Sabin Khadka- if you want to do team work on online with our team join now. its our health and wealth programme.
Tuesday, August 29, 2017
Thursday, June 22, 2017
Wednesday, April 19, 2017
तपाइ बिकल्प कुर्दै बस्ने कि आफैँ तात्तिनेद? सबिन खड्का
नेपाललाई चाहिएको २१ औं शताव्दी सापेक्ष नेतृत्व हो । नेपालीमा जोश र होश दुबै भएको नेतृत्व छान्न पाउने जिम्मा जनताले पायका छन । यो लामो जन सँघर्ष र प्रतिक्षाको परिणाम हो ।
हरपल अाफू र अाफ्नो समाजप्रति जिम्मेवार रहन सक्ने कुनै पनि मनुष्यलाई म राष्ट्रबादि ठान्दछुँ।
क्यान्सरलाई ब्रुफिन खाएर ठीक हुँदैन, केमोथेरापी नै चाहिन्छ भने झैं अहिले राजनीतिक कु-संस्कारलाई हटाउन बाहिर बसी सुधार्न खोज्नुभन्दा युबाबर्ग राजनीतिमा सु-संस्कार ल्याउने यस्तो संगठन-सन्जाल-शक्ति बनाउनु पर्छ जसले सकारात्मक भाईरस जस्तो गरी राजनीति गर्ने सबैमा सु-संस्कार सार्छ। राजनीतिमा सु-संस्कार ल्याउन राजनीतिमा लागेको युबाहरुले स्थान पउनु पर्यो । राजनीति सुधारे शान्त र संमृद्ध नेपाल हाम्रै कालमा बन्छ !
नेपालीलाई अबको ५ वर्षमा सक्षम नेतृत्व बनाउने इन्जिन (प्रणाली) बनाई अाफूभन्दा सक्षम नेतृत्वलाई हस्तान्तरण गर्ने जमर्को लिएको छु। मेरो उद्देश्य दक्ष नेपालीहरुलाई जोडेर शान्त-संमृद्ध नेपाल बनाउने दिशामा लम्काउनु हो।
सबै साथीहरुलाई अाफ्नो सर्वोत्कृष्टता देखाउनतिर धकेल्ने उद्देश्य बोकेको छु।
यो योग्यतामुखी संगठन हो जहाँ देशलाई राम्रो गर्छु भन्ने हरेकले ढुक्कसँग हाम्फालेर देशको सेवा गर्न ठाउँ दिइन्छ। यसले अात्माबाट समानतालाई अँगालेको छ। विविधताबीच एकता ल्याउन हर पल प्रयासरत छ।
अब नेपालीको प्रमुख चुनौती भनेको यस भित्र नेतृत्वको संख्या बढाउनु पर्नेछ। त्यसैले समाजमा अा-अाफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गरेका नेपालीहरुलाई समय दिलाई पूर्ण बनाउन पहल गर्ने छु।
सक्षम नेतृत्व बनाए मात्र नेपाल समृद्ध बन्छ हाम्रै कालमा। समस्या र समाधान यसैमा छ। हरेक नेपालीमा यही विवेक जगाउन सक्नु नै हाम्रो चुनौती हो। नागरिकलाई , समाजलाई उद्दमशील र राज्यलाई हितकारी अनि सरकारलाई सेवक बनाउने चेष्ठा गर्नु छ। तपाई हामि मिलेर ।
अब अन्तमा
देशप्रति चासो राख्ने साथीहरुलाई एउटै प्रश्न : तपाईँ विकल्प कुर्दै बस्ने कि अब अाफै बनाउन तात्तिने ?
Sunday, April 16, 2017
पायल्स कसरि हुन्छ?
मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खान्पान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोगले कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी देखा पर्ने हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
पायल्सका बिरामीले के के नखाने ? के के बार्ने ?
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
पायल्स रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने । खाना खाँदा मुला, काँक्रो, गाँजर खाने ।
नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
पायाल्सको उपचार :
पायल्स रोगको एलोपेथिक बिधिबाट उपचार सम्भब छैन । रोग लाग्न नै नदिनु उत्तम उपाय हो । बिषेश खानपान र जीवनसैली मा बिषेश ध्यान पुर्याय पायल्स रोग लाग्दैन । केही गरि लागि हाले पानी चिन्ता लिनु पर्ने केही कारण छैन । एलोपेथिकबाट उपचार नभय पनि आयुर्बेदिक विधिबाट उपचार सम्भब छ ।
Friday, April 14, 2017
राँगा काटेर भोज लगाउँदैमा भोट दिने मतदाता छैनन अब .. सबिन खड्का
लामो रिक्ततालाई चिर्दै दुई दशकपछि स्थानीय चुनावको घोषणा भएपछि स्थानीय तहमा मात्रै होइन राष्ट्रिय राजनीतिमा नि नयाँ तरंग आएको छ । लोकतन्त्रलाई देशको रेसा–रेसामा पु¥याउने काम स्थानीय चुनावले गर्दछ । चुनावको घोषणा, चुनावको सफलतासँगै यसको अनुभूति जनताले गर्न पाउनुपर्छ । देशमा पूर्ण लोकतन्त्र प्राप्त भइसक्दा पनि त्यो १० वर्षसम्म संविधानसभा भवनतिरै घुमिरह्यो । त्यो केही सिंहदरबारतिर अड्कियो । केही बालुवाटारतिर अड्कियो । केही शीतल निवासमा रह्यो । केही सानेपा, बल्खु र पेरिस डाँडातिर भयो । केही बुढानिलकन्ठ, लाजिम्पाट र बालकोट दरबारतिर रह्यो । केही ओली र देउवाका लबेदाको तुनामा अड्किए । केही प्रचण्डका कोटका गोजीमा भड्किए ।
बरु शाही शासनकै मतियारहरुले पटक–पटक तर मार्न भ्याए । तर, गाउँबस्तीसम्म लोकतन्त्र पुग्नै पाएन । आमजनताले आफ्नो दैलोमा लोकतान्त्रिक शासनको अनुभूति गर्नै पाएनन् । शाहीकालीन समयदेखि सुरु भएको कर्मचारीको कामचलाउ संयन्त्र आजसम्म रहिरहे । सरकारैप्रति नै, संरचनाप्रति नै कहिल्यै जिम्मेवार हुन नसकेको नेपालको कर्मचारीतन्त्र जनताप्रति त कसरी उत्तरदायी र जवाफदेही होउन् ?
यसै त कसरी कमाउँ ? कसरी बढीभन्दा बढी लाभ पाउँ ? भन्ने मात्रै एकसूत्रीय ध्याउन्नमा रहेका कर्मचारीहरुले गाउँकै जिम्मा पाउँदा तिनले स्थानीय जनतालाई मात्रै कजाएनन् । अप्ठेरो परिस्थितिमा सरकारलाई समेत चेपुवामा पारेर आच्छु खेलाए । बिपतकै बेला हडताल गरेर आफ्नो दुनो सोझ्याए । न कहिल्यै चुनाव जित्न परोस्, न जनतामा जानु परोस्, जबाफदेहिता तिनमा शून्य भयो । सँगै सर्वदलीय संयन्त्रको नाममा दलका कार्यकर्ता पुटुस्स मोटाए । तर, जनताले लोकतन्त्रको रस्वादन गर्न कहिल्यै पाएनन् । जनताले लडेर ल्याएको लोकतन्त्र, लोकतान्त्रिक सरकार सिंहदरबारमै थन्कियो । सरकारको वितरण हुन सकेन । देशका कुना–कुनामा रेसारेसामा सरकार पुग्न सकेन । सकिहाले पनि उही पुरानो कर्मचारीतन्त्रमार्फत जाँदा पुरानै शाही गन्ध ह्वास्स आइरह्यो । जनताले सानो प्रशासनिक काममै सास्ती बेहोर्न परिरह्यो । विकास निर्माण ठप्प भयो ।
त्यसैले होला चुनाव घोषणाले अहिले गाउँ, शहर र बस्तीरुमा बेग्लै उमङ्ग सञ्चार भएको छ । भलै मधेसी दलले उठाएका मागहरु सम्बोधन नभई चुनावको घोषणा हुँदा चुनाव हुने हो कि नहुने हो भन्नेमा आशंका छ । तर, आशंकाकै बीच पनि चुनाव हुने कुराले गाउँ–शहर उत्साहित छ । संविधानप्रति मधेसी दलको असन्तुष्टिका बाबजुद पनि मधेस चुनावको व्यग्र प्रतीक्षामा देखिन्छ । बिच्काउने र बिच्किने खेललाई परास्त गर्दै मधेसीले उठाएका मागहरुलाई सम्बोधन गर्न सके २० वर्षपछि आएको यो उत्सव महाउत्सव बन्ने छ ।
स्थानीय तह चुनावले शासन गर्न कुनै लाउकेलाई सिंहदरबार पठाउने नभई आफैंबाट आफ्नै ठाउँमा सरकार स्थापना गर्ने हुँदा संसदीय चुनावभन्दा स्थानीय चुनावको रौनक बेग्लै छ । जो स्थानीय जनजीवन र विकास निर्माणसँग प्रत्यक्ष सम्बन्ध राख्छ । त्यसमाथि गणतन्त्र आएपछिको पहिलो स्थानीय चुनाव र नयाँ संरचनाअनुसारको नयाँ चुनाव हुँदा यसको चुनाव विशिष्ट छ ।
त्यसमाथि ३८ वर्ष उमेरसम्मका अर्थात् मुलुकका ऊर्जाशील नागरिकका लागि यो पहिलो स्थानीय चुनाव हो । जो मुलुकको आधुनिकतासँगै हुर्किएका, लोकतन्त्रका लागि लड्दै हुर्किएका पुस्ता हुन् । यही पुस्ताको भोटले गाउँगाउँमा, टोलटोलमा लोकतन्त्रको जग बसाल्ने छ । जनप्रतिनिधि पनि यही उमेर–समूहबाट आउन सके त्यो समृद्ध, समुन्नत गाउँ–शहर निर्माणको जग हुन सक्नेछ ।
गाउँ–शहरको विकास कसरी हुन्छ ? गाउँ–शहरमा लोकतान्त्रिक पद्धति थिति कसरी र कस्तो बस्छ भन्ने कुरा आउँदो स्थानीय चुनावमा चुनिएर आउने प्रतिनिधिमा भर पर्छ । यसप्रकार यो चुनावमा मतदाताहरु अब आफ्नै गाउँ–शहर बनाउन प्रत्यक्ष सहभागी हुँदैछन् । यस समय मतदाताले विवेक गुमाइदिए भने गलत प्रतिनिधि चुनिन सक्छन् । र, हाम्रा गाउँशहरहरु फेरि पछाडि धकेलिन सक्छन् ।
खुसी नै मान्नुपर्छ– अचेल गाउँगाउँमा राजनीतिक चेतना पुगेको छ । पहिलेजस्तो खसी, राँगा काटेर भोज लगाएकै भरमा भोट दिने मतदाता छैनन् । तर, जनताहरु पार्टी र दलहरुमा यसरी विभाजित छन् कि कुन घर, कुन पार्टीका भोटरको हुन् धुरी नै हेरेर चिनिन्छ । आँखा चिम्लेरै कुनै पार्टीलाई भोट हाल्नेहरु धेरै छन् । यस्तोमा स्वार्थ पूर्तिका लागि राजनीतिमा छिरेका, पैसा र प्रभावका आधारमा टिकट पाएकाले चुनाव जित्ने सम्भावना हुन्छ । कम्तीमा नि यस्ताले चुनाव नजितुन् । आउँदो चुनावमा पञ्चायतमा प्रधानपञ्च भएका, पछि गाविस भएका, फेरि यसपाली गाउँ र नगर प्रमुख नचुनिउन् । किनकी राजनीति, पद कसैको स्थायी जागीर होइन । हरेक परिवर्तन र पद्धतिसँगै छेपारा जसरी फेरिने यस्ता व्यक्तिले आफ्नो पद पाएर आफ्नो जीवनमा परिवर्तन ल्याउन सक्छन् । गाउँ–शहरमा परिवर्तन ल्याउन सक्दैनन् ।
पक्कै पनि स्थानीय चुनावमा ‘डोजर’को प्रभाव पर्नेछ । सडकका नाममा डोजर कुदाइ डाँडाकाँडा भस्काउनेहरु, गाउँमा पानीको पाइप जोडिदिनेहरु, पुल मैल्यै बनाएँ भनी दाबी गर्नेहरु पक्कै पनि स्थानीयको आकर्षणमा पर्न सक्छन् । यही आकर्षणको प्रभावमा मतदाता नबहकिउन् । किनकी चुनावमा प्रतिनिधि चुन्ने हो । ठेकेदार होइन । बाटोघाटो, पुलपुलेसा, विकास निर्माण त जनताको अधिकारै हो । जो आए नि गर्नै पर्छ । तर, यो बुझ्न गाह्रो पर्नेछ ।
पुरानो पुस्तामा चाहिने जति गति छैन । इच्छा शक्ति र ह्याउ छैन । नयाँ पुस्तामा जसरी पनि कमाउ भन्ने सोच छ । चुनिने दुवै उमेर समूह स्थानीय तहको समुन्नतिका लागि खतरामुक्त छैनन् । कम्तीमा नि इच्छाशक्ति, इमानदारिता र निष्ठासहितका राजनीतिक प्राणी चुनिउन् । जो गाउँ नगरको विकास, उन्नति मात्रै होइन नयाँ नेपालकै जग बन्नु छ । संविधान कार्यान्वयनको पहिलो गौडो त यो हुँदै हो ।
Tuesday, April 4, 2017
देश र जनताको लागि काम गर्ने कि टाउको फोर्ने?
भनिन्छ, नीतिहरूको राजा राजनीति– अर्थात् सबै नीतिहरूको मूल–स्रोत राजनीति हो । यो बिग्रिए सबै बिग्रन्छ र सप्रिए सबै सप्रिन्छ । राजनीतिमै देशको सामाजिक, आर्थिक, शैक्षिक, व्यापारिक, सांस्कृतिक आदि सबै पक्ष र पहलुको इतिहास लेखिन्छ, वर्तमान बन्छ र भविष्यको रेखा खिचिन्छ ।
त्यसैले राजनीति सूत्र वा परिभाषामा स्पष्ट र भाष्य वा व्याख्यामा सरल र विशाल हुनुपर्ने हो । अनि जनताले बुझ्थे । द्विविधा रहँदैन थियो । पहिले त्यस्तै थियो होला । अहिले पनि कहीँ कतै त्यस्तै होला । राजनीति स्पष्ट र सरल भएका ती देशहरू उन्नति–प्रगतिमा होलान् । होलान् के, छन् नै । जहाँ राजनीतिबारे जनतालाई द्विविधा हुँदैन, त्यहाँ कुनै पनि खाले भ्रम रहँदैन । जहाँ राजनीतिबारे जनता द्विविधामा हुन्छन्, त्यहाँ सबैतिर भ्रमै भ्रम हुन्छ । भन्नु परोइन, भ्रममा सुखेती हुँदैन । दुर्खेती हुन्छ । अशिक्षा–गरिबी, शोषण–अन्याय–अत्याचार, अभाव–महँगी सब राजनीतिक द्विविधा र भ्रमको उपज हो ।
प्रजातन्त्र–लोकतन्त्र, संवैधानिक राजतन्त्र–गणतन्त्र वा राजतन्त्र, संघीयता–एकलराष्ट्र, शक्ति केन्द्रीकरण–विकेन्द्रीकरण, धर्मनिरपेक्ष–सापेक्ष अनि जात, वर्ण, वर्ग, लिंग वा पहिचान–सामथ्र्य–समावेशी यो जे जति भने वा भए पनि जनता राजनीतिक द्विविधाबाट मुक्त नहुँदासम्म कुनै पनि पक्ष र पहलुको भ्रम–मोचन हुँदैन र जनतालाई केही हात लाग्दैन । संविधानमा जे लेखियोस् त्यो सब शासनका लागि हुन्छ ।
शासकको सुविधाको लागि मात्र हुन्छ । त्यसैले सबैभन्दा अहम् कुरा हो, जनतालाई राजनीतिक द्विविधाबाट मुक्त गराउनु । यो काम राजनीतिक व्यक्ति, लेखक–पत्रकार–सञ्चारमाध्यम, नेता–कार्यकर्ता, राजनीतिक दल वा हरेक सचेत नागरिकको हो । हो, जहाँजहाँ यो वर्गबाट यो काम हुँदैन र स्वार्थवश काम हुन्छ त्यहाँको नियति यस्तै हो । हाम्रो जस्तै । अर्थात् राजनीतिबारे हामी सबैले जनतामा द्विविधा बाँड्यौ र भ्रम फैलायौं ।
तथापि बिग्रेर, सडेर, गलेर बीउ नै नष्ट भएको छैन । राजनीति ऊ आफ्नो ठाउँमा सूत्र वा परिभाषामा स्पष्ट र भाष्य–व्याख्यामा सरल र विशाल थियो, आज पनि छ । यसलाई बुझ्नु र द्विविधामुक्त हुनु छ हामी । मूलत: राजनीति जनतासँग सीधा सरोकार राख्ने विषय हो । राजनीति जनताबाट भिन्न, अमूर्त र जटिल विषय हैन । जन–तादात्यता यसको शाश्वत विशेषता हो । त्यसैले यसले मानवतालाई सर्वोपरि राख्छ । मानवता स्वतन्त्रतासँग गाँसिएको हुन्छ । जन–जनको अन्तर्यको स्थायी–भाव हो स्वतन्त्रता । याद गर्नुस्, दासत्व वा वबन्धन संसारको कुनै कुनाको मान्छेले मन पराउँदैन । पशुपंक्षीसमेत दाम्लो वा पिँजडाबाट मुक्त हुन्छन् । यसमा धेरै किन, बिना मेहनत खान र ओतमा बस्न पाएका चिडियाखानाका पशुपंक्षीको अनुहार पढ्दा हुन्छ । प्रचलित राजनीतिको कुरा गर्दा, यो दुई किसिमको छ । एउटा मानवको अन्तर्यको स्थायी–भाव स्वतन्त्रताको रक्षक र अर्को भक्षक । रक्षकलाई डेमोक्र्याट र भक्षकलाई कम्युनिस्ट भनेर जान्दा सजिलो हुन्छ । स्थापित र विश्वप्रचलित सूत्र वा परिभाषा त्यही हो । हुन त यो वैचारिक मान्यता हो । तर यो मान्यता काट्न वा बदल्न सकिँदैन । यसकारण कि सच्चा कम्युनिस्टले मानवीय स्वतन्त्रता स्वीकार गर्दै गर्दैन । स्वीकार गरिहाल्यो भने ऊ कम्युनिस्ट नै रहँदैन ।
मैले माथि नै भनेँ, हामी नेपाली जनता पनि राजनीतिक द्विविधा र भ्रममा बाँचेका छौं । स्वतन्त्रताका रक्षकहरूले सुशासन नगर्दा भक्षकको पछि लाग्ने र उनीहरूलाई विश्वास गर्ने काम हामीबाट भयो र अझै हुँदैछ । गाई ब्याएन, दूध खान पाइएन भनेर ‘आ बाघ खा गाईलाई’ भने जस्तै । गाईले बहर पाएन कि वा ऊ बैला छे कि हामीले सोच्दै सोचेनौं । उपचारको त कुरै भएन । मूलत: राजनीतिको शाश्वत सार मानव–स्वतन्त्रता र शासन फरकफरक विषय हुन् भन्ने बुझेनौं, बुझाइएन । डेमोक्र्याट भनाउँदाहरू कुशासनमै रमाए, निजी मस्तीमा लागे । अन्य तप्काका सबै सचेतक भनाउँदाहरू चाकडीमा लाग्यौं । अझै सहमतिको अलाप भट्याउँदै छौं । हो, अन्याय–अत्याचार हटेन, शोषण–गरिबी घटेन र प्रशासनिक भ्रष्टाचार र कमिसनतन्त्र मौलिँदै आयो, बेरोजगारी बढिरह्यो, राम्रो शिक्षा लिन बिदेसिनु पर्यो, नातावाद कृपावाद चुलिँदै गयो । कहिले के को अभाव कहिले के को, सधैं अभावैअभाव । दु:ख त हामीले पाएकै हो । तर त्यसको विकल्प ‘आ बाघ खा गाई’ भन्नु थिएन, हैन । विकल्प हो, राजनीतिक द्विविधाको निवारण र भ्रमबाट मुक्ति । अनिमात्र हुन्थ्यो सही व्यक्ति र पार्टीको छनोट र बन्थ्यो सक्षम नेपाल र नेपालि जनता । त्यो दुवै बनेन । अहिले पनि उस्तैउस्तै हो । त्यसैले सुशासन छैन र त्यति सजिलै मानवीय स्वतन्त्रताको रक्षा गर्ने सोच बन्दैन र बने पनि लैनो गाई त्यसै कुदेर हाम्रो गोठमा आउनेवाला छैन ।
त्यस निम्ति स्वतन्त्रता र पराधीनताको अन्तर बुझेर राजनीतिक द्विविधा र भ्रमबाट पहिले हामी आफैं मुक्त हुन जरुरी छ । अब संविधानभित्र रहेर प्रजातान्त्रिक मूल्य र मान्यताको प्रक्रियागत आधारमा संविधान कार्यन्वयन गर्न चाहनेलाई सघाउने कि त्यो बाटो छोडी सडक आन्दोलनमा गएर ‘टाउको फोर्ने’ कुरा गर्नेहरूलाई सहयोग गर्ने ? हौस्याउने ?? हामीमा यो द्विविधा नरहोस्, भ्रम हटोस् । अन्यथा राजनीति सप्रन्न र त्यो नसपिँदाको हाम्रो नियति यही हो । यस्तै रही रहनेछ । कतिञ्जेल…???