Tuesday, February 7, 2017

पहिलो पटक मनकामना दर्शन तथा भ्रमण _ सबिन खड्का

मनकामना दर्शन
मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थाल हो । आफ्नो मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ । भने, सोही जनविश्वासका कारण मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा आउँछन् ।यहि क्रममा मैले पनि आज मनकामना दर्शन  तथा भ्रमण गर्ने अबशसर पायँ ।

 
मनकामना मन्दिरको ईतिहास बारे किम्बदन्ती

मनकामना माईका पुजारी ईन्सान थापा मगरका अनुसार, राजा रामशाहा (विसं १६१४ देखि १६३६) का रानी लिलावती या पुण्यवतीदेवी अवतारी थिईन रे । लखन थापा लिलावतीका अति नजिक भक्त थिए । एकपल्ट राजा रामशाहले गाृेरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् । त्यसपछि राजा अचानक विरामी भई स्वर्गिय भए । उनको अन्तेष्टि मस्र्याङदीनदीको–दरौदी दोभान रामशाहा घाटमा गरियो । त्यसवेलाको चलन अनुसार रानी लिलावती पनि राजा रामशाहा सँगै सती गईन । भक्त लखन थापा शोकाकुल भई विलाप गर्दा रानीले, “तिम्रो ईच्छा पूरा गर्न तिर्मै गाउँको एकछेउमा फेरी प्रकट हुनेछु,” भनेर भनिन रे । त्यसको सात महिना पछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अडकी त्यसबाट दुध र रगत बग्न थालेछ । दृव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्धारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरियो । सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए । मनकामना माईको हालको पुजारी लखन थापाको सत्रौ पुस्ताका सन्तान हुन । 

यो मन्दिर परिसरमा १५ भन्दा बढी देवी देउताहरुको मन्दिरहरु रहेका छन् । ती मध्येको एउटा हो, वंकेश्वरी मन्दिर । यो मन्दिर मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित छ जहाँ वाक्य फुट्न नसकेका वा लुला लङगडा बालबालिकालाई दर्शन गराएमा वालवालिकाको वोली फुट्ने र हातखुट्टा दहे हुन्छ भन्ने जनविश्वास रहि आएको छ ।

पूजा आज ?

मन्दिरमा नित्य पूजा विहान ७ वजे र साँझ ६ बजे गरिन्छ । भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणहरुको लागि वलि र पूजा शुरु हुन्छ ।

बली

यहाँ विशेषताः अष्टमीका दिन बली चढाईन्छ ।

कस्तो बली ? के चढाउने ? घण्ट, परेवा, बोका ? फुल ? 
किन्न पाईन्छ यि चढाउने सामानहरु? 
जनविश्वास
विशषता के छ ? 
कसरी जाने मनकामना मन्दिर ? 
कुन कुन पूजा कहिले गरिन्छ ? 
पूजाको बारेमा ?

कसरी पुग्ने ?

यदी तयाई पैदल यात्रा गर्न रुचाउनुहुन्छ, भने पृथ्वीराजमार्गको आँबुखैरेनीबा मस्र्याङदी नदीको सानो पुल तरेर करिब ४ घण्टाको उकालो पैदरयात्रा गरेपछि तपाई मनकामना मन्दिर पुग्न सक्नुहुन्छ । होईन भने, पृथ्वीराजमार्गसगै, कुरिनटार नजिकै चरेस भन्ने स्थानमा मनकामना मन्दिरको परिसर नजिकै सम्म पुग्न सक्ने गरी मनकामना केवलकार नामक केवलकारको सुविधा छ । यो सुविधाको प्रयोग गरी तपाई मनकामना मन्दिर पुग्न सक्नुहुन्छ ।

 

केवलकारको प्रयोग गर्दा कति पैसा लाग्छ ? टिकट कहाँ किन्ने ? 

यदी तपाई काठमाडौबाट जादै हुनुहुन्छ भने, तपाईले बस, कार या मोटरसाईकलबाट करिब १०२ किलोमिटर तय गरेपछि चितवन जिल्लाको कुरिनटार नजिकै, चरेस भन्ने स्थानमा पुग्नुहुनेछ । जहाँ तपाई, दर्शनार्थीहरुको सुविधाको लागि मनकामना मन्दिरको परिसर नजिकै सम्म पुग्न सक्ने गरी केवलकारको व्यवस्था गरिएको छ । मनकामना केवलकार नामक यो सुविधा अहिले सम्म नेपालको एकमात्र केवलकार सेवा हो । यो सेवाको माध्यमबाट तपाई १० देखि १५ मिनेट मै मन्दिर परिसरमा पुग्न सक्नुहुन्छ ।

मनकामना मन्दिर कहाँ पर्छ ?

यो मन्दिर, गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर सदरमुकामको पोखरीथोक वजारदेखि १२ किलोमिटर दक्षिण तनहू, आँवुखैरेनीदेखि ५ किलोमिटर पूर्व र चितवन मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटर अग्लाईमा अवस्थित यो मन्दिरको परिसरबाटबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरतर्फ अन्नपुर्ण, हिम्चुली र मनास्लु हिमालका थुम्कोहरु देख्न सकिन्छ । भने, मन्दिर प्ररङगणबाट दुवै क्षितिजमा सुर्यादय सुर्यास्तका मनमोहक दृष्य देख्न सकिन्छ ।

मनकामना मन्दिर परिसरको चाँपको रुखमा भगवती देवीको वास

प्रसिद्ध मनकाना मन्दिर दर्शन गर्न हजारौ भक्तजनहरु वर्षेनी गोरखा आई पुग्दछन । पूजाआजा गर्दछन् । बली दिन्छन् । परेवा उडाउछन् । तर मन्दिर परिसरमा रहेको यो भिमकाय चाँपको रुखबारे कसैले पनि हेक्का राख्दैनन् र सोध्दैनन् पनि । तर मनकामना मन्दिर अगाडी रहेको यो चाँपको रुख करिव ४०० वर्ष भएको स्थानियबासीहरु बताउँछन् । पहेलो फुल फुल्ने यो चाँपको रुख उमेरका कारण बोक्राहरु चाउरिदै गए जस्तो देखिन्छ । स्थानियबासीहरुका अनुसार चाँपको यस रुखबाट कडा वासना आउँछ । जुन वासना लम्जुङ सम्म पनि पुग्दछ रे । उनीहरुका अनुसार हुरी बतास अउँदा धेरैपटक रुखका हाँगाहरु भाच्चिए तर अहिलेसम्म मानविय तथा भौतिक नोक्सानी भएको छैन । त्यसैले यो रुखमा पनि भगवती देवीको वास भएको मानिन्छ ।

No comments:

Post a Comment