुन्थ्यो कि ? कित धनी परिवारमा जन्मेर जीवन भर अरुलाई पैसाको आडमा शोषण गरिरहनु हुन्थियो ? रहस्य माया जीवनको रहस्य कैले खुल्ला ? प्रतिक्षा गरौ ।

यात्रा सँगै जीवनका लक्ष्यलाई पूर्णरुपमा परिवर्तन गर्दै अगाडि बढेको यो जीवन बिभिन्न परिस्थिती सँगै जुध्न पुग्छ, परिस्थिती नयाँ नयाँ रुपमा आइपरिदिदा लक्ष्यको अनन्तता अझ ताढिएर सुन्यतामा पुगेको अभास हुन्छ । तर परिस्थितीहरुले कोल्टो फेरी यात्राबाट बिस्थापित भैदिदा लक्ष्यको बिजय भै बिजयोत्सबको गुञ्जाएमानको भान नभएकापनि होइनन । तर पनि कस्को जिबन यात्रा संघर्षबिहिन होलार ? को असफलतासँग अपरिचित होलर ? कस्ले पूर्ण सफलता पएको होला र ? र कस्ले प्रयास बिनाको लक्ष्य प्राप्त गरेको होलर ? यस्तै यस्तै हुरिहरुले मनै उडाएर अनन्ततामा पुर्‍याउछ र अप्राप्य सफलताले मनोपचार गर्दछ । लाग्छ साएद सफलताको यो रुप पनि मेरो यात्रामा सहयात्रिको भूमिका निभाईरहेको छ । असल लक्ष्यमा अफुलाई हिडाउदा सहयात्रिको साह्रै खाचो पर्दो रहेछ र एस्तो असल सहयात्रीको अभाबमा अझ यात्राले सँघर्ष को भुमरिमा फस्नु पर्दो रहेछ ।
एक्लो रुपमा समाजबाट नै टाढा भएर यात्रा त कस्ले पो गरेको होलर ? तर यो वाध्यात्मक परिस्थिती र सामाजिक भै हिडन साह्रै काठिन कुरा रहेछ भन्ने भान पर्दो रहेछ ।
तर पनि लक्ष्यको ति अप्राप्य र सुनौला अनि ज्यादै छोटो क्षण को प्राप्तीकालागी यो लामो, निरसलाग्दो, पटयाटलाग्दो यात्रा बनाउनु र जीबनलाई दु:खको खडलमा / समुन्द्रमा पौडाउनु आफैमा अनौठो लाग्दो कुरा हो । यात्रा कथित शुख र मनोरन्जनपूर्ण बनाउने र त्यो छोटो र आउदो क्षणलाई पश्च्तापपूर्ण रुपमा अन्त्य गर्ने आचरण मैले देखेको छु । र डर लाग्दछ अनि मेरो यात्राले पनि यस्तै यात्रीको भिडमा परि अल्मलिनु पर्ने त होइन ????????

No comments:

Post a Comment