Sunday, March 11, 2018

तपाइले जे सोच्नुहुन्छ पाउनुहुन्छ

तपाईले जे सोच्नुहुन्छ,पाउनुहुन्छ   _ सबिन खड्का  

हामी आफैमा बहादुर छौ । हामी त्यो गर्न सक्दछौ जुन हामी चाहन्छौ । जसरी फ्रन्सका योद्धा नेपोलियन बोनापर्टले मेरो शब्दकोषमा असम्भव भन्ने केही पनि छैन भनेका थिए त्यसरी नै उक्त वाक्य हामीमा आएर पनि चरितार्थ हुन्छ । हामी जे सोच्दछौ, जसको अपेक्षा रख्दछौ, जसको आशा अनी चाहाना गर्दछौ त्यो वास्तविकमा आउन सक्छ यदि तपाईले हृदय भित्रै बाट गर्छु भन्नुहुन्छ भने । सम्पूर्ण सपनाहरु यथार्थमा परिणत हुनसक्छ यदी तपाईले हृदय भित्रैबाट त्यसलाई सफल बनाउने संकल्प गर्नुहुन्छ भने ।


हाम्रो संकल्पले सबै थोकलाई सत्य सावित गरिदिन सक्छ । हामीमा त्यो असिम शक्ति छ जसले विश्व परिवर्तन गरिदिन सक्छ । तपाईलाई थाहा नहुन सक्छ, गौतम बुद्धले पटक पटक एक चित्त रहेर ध्यानमा बस्ने प्रयत्न गर्दथे तर सफल भइरहेका थिएनन । पछि उनले संकल्प ठोके जबसम्म बोध प्राप्ती हुदैन तबसम्म म यो पलेटी खोल्दीन र अन्ततोगत्वा उनी बोध प्रप्तीमा सफल भएरै छोडे । हामी आफैमा सकुंचित भएर बस्यौ भने हामीले केही गर्न सक्दैनौ । तर यदि हामी आफैले बनाएको बन्धन चुडालेर हिड्यौ भने, आफैले सृजना गरेको निन्द्रा बाट व्युझेर उठ्यौ भने हामी धेरै माथी पुग्न सक्दछौ । के कुरा याद राख्नुहोस भने यस दुनियाँमा हाम्रो यात्रालाई रोक्ने ताकत सिर्पm आफैमा मात्र हुन्छ । बाधा अन्यत्र होइन आफैभित्र हुन्छ । एउटा चिनियाँ उखान छ मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन, मेरो खुट्टाको जुत्ता भित्रको  ढुगाँले हो । समस्या बाहिर होइन आफैभित्र हुन्छ र यसलाई परास्त गर्ने हो भने हामीलाई रोक्ने कोही हुनेछैन ।

मित्रहरु, म पुनः जोड दिएर भन्न चाहान्छु मानिसले त्यतीसम्म प्रगति गर्न सक्दछन जती उनिहरुले कल्पना गर्न सक्दछन । यदि तपाईले पूर्ण सकंल्पका साथ कुनै प्राप्तीको अपेक्षा गर्नुहुन्छ भने त्यो तपईकै भएर आउनेछ विश्वस गर्नुहोस । अर्को महत्वपूर्ण कुरा, सकंल्प गर्नुभन्दा पनि कठिन संकल्पलाई सकार पार्ने क्रममा तपाईले भोग्नुपर्ने हुन्छ । सफलताको तीन चरणहरु हुन्छन । पहिलो चरण हुन्छ सुरुवाती चरण जसलाई उत्साहले भरिएको चरण भन्न सक्दछौ । हामी पूर्णरुपमा उत्साहित भएर कार्य सुरुवत गर्ने प्रण गर्दछौ । यस पछि दोश्रो चरण सुरु हुन्छ कार्यको । यसमा मानिस निक्कै तडपन सक्छ । निक्कै ठेस अनि ठक्कर खान सक्छ । असफलताबाट निर्मीत कठिन मार्गहरुमा यात्रा गर्नु पर्दछ यस चरणमा । यर्सथत कतिपय व्यक्तिहरु यस चरणमै हरेस खाइ अन्तिम चरणमा पुग्न सक्दैनन जुन चरण हो सफलता । यी सम्पूर्ण व्यवाधानहरुलाई यदि तपाईले पर गर्न सक्नु भयो भने सफलता पक्क यसर्थ सफलता विना परिश्रम अनि पराजयको लामो श्रृंखला बिना प्राप्त हुदैन । हामी आफै पटक पटक चिप्लन्छौ तर हामी लड्न भने कहिल्यै हुदैन । हो , यही मुस्किलको पार गर्न सकियो भने विजय तपाइकै पोल्टामा पर्दछ । तपाई सँग केही नहोस तर तपाई प्राप्तीमा अनवरत खटिरहनुहुन्छ भने सफलता तपाईको ढोका ढक्ढक्याउन आउनेछ  ।

Wednesday, April 19, 2017

तपाइ बिकल्प कुर्दै बस्ने कि आफैँ तात्तिनेद? सबिन खड्का

नेपाललाई चाहिएको २१ औं शताव्दी सापेक्ष नेतृत्व हो ।  नेपालीमा जोश र होश दुबै भएको नेतृत्व छान्न पाउने जिम्मा जनताले पायका छन । यो लामो जन सँघर्ष र प्रतिक्षाको परिणाम हो ।

हरपल अाफू र अाफ्नो समाजप्रति जिम्मेवार रहन सक्ने कुनै पनि मनुष्यलाई म राष्ट्रबादि ठान्दछुँ।

क्यान्सरलाई ब्रुफिन खाएर ठीक हुँदैन, केमोथेरापी नै चाहिन्छ भने झैं अहिले राजनीतिक कु-संस्कारलाई हटाउन बाहिर बसी सुधार्न खोज्नुभन्दा युबाबर्ग राजनीतिमा सु-संस्कार ल्याउने यस्तो संगठन-सन्जाल-शक्ति बनाउनु पर्छ जसले सकारात्मक भाईरस जस्तो गरी राजनीति गर्ने सबैमा सु-संस्कार सार्छ। राजनीतिमा सु-संस्कार ल्याउन राजनीतिमा लागेको युबाहरुले स्थान पउनु पर्यो । राजनीति सुधारे शान्त र संमृद्ध नेपाल हाम्रै कालमा बन्छ !

नेपालीलाई अबको ५ वर्षमा सक्षम नेतृत्व बनाउने इन्जिन (प्रणाली) बनाई अाफूभन्दा सक्षम नेतृत्वलाई हस्तान्तरण गर्ने जमर्को लिएको छु।  मेरो उद्देश्य दक्ष नेपालीहरुलाई जोडेर शान्त-संमृद्ध नेपाल बनाउने दिशामा लम्काउनु हो।

सबै साथीहरुलाई अाफ्नो सर्वोत्कृष्टता देखाउनतिर धकेल्ने उद्देश्य बोकेको छु।

यो योग्यतामुखी संगठन हो जहाँ देशलाई राम्रो गर्छु भन्ने हरेकले ढुक्कसँग हाम्फालेर देशको सेवा गर्न ठाउँ दिइन्छ। यसले अात्माबाट समानतालाई अँगालेको छ। विविधताबीच एकता ल्याउन हर पल प्रयासरत छ।

अब नेपालीको प्रमुख चुनौती भनेको यस भित्र नेतृत्वको संख्या बढाउनु पर्नेछ। त्यसैले समाजमा अा-अाफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गरेका नेपालीहरुलाई समय दिलाई पूर्ण बनाउन पहल गर्ने छु।

सक्षम नेतृत्व बनाए मात्र नेपाल समृद्ध बन्छ हाम्रै कालमा। समस्या र समाधान यसैमा छ।  हरेक नेपालीमा यही विवेक जगाउन सक्नु नै हाम्रो चुनौती हो। नागरिकलाई , समाजलाई उद्दमशील र राज्यलाई हितकारी अनि सरकारलाई सेवक बनाउने चेष्ठा गर्नु छ। तपाई   हामि मिलेर ।

अब अन्तमा
देशप्रति चासो राख्ने साथीहरुलाई एउटै प्रश्न : तपाईँ विकल्प कुर्दै बस्ने कि अब अाफै बनाउन तात्तिने ?

Sunday, April 16, 2017

पायल्स कसरि हुन्छ?

मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।

कसरी हुन्छ पायल्स?

पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खान्पान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोगले कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी देखा पर्ने हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।

पायल्सका बिरामीले के के नखाने ? के के बार्ने ?

अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने,  खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।

पायल्स रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने । खाना खाँदा मुला, काँक्रो, गाँजर खाने ।

नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।

पायाल्सको उपचार :
पायल्स रोगको एलोपेथिक बिधिबाट उपचार सम्भब छैन । रोग लाग्न नै नदिनु उत्तम उपाय हो । बिषेश खानपान र जीवनसैली मा बिषेश ध्यान पुर्याय पायल्स रोग लाग्दैन । केही गरि लागि हाले पानी चिन्ता लिनु पर्ने केही कारण छैन । एलोपेथिकबाट उपचार नभय पनि आयुर्बेदिक विधिबाट उपचार सम्भब छ ।

Friday, April 14, 2017

राँगा काटेर भोज लगाउँदैमा भोट दिने मतदाता छैनन अब .. सबिन खड्का


  लामो रिक्ततालाई चिर्दै दुई दशकपछि स्थानीय चुनावको घोषणा भएपछि स्थानीय तहमा मात्रै होइन राष्ट्रिय राजनीतिमा नि नयाँ तरंग आएको छ । लोकतन्त्रलाई देशको रेसा–रेसामा पु¥याउने काम स्थानीय चुनावले गर्दछ । चुनावको घोषणा, चुनावको सफलतासँगै यसको अनुभूति जनताले गर्न पाउनुपर्छ । देशमा पूर्ण लोकतन्त्र प्राप्त भइसक्दा पनि त्यो १० वर्षसम्म संविधानसभा भवनतिरै घुमिरह्यो ।  त्यो केही सिंहदरबारतिर अड्कियो । केही बालुवाटारतिर अड्कियो । केही शीतल निवासमा रह्यो । केही सानेपा, बल्खु र पेरिस डाँडातिर भयो । केही बुढानिलकन्ठ, लाजिम्पाट र बालकोट दरबारतिर रह्यो ।  केही ओली र देउवाका लबेदाको तुनामा अड्किए । केही प्रचण्डका कोटका गोजीमा भड्किए ।

बरु शाही शासनकै मतियारहरुले पटक–पटक तर मार्न भ्याए । तर, गाउँबस्तीसम्म लोकतन्त्र पुग्नै पाएन । आमजनताले आफ्नो दैलोमा लोकतान्त्रिक शासनको अनुभूति गर्नै पाएनन् । शाहीकालीन समयदेखि सुरु भएको कर्मचारीको कामचलाउ संयन्त्र आजसम्म रहिरहे ।  सरकारैप्रति नै, संरचनाप्रति नै कहिल्यै जिम्मेवार हुन नसकेको नेपालको कर्मचारीतन्त्र जनताप्रति त कसरी उत्तरदायी र जवाफदेही  होउन् ?

यसै त कसरी कमाउँ ? कसरी बढीभन्दा बढी लाभ पाउँ ? भन्ने मात्रै एकसूत्रीय ध्याउन्नमा रहेका कर्मचारीहरुले गाउँकै जिम्मा पाउँदा तिनले स्थानीय जनतालाई मात्रै कजाएनन् । अप्ठेरो परिस्थितिमा सरकारलाई समेत चेपुवामा पारेर आच्छु खेलाए । बिपतकै बेला हडताल गरेर आफ्नो दुनो सोझ्याए । न कहिल्यै चुनाव जित्न परोस्, न जनतामा जानु परोस्, जबाफदेहिता तिनमा शून्य भयो । सँगै सर्वदलीय संयन्त्रको नाममा दलका कार्यकर्ता पुटुस्स मोटाए । तर, जनताले लोकतन्त्रको रस्वादन गर्न कहिल्यै पाएनन् । जनताले लडेर ल्याएको लोकतन्त्र, लोकतान्त्रिक सरकार सिंहदरबारमै थन्कियो ।  सरकारको वितरण हुन सकेन । देशका कुना–कुनामा रेसारेसामा सरकार पुग्न सकेन । सकिहाले पनि उही पुरानो कर्मचारीतन्त्रमार्फत जाँदा पुरानै शाही गन्ध ह्वास्स आइरह्यो । जनताले  सानो प्रशासनिक काममै सास्ती बेहोर्न परिरह्यो । विकास निर्माण ठप्प भयो ।

त्यसैले होला चुनाव घोषणाले अहिले गाउँ, शहर र बस्तीरुमा बेग्लै उमङ्ग सञ्चार भएको छ । भलै मधेसी दलले उठाएका मागहरु सम्बोधन नभई चुनावको घोषणा हुँदा चुनाव हुने हो कि नहुने हो भन्नेमा आशंका छ । तर, आशंकाकै बीच पनि चुनाव हुने कुराले गाउँ–शहर उत्साहित छ । संविधानप्रति मधेसी दलको असन्तुष्टिका बाबजुद पनि मधेस चुनावको व्यग्र प्रतीक्षामा देखिन्छ । बिच्काउने र बिच्किने खेललाई परास्त गर्दै मधेसीले उठाएका मागहरुलाई सम्बोधन गर्न सके २० वर्षपछि आएको यो उत्सव महाउत्सव बन्ने छ ।

स्थानीय तह चुनावले शासन गर्न कुनै लाउकेलाई सिंहदरबार पठाउने नभई आफैंबाट आफ्नै ठाउँमा सरकार स्थापना गर्ने हुँदा संसदीय चुनावभन्दा स्थानीय चुनावको रौनक बेग्लै छ । जो स्थानीय जनजीवन र विकास निर्माणसँग प्रत्यक्ष सम्बन्ध राख्छ । त्यसमाथि गणतन्त्र आएपछिको पहिलो स्थानीय चुनाव र नयाँ संरचनाअनुसारको नयाँ  चुनाव हुँदा यसको चुनाव विशिष्ट छ ।

त्यसमाथि ३८ वर्ष उमेरसम्मका अर्थात् मुलुकका ऊर्जाशील नागरिकका लागि यो पहिलो स्थानीय चुनाव हो । जो मुलुकको आधुनिकतासँगै हुर्किएका, लोकतन्त्रका लागि लड्दै हुर्किएका पुस्ता हुन् । यही पुस्ताको भोटले गाउँगाउँमा, टोलटोलमा लोकतन्त्रको जग बसाल्ने छ । जनप्रतिनिधि पनि यही उमेर–समूहबाट आउन सके त्यो समृद्ध, समुन्नत गाउँ–शहर निर्माणको जग हुन सक्नेछ ।

गाउँ–शहरको विकास कसरी हुन्छ ? गाउँ–शहरमा लोकतान्त्रिक पद्धति   थिति कसरी र कस्तो बस्छ भन्ने कुरा आउँदो स्थानीय चुनावमा चुनिएर आउने प्रतिनिधिमा भर पर्छ । यसप्रकार यो चुनावमा मतदाताहरु अब आफ्नै गाउँ–शहर बनाउन प्रत्यक्ष सहभागी हुँदैछन् । यस समय मतदाताले विवेक गुमाइदिए भने गलत प्रतिनिधि चुनिन सक्छन् । र, हाम्रा गाउँशहरहरु फेरि पछाडि धकेलिन सक्छन् ।

खुसी नै मान्नुपर्छ– अचेल गाउँगाउँमा राजनीतिक चेतना पुगेको छ । पहिलेजस्तो खसी, राँगा काटेर भोज लगाएकै भरमा भोट दिने मतदाता छैनन् । तर, जनताहरु पार्टी र दलहरुमा यसरी विभाजित छन् कि कुन घर, कुन पार्टीका भोटरको हुन् धुरी नै हेरेर चिनिन्छ । आँखा चिम्लेरै कुनै पार्टीलाई भोट हाल्नेहरु धेरै छन् । यस्तोमा स्वार्थ पूर्तिका लागि राजनीतिमा छिरेका, पैसा र प्रभावका आधारमा टिकट पाएकाले चुनाव जित्ने सम्भावना हुन्छ । कम्तीमा नि यस्ताले चुनाव नजितुन् । आउँदो चुनावमा पञ्चायतमा प्रधानपञ्च भएका, पछि  गाविस भएका, फेरि यसपाली गाउँ र नगर प्रमुख नचुनिउन् । किनकी राजनीति, पद कसैको स्थायी जागीर होइन । हरेक परिवर्तन र पद्धतिसँगै छेपारा जसरी फेरिने यस्ता व्यक्तिले आफ्नो पद पाएर आफ्नो जीवनमा परिवर्तन ल्याउन सक्छन् । गाउँ–शहरमा परिवर्तन ल्याउन सक्दैनन् ।

पक्कै पनि स्थानीय चुनावमा ‘डोजर’को प्रभाव पर्नेछ । सडकका नाममा डोजर कुदाइ डाँडाकाँडा भस्काउनेहरु, गाउँमा पानीको पाइप जोडिदिनेहरु, पुल मैल्यै बनाएँ भनी दाबी गर्नेहरु पक्कै पनि स्थानीयको आकर्षणमा पर्न सक्छन् । यही आकर्षणको प्रभावमा मतदाता नबहकिउन् । किनकी चुनावमा प्रतिनिधि चुन्ने हो । ठेकेदार होइन । बाटोघाटो, पुलपुलेसा, विकास निर्माण त जनताको अधिकारै हो । जो आए नि गर्नै पर्छ । तर, यो बुझ्न गाह्रो पर्नेछ ।

पुरानो पुस्तामा चाहिने जति गति छैन । इच्छा शक्ति र ह्याउ छैन । नयाँ पुस्तामा जसरी पनि कमाउ भन्ने सोच छ । चुनिने दुवै उमेर समूह स्थानीय तहको समुन्नतिका लागि खतरामुक्त छैनन् । कम्तीमा नि इच्छाशक्ति, इमानदारिता र निष्ठासहितका राजनीतिक प्राणी चुनिउन् । जो गाउँ नगरको विकास, उन्नति मात्रै होइन नयाँ नेपालकै जग बन्नु छ । संविधान कार्यान्वयनको पहिलो गौडो त यो हुँदै हो ।